Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘अख्तियारी दुरूपयोग गर्नेलाई कारबाही प्रक्रियामा ल्याउनुपर्छ’
‘अख्तियारी दुरूपयोग गर्नेलाई कारबाही प्रक्रियामा ल्याउनुपर्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २८, २०८१


मकवानपुर- बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले अख्तियारी दुरूपयोग गरी देश, जनता र सुशासनविरूद्ध जाने जो कोहीलाई सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही प्रक्रियामा अघि बढाउनुपर्ने बताएका छन्  ।  

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसका अवसरमा आज हेटौँडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरूद्ध अख्तियारले गरेको काम कारबाहीबाट देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

साना–साना भ्रष्टाचारका मुद्दामा हातहालेर सङ्ख्यात्मक विवरण पेस गर्ने तर ठूला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिच्किचाउने भन्ने आरोपहरू आइरहेको बताउँदै प्रदेश प्रमुख देवकोटाले ती आरोपलाई गलत साबित गराउन साना र ठूला सबैखाले भ्रष्टाचारीलाई पक्रन सुझाव दिए । 

प्रदेश प्रमुख देवकोटाले जनताका निराशा चिर्दै भ्रष्टाचारविरूद्ध खरो उत्रिएर जनताको विश्वास जित्न सक्नुपर्नेमा जोड दिए । उनले बेइमानीका विरूद्धको कदम चाल्नेमा खुट्टा नकमाउन पनि आग्रह गरे । उनले चुनौतीलाई चिर्दै अघि बढ्नुमा नै प्रगति झिनो देखिन्छ भन्नुहुँदै त्यस कुरामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग गम्भीर हुनुपर्ने बताए ।

Nada Auto Show 2026
Hardik health

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेशको विभिन्न जिल्लामा बढ्दै गएको भ्रष्टाचारजन्य अपराधलाई अनुसन्धानको घेरामा राखी न्यूनीकरण गर्नेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले प्रदेशमा सुशासन कायम राख्न मानव अधिकार प्रत्याभूति गर्न र जनतालाई सरकार हाम्रै हो भनी विश्वास दिलाउन प्रदेश सरकारले विभिन्न ऐन कानुनको निर्माण गरिएको जानकारी दिए । उनले ती क्षेत्रहरूमा गरिबीलाई न्यूनीकरण गर्दै जनताको आर्थिक स्तर माथि उठाउन चालु आर्थिक वर्षको बजेटमा विभिन्न ‘प्याकेज’ कार्यक्रम ल्याई कार्यान्वयन गर्न लागि परेको बताए ।

त्यस अवसरमा बागमती प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थले देशमा जिम्मेवारी पदमा रहेका पदाधिकारी वा मन्त्रालय विभागहरूले भ्रष्टाचारजन्य कार्यलाई प्रोत्साहन नगरी कानुनको दायरामा अनुसन्धान गरी अघि बढाउनुपर्ने सुझाव दिए । उनले सुशासन कायम गरी संवैधानिक दायराअनुसार आ–आफ्नो अधिकारी क्षेत्रभित्र रहेर जनताको विभिन्न हितका लागि कानुनसम्मत ढङ्गबाट अघि बढे मात्र भ्रष्टाचारको स्तर निकै घट्नसक्ने धारणा व्यक्त गरे ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बागमतीका प्रमुख उमाकान्त आचार्यले प्रदेशको विभिन्न जिल्लामा स्थानीय निकायको विभिन्न वडा, स्वास्थ्य, शिक्षा क्षेत्रमा सार्वजनिक खरिदसँग सम्बन्धित कार्यमा तीव्र भ्रष्टाचार बढेको भनी जनगुनासो आइरहेकामा सो कार्यालयले आफ्नो जिम्मेवारीबोध गरी अनुसन्धान गरी भ्रष्टाचारविरूद्ध कारबाही अघि बढाइरहेकाले सबै क्षेत्रबाट सहयोग प्राप्त हुनुपर्ने बताए ।

बागमती प्रदेश प्रमुख देवकोटाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका उत्कृष्ट चारजना कर्मचारीलाई पुरस्कार प्रदान गरेका थिए । पुरस्कृत हुनेहरूमा क्रमशः शाखा अधिकृत इन्द्रप्रसाद भट्टराई, नायब सुब्बा यमुना बस्नेत, प्रहरी निरीक्षक स्वागत पोखरेल र सहायक प्रहरी निरीक्षक वीरेन्द्र कार्की हुन् ।


प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह बुधबार, भदौ ३, २०८३
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बुधबार, भदौ ३, २०८३
प्रेस काउन्सिलका चार सदस्यको शपथ
प्रेस काउन्सिलका चार सदस्यको शपथ बुधबार, भदौ ३, २०८३
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय बुधबार, भदौ ३, २०८३
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते बुधबार, भदौ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP