Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
कृषि
  • Home
  • कृषि
  • स्थानिय रैथाने अन्नबाली खरिद गर्दै मुगुम गाउँपालिका
स्थानिय रैथाने अन्नबाली खरिद गर्दै मुगुम गाउँपालिका
दान बहादुर बुढा
दान बहादुर बुढा बुधबार, माघ ३०, २०८१

मुगु ˗  मुगु जिल्लाको पूर्वी भेगमा पर्ने चिन संग समिाना जोडीएको मुगुम कार्मारोङ गाउँपालिकाले पालिकामा उत्पादन भएको स्थानीय रैथाने उत्पादन गरेका अन्न बाली खरिद गरी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्ने सम्झौता भएको छ । यसका लागि मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा र व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सम्झौतापत्रमा दोहोरो हस्ताक्षर गरेका हुन् । 

गाउँपालिका र व्यापार कम्पनी बीच भएको सम्झौता अनुसार गाउँपालिका भित्रका बस्तीमा सहज, सुलभ र नियमित खाद्यान्न बिक्री केन्द्र स्थापन गरी खाद्यान्नको संकलन, मौज्दात व्यवस्थापन, ढुवानी तथा बजारीकरण प्रभावकारी बनाउँदै स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको संकलन, बजारी करण र बिक्रीको सुनिश्चितताका लागि सहकार्य तथा सहजीकरण गर्ने मुख्य उद्देश्य लिए। सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

व्यापार कम्पनीले सहुलियतमा उपलब्ध गर्दै आएको खाद्यान्न पालिकामा समयमै ढुवानी गरी कम्तीमा तीन महिना सम्म धान्ने मौज्जाद क्षमता भएको गोदाम गाउँपालिकाले उपलब्ध गराउनु पर्नेछ । स्थानीय स्तरमा उत्पादन हुने चिनो, कागुनु, भटमास, कोदो, फापर, सिमी, नाफल, उवा लगायतका अन्नबाली गाउँपालिकाले स्थानीय बाट खरिद गरी व्यापार कम्पनीलाई बिक्री गर्ने  र खरिद भएको रैथाने बालीलाई सोही गाउँपालिका-९ मा रहेको कोसेली घरमा भण्डारण गरी खाद्य कम्पनीलाई बिक्री गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।

Hardik health

आउदो पाँच वर्षका लागि भएको सम्झौता अनुसार पालिकामा उत्पादन हुने रैथाने बालीको परिमाण यकिन गरी निश्चित परिमाण कम्तीमा एक ट्रक संकलित रैथाने बाली पुगे पछि कम्पनीले खरिद गरी बजारीकरणका लागि आन्तरिक तथा बाह्य बजार व्यवस्था गर्ने छ ।यो गाउँपालिकामा रैथाने बालीहरूमा सबैभन्दा बढी कोदो, चिनो, फापर, सिमी, नाफल उत्पादन हुने गर्छ । उत्पादन गरेको रैथाने अन्नबालीले बजार नपाएका बेला गाउँपालिकाले खरिद गर्ने भएपछि स्थानीय नागरीकहरु निकै हर्षित भएको गाउँपालिका—९ का वडाध्यक्ष रतनबहादुर बुढाले बताए । 

वडा अध्क्षयका अनुसार पालिका भित्र कृषकहरुले उत्पादन गरेका स्याउ,चोति,कोईरा,लगाएत अन्य फलफुल समेतको कम्पनि संग सहकार्य गरि दिएको भए यहाका कृषकहरुको थप आय आजनमा सुधार आउर्ने समेत बताएका छन् । कुटानी पिसानीका कारण आफूले उत्पादन गरेका अन्नबाली उपभोग गर्न सहजता छैन। यो गाउँपालिकामा रैथाने अन्नबाली राम्रो उत्पादन हुने गर्छ । उत्पादन बढी भए पनि ढुवानीका कारण अन्यत्र बिक्री गर्न यहाँका स्थानीयले सक्दैनन्। अब गाउँपालिकाको सबैलाई पायक पर्ने स्थानमा स्थानीयबाट अन्नबाली गाउँपालिकाले खरिद गर्ने भएपछि स्थानीयलाई सहज हुने भएको हो । 

स्थानीयबाट रैथाने बाली खरिदका लागि आउँदो बजेट अधिवेशनमा १५ लाख रुपैयाँ रकम विनियोजित गर्ने भएको छ। यापार कम्पनी, गाउँपालिका र कृषक प्रतिनिधिको सहभागितामा बालीको मूल्य निर्धारण गरिनेछ भएकाे छ । 


प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १३:१२
#रैथाने_बाली #मुगुम_कार्मारोङ_गाउँपालिका
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि बुधबार, फागुन २०, २०८२
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती मंगलबार, फागुन १९, २०८२
किसानबाट ११ हजार क्वीन्टल धान खरिद
किसानबाट ११ हजार क्वीन्टल धान खरिद आइतबार, फागुन १७, २०८२
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाईभैँसीमा देखिए थुनेलो रोग
गाईभैँसीमा देखिए थुनेलो रोग शुक्रबार, फागुन १५, २०८२
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु बिहीबार, फागुन १४, २०८२
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै
पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
भोट के मा ? 
भोट के मा ? 
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP