Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • सदनमा विपक्षीको आक्रोश, नियमावली मिचेपछि अवरोध
सदनमा विपक्षीको आक्रोश, नियमावली मिचेपछि अवरोध
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ३०, २०८१
  • माघ १५ गते बनाएको कार्यतालिका अनुसार मंगलबारको कार्यसूचीमा भ्रष्टाचारसम्बन्धी विधेयक पारित हुनुपर्नेमा समय छैन भन्दै कार्यसूची हटाएकोमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाए
  • माओवादीमाथि बारम्बर क्यान्टोनमेन्ट प्रश्न उठेको उल्लेख गर्दै माओवादी सांसद जनार्दन शर्माले यसबारे पनि छानबिन गर्न कसैले नछेकेको तर्क पेस गरे
  • मंगलबार कांग्रेस सांसद रामहरि खतिवडाले बोलेपछि सदन अवरुद्ध भयो । शून्य समयमा बोलेका खतिवडाले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै अभिव्यक्ति दिएपछि विरोध सुरु भएको थियो ।

काठमाडौं– सरकारले सदनको अपहेलना गरेको विपक्षी दलहरुले आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले कार्यसूचीमा जनताका कुरा नराखेर सदनको अपहेलना गर्न थालेको आरोप लगाएका हुन् ।

माघ १५ गते बनाएको कार्यतालिका अनुसार भ्रष्टाचारसम्बन्धी विधेयक पारित हुनुपर्नेमा ‘समय छैन’ भन्दै कार्यसूची हटाएकोमा पाण्डेले आपत्ति जनाए । ‘हामीले छलफल गरेरै आज भ्रष्टाचार विधेयक पारित गर्ने कार्यसूची थियो । तर, आज सरकारले समय छैन भनेर अन्तिम समयमा कार्यसूची हटाइयो । संसद्ले सरकारले जहिले जे–जे भन्यो त्यहीअनुसार चल्ने हो कि ? जनताका प्रतिनिधि भएको संस्थाले बनाएको कार्यसूची सरकारले पनि पालना गर्नुपर्ने होइन ?,’ उनले प्रश्न गरे ।

संसदीय समितिबाट पारित भएर आएको विषयमा सरकारले वास्ता नै नगरेको पाण्डेको तर्क थियो । ‘बारम्बर यो विषयमा उठाउँदा पनि सम्बोधन भएन । विगतका सरकारले भ्रष्टाचारको विषयमा कुरा उठाएको थियो । यो सरकारले त कार्यसूची नै हटाएको छ यसबारे छलफलको,’ पाण्डेले भने ।माओवादी सांसद जनार्दन शर्माले अध्यादेशको विषयवस्तुमा आफूहरुको विरोध रहेको बताए । ‘अध्यादेश ल्याउन हुँदैन भन्ने होइन, ल्याउन मिल्छ तर त्यसभित्र के–के आयो भन्ने प्रश्न छ । त्यसले कालोबजारी बढ्छ कि भन्ने जनतालाई आतंक छ,’ शर्माले भने, ‘सबै सरकारी सम्पत्ति बाँडिन्छ कि भन्ने छ, ल्याउन नपाइने होइन तर, सत्तापक्षलाई भन्छु, मिठो कुरा पनि हतारमा खान खोजियो भने घाँटीमा अड्कियो भने त्यसको अर्थ हुँदैन । आज अध्यादेश कहाँ अड्किएको छ ? अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छ । त्यसलाई निकाल्नुप¥यो ।’

माओवादीमाथि बारम्बर क्यान्टोनमेन्टको विषयमा प्रश्न उठेको उल्लेख गर्दै शर्माले यसबारे पनि छानबिन गर्न तयार रहेको बताए । ‘यो रोस्ट्रमबाट मैले पनि धेरै चोटी भनेको छु, छानबिन गरौं । शक्तिशाली आयोग बनाऔं । क–कसले गरेको भन्ने कुरा त्यहाँ पुष्टि हुन्छ नि त ? गर्न किन आँट नगर्ने ? त्यो आँट गरौं भनिएको छ । क्यान्टोनमेन्टको होस् वा अरू कुनै कुराको होस्, छानिबन गरेर अघि बढौं न,’ उनले भने ।

Hardik health

एमाले सांसद ईश्वर रिजालले क्यान्टोनमेन्टको विषयमा प्रश्न उठाएपछि शर्माले यसको जवाफ दिएका हुन् । ‘प्रतिपक्ष दलको नेता, पूर्वप्रधानमन्त्री क्यान्टोनमेन्टमा जानुहुन्छ । क्यान्टोनमेन्टमा गएर त्यहाँ आफ्ना लडाकुहरूलाई आफ्नो विद्रोहको तयारी गर्दैछौं भन्नुहुन्छ, सेनाको संख्या घट्यो तपाईंहरू भन्नुहुन्छ त्यहाँ । होइन सेनाको संख्या बढाएका छौं । हामी सबैलाई थाहा छ । हामी युद्धको बेलामा सात हजार थियौं भन्नुहुन्छ । तर हामीले शान्ति प्रक्रियामा आइसकेपछि ३५ हजार पु¥याऔं भन्नुहुन्छ । अनि ३५ हजारको भेरिफिकेसन १९ हजारमा आयो भन्नुहुन्छ । अहिले हामी सात हजारबाट १९ हजार भयौं,’ रिजालले प्रश्न गरेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक सञ्जाल विधेयकको विरोध जनाए । यस विधेयकविरुद्ध युवाहरु विरोधमा उत्रिसकेको दाबी गर्दै रास्वपा सांसद सुमना श्रेष्ठले यस्तै भए गुठी विधेयकको विरोधमाझैं जनता सडकमा उत्रने चेतावनी दिइन् । ‘आज अनलाइनमा युवा उत्रिसकेका छन् । यो डिजिटल हस्ताक्षर गरेर उनीहरुले विधेयक फिर्ता हुनुपर्ने माग राख्दै विरोध जनाएका छन् । कि गुठी विधेयकको विरोधमा जस्तै जबसम्म जनता सडकमा उत्रिँदैनन्, सरकारले नसुन्ने हो ?’

रामहरिले बोलेपछि सदन अवरुद्ध
मंगलबार कांग्रेस सांसद रामहरि खतिवडाले बोलेपछि सदन अवरुद्ध भयो । सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले शून्य समय सकेर पनि खतिवडालाई बोल्न दिएपछि सदनमा विरोध सुरु भएको थियो । खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई लक्षित अभिव्यक्ति दिएपछि विरोध भएको हो । 

रास्वपाका सांसद गणेश पराजुलीले खतिवडाले बोलेको कुरा सदनको रेकर्डबाट हटाउन माग गर्दै नियमापत्ति जनाए । ‘सरकार पक्षको रवैया अति भयो । न त आकस्मिक समय हो न त शून्य समय हो ? कसरी समय दिनुभयो,’ पराजुलीले भने ।खतिवडाले लामिछानेको नाम नलिए पनि अघिल्लो गृहमन्त्रीले प्रहरीमा बेथिति भित्र्याएको, १६ महिना जुनियरलाई बढुवा गरेको, मोलतोल गरेर सरुवा भएकोजस्ता आरोप लगाएका थिए । ‘नेपाल प्रहरीलाई दुरुपयोग गरेको भन्ने सुन्नमा आएको छ । को गृहमन्त्री हुँदा देखेका थियौ । १ नम्बरकोलाई प्रमोसन नगरेर १५ नम्बरकोलाई प्रमोसन गरेको,’ खतिवडाले भने, ‘आइजीलाई निर्दोष छ भनेर कानेखुसी गरेको सुनियो ।’

दुई मिनेट समय पाएको खतिवडाले भने आफ्नो धारणा जारी राखे । उनले लामिछानेको विपक्षमा वकालत गरेका अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपाका नेता कार्याकर्ताले हात हालेको घटना पनि स्मरण गराए । ‘बहस गर्ने वकिललाई गालामा हान्दै सडकमा घिस्याएको देखियो । अदालतमा मुद्दा चल्दै गर्दा बाहिर जिन्दावादको नारा लाग्यो,’ खतिवडाले आरोप लगाए ।त्यसपछि भने रास्वपाका सांसदहरु सबैले बोल्ने समय मागे । तर उपसभामुख रानामगरले आकस्मिक समयमा बोल्न दिन छुटेकाले खतिवडालाई बोल्न दिइएको प्रस्ट पारिन् । तर रास्वपाका सांसदलाई माओवादीसहित विपक्षी दलले पनि साथ दिए । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यस विषयमा प्रस्ट पार्न भन्दै विरोध जनाए र विपक्षीले सदन अवरोध जारी राखे । ‘संसद् नियमावलीअनुसार चलिरहेको छैन । कुन नियमावलीअन्तर्गत बोल्न दिइयो ? हामीलाई जवाफ चाहिन्छ,’ पाण्डेले भने ।

विशेष समयअघि खतिवडालाई बोल्न दिएको भन्दै प्रतिपक्षले विरोध जारी राखेपछि सभामुख देवराज घिमिरे आइपुगे । घिमिरेले पटक–पटक सदन अवरोध हटाउन निर्देशन दिए पनि विपक्षीले नमानेपछि सदन १५ मिनेटका लागि स्थगित भएको थियो । 

फागुन ४ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर हुने भएको छ । सभामुख घिमिरेले फागुन ४ गतेका लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय गरेका हुन् । प्रधानमन्त्री ओलीसँग प्रश्न सोध्न चाहने सांसदहरुले माघ ३० गते ४ बजेभित्र संसद् सचिवालयमा प्रश्न लिखितरुपमा बुझाउनुपर्ने छ । 
 


प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP