Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
समाचार
  • Home
  • समाचार
  • मन्त्रीस्तरीय समिति बनाउन गृहमन्त्रीले मानेनन्
केबलकार खारेजीविरुद्ध थप आन्दोलनका कार्यक्रम  मन्त्रीस्तरीय समिति बनाउन गृहमन्त्रीले मानेनन्
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २९, २०८१

काठमाडौं– गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा निर्माणाधीन केबलकार खारेजीको मागसहित आन्दोलनरत ‘नो केबलकार’ पक्षसँग वार्ता गर्न मन्त्रीस्तरीय समिति गठन नहुने बताएका छन् । उनले यसअघि गृह मन्त्रालयले गठन गरेको सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीसँगै वार्तामा बसेर निकास निकाल्न आग्रह गरे ।

‘सहसचिव भट्टराईले संसारभरका १९० देशका प्रमुखहरूसँग संयुक्त राष्ट्रसंघमा वार्ता गर्नुभएको छ,’ सोमबार गृह मन्त्रालयमा नो केबलकार पक्षका प्रतिनिधिहरुसँग भएको भेटवार्तामा गृहमन्त्री लेखकले भने, ‘सोही वार्ता समितिसँग बसेर तपाईंहरूले समस्या समाधान गर्नुप¥यो । अर्को वार्ता समिति गठन हुँदैन ।’गृहमन्त्री लेखकसँग भेटवार्ताका लागि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, आदिवासी अभियन्ता आङकाजी शेर्पालगायत गएका थिए । त्यसक्रममा गृहमन्त्री लेखक मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि सकारात्मक नभएपछि आन्दोलनरत पक्ष असन्तुष्ट भएको छ । 

आफूहरुले कर्मचारीस्तरको सरकारी वार्ता टोली अस्वीकार गरेको अध्यक्ष शेर्पाले बताए । ‘हामीले मन्त्रीस्तरीय वार्ता टोली गठनको माग ग¥यौं । कर्मचारीस्तरको वार्ता टोलीले समस्यालाई सम्बोधन गर्न सक्दैन भन्ने कुरा राख्यौं, तर गृहमन्त्रीले अडान छोड्नुभएन,’ उनले भने ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको ग्लोबल आइएमई समूहले पाथीभरा देवी केबलकारी प्रालिको नाममा केबलकार निर्माण गर्न लागेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । आदिवासी लिम्बूहरुको मुन्दुमीस्थल मुक्कुम्लुङमा स्थानीयको सहमतिविनै केबलकार निर्माण गर्न खोजिएपछि विवाद सिर्जना भएको हो । केबलकार खारेजीको माग गर्दै भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीनजना गम्भीर घाइते भएका थिए । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ ।

Nada Auto Show 2026
Hardik health

सरकारले गृहका सहसचिव भट्टराईको संयोजकत्वमा गठन गरेको वार्ता समितिसँग यसअघि भएको वार्तामा छ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा केबलकार निर्माणको काम र आन्दोलनरत पक्षका सबै कार्यक्रम तत्काललाई स्थगित गर्ने, पक्राउ परेकाहरुलाई विनासर्त रिहा गर्ने, घाइतेको सरकारले उपचार गर्नेलगायत थियो । तर, सहमतिविपरीत पक्राउ परेकालाई धरौटीमा छाडिएको र केबलकार निर्माणको काम जारी राखेको भन्दै आन्दोलनरत पक्षले उक्त वार्ता समितिसँग वार्तामा नबस्ने घोषणा गरेको थियो ।यहीबीच ताप्लेजुङबाट निर्वाचिन प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको पहलमा सोमबार गृहमन्त्रीसँग आन्दोलनरत पक्षको भेटवार्ता भएको हो । दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि उक्त भेटवार्ता निष्कर्षविहीन बनेको वार्तामा सहभागीले बताएका छन् ।

आन्दोलनका थप कार्यक्रम सार्वजनिक
यसैबीच नो केबलकार पक्षले सोमबार नै पत्रकार सम्मेलन गरी थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रममा आजदेखि फागुन ९ गतेसम्म कोशीका सबै जिल्लामा रहेका ग्लोबल आइएमई बैंक बहिष्कार गर्ने, फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका कार्यालय घेराउ गर्ने, केबलकार निर्माण सामग्री ढुवानी नगर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्ने, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोधसभा गर्नेलगायत छन् । यसैगरी केबलकार खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत संघ सरकारलाई विरोधपत्र पठाउने, प्रदर्शन गर्ने र विदेशस्थित दूतावासबाट विरोधपत्र पठाउने, अनिश्चितकालीन यातायात बन्द र आमहडतालसम्मका कार्यक्रम सार्वजनिक गरिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ११:०१
#मुक्कुम्लुङ_केबलकार_विवाद
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह बुधबार, भदौ ३, २०८३
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बुधबार, भदौ ३, २०८३
प्रेस काउन्सिलका चार सदस्यको शपथ
प्रेस काउन्सिलका चार सदस्यको शपथ बुधबार, भदौ ३, २०८३
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय बुधबार, भदौ ३, २०८३
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते बुधबार, भदौ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP