Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • साहारा चितवनमा रविलाई लागेन संगठित अपराधको मुद्दा, ठगीमा पनि छैन बिगो दाबी
साहारा चितवनमा रविलाई लागेन संगठित अपराधको मुद्दा, ठगीमा पनि छैन बिगो दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २३, २०८१
  • लामिछानेको एकल दस्तखतबाट ८१४ वटा चेक काटेको र सोमार्फत ४८ करोड ५८ लाख २२ हजार २४६ भुक्तानी भएको बैंक स्टेटमेन्ट र चेक विवरणबाट पुष्टि
  • गोरखा मिडिया नेटवर्कको बैंक खाताबाट लामिछानेसहितको हस्ताक्षरमा काटिएको चेकमार्फत उनकी पत्नी नीकिता पौडेललाई ५९ लाख ३८ हजार २५१ र गोपीकृष्ण मुभिजको नाममा दुई वटा चेकमार्फत ८१ लाख २५ हजार रकम भुक्तानी 
  • लामिछानेसहितका व्यक्तिलाई धरौटीमा छाड्न दिएको काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको भन्दै सरकारी वकिलको कार्यालय काठमाडौं उच्च सरकारी वकिलको कार्यालय पाटनमा

काठमाडौं– कास्की, काठमाडौं र रुपन्देहीपछि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । गोरखा मिडिया नेटवर्क सञ्चालनका क्रममा सहकारीको रकम अपचलन गरेको अभियोग लागेका लामिछानेसहित १५ जनाविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

सहकारीको बचत अपचलन प्रकरणमा अरु अदालतमा संगठित अपराधको मुद्दासमेत लागेको लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय चितवनले भने ठगी मुद्दामात्र दायर गरेको हो । ‘मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेकोले दफा २४ को उपदफा ३ (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको,’ जिल्ला सरकारी वकिलले दर्ता गरेको अभियोगमा उल्लेख छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ मा ‘कसैले ठगी गर्न वा गराउन हुँदैन’ भनेर उल्लेख गरिएको छ । यता उपदफा २ मा ‘उपदफा (१)को प्रयोजनका लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाइ, झुक्याइ वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरु कसैका लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिने छ’ भनिएको छ ।

उपदफा ३ को (ग) मा भने सात वर्षसम्म सजाय हुने उल्लेख गरिएको छ । ‘खण्ड (क) वा (ख) मा लेखिएकोबाहेक अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना,’ उक्त बुँदामा भनिएको छ । उनको हकमा बिगोसमेत दाबी गरिएको छैन ।साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरेको छ ।

Hardik health

नीकिता र गोपीकृष्ण मुभिजको नाममा डेढ करोड भुक्तानी
अभियोगपत्रमा लामिछानेले उनकी पत्नी नीकिता पौडेललाई करिब ६० लाख रुपैयाँ भुक्तानी गरेको देखाएको छ । यसैगरी उनले गोपीकृष्ण मुभिजको नाममा ८१ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको अभियोगपत्रमा उल्लेख छ । गोपीकृष्ण मुभिज लामिछानेका ससुराली उद्धव पौडेलको हो । ‘गोरखा मिडिया नेटवर्कको बैंक खाताबाट लामिछानेसहितको हस्ताक्षरले काटिएको चार वटा चेकमार्फत नीकिता पौडेललाई ५९ लाख ३८ हजार २५१ र गोपीकृष्ण मुभिजको नाममा दुई वटा चेकमार्फत ८१ लाख २५ हजार रकम भुक्तानी दिएको देखिन्छ,’ अभियोगपत्रमा भनिएको छ ।

यसैगरी लामिछानेले गोरखा मिडियामा संलग्न हुनुपूर्व र पछि पनि चेकमा हस्ताक्षर गरेको भेटिएको अभियोगपत्रमा उल्लेख छ । ‘लामिछाने २०७९ असार २ गते गोरखा नेटवर्कबाट अलग भएको देखिएकता पनि उक्त समयपछि पनि उनले चेकहरुमा हस्ताक्षर गरेको देखिएको छ,’ अभियोगपत्रमा भनिएको छ ।

अरु प्रतिवादी को को ?
प्रतिवादीमा लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरूङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअली सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा लामिछाने नाम किटान गरिएको थिएन । मंगलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोरखा मिडिया प्रालि, साहारा बचतसहित छ वटा संस्था रहेका छन् ।

साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोरखा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जीवि ग्रुप अफ कम्पनिज, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेस्ट प्रालि रहेका छन् ।  मुद्दा दायर भएका कूल ३२ जनामध्ये १२ जनाविरूद्ध ठगी र संगठित अपराधमा र २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो । संगठित अपराध र ठगीमा प्रतिवादी कायम भएकाहरू जिबी (गितेन्द्रबाबु) राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बास्तोला रहेका छन् ।

साहारा चितवन सहकारीमा ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार रुपैयाँ रहेको छ । हाल जाहेरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार रुपैयाँ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप १४ करोड २३ लाख छ हजार रुपैयाँ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।  

बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम ४३ करोड ३२ लाख सात हजार रुपैयाँ रहेको छ । व्यक्तिगतरूपमा जिबी राईबाट ४१ लाख ३० हजार, असरफअली सिद्दिकीबाट तीन करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङबाट दुई करोड ६४ लाख रुपैयाँ भराइनुपर्ने मागदाबी छ ।लामिछानेको हकमा गोरखा मिडिया नेटवर्कमा एक करोड ८० लाख रुपैयाँ रकम बराबरको सेयर रहेको देखिन्छ । गोरखा मिडिया नेटवर्कको ग्लोबल आइएमई र हिमालयन बैंकको खातामा राई र निजको समूहले सञ्चालन गरेको सहकारी र विभिन्न कम्पनीबाट साहाराबाट एक करोड रुपैयाँ ग्लोबल आइएमईको खाताबाट तीन करोड ५० लाख रुपैयाँ जम्मा भएको देखिएको छ ।

तीमध्येबाट लामिछानेको एकल दस्तखतबाट ८१४ वटा चेक काटेको देखिएको अभियोगमा उल्लेख छ । सोमार्फत ४८ करोड ५८ लाख २२ हजार रुपैयाँ र राई–लामिछानेको संयुक्त दस्तखतबाट छ वटा चेकबाट ६० लाख १९ हजार रुपैयाँ भुक्तानी भएको बैंक स्टेटमेन्ट र चेक विवरणबाट पुष्टि गरिएको छ । 

थुनामै राख्न माग गर्दै उच्च अदालतमा
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका व्यक्तिलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहितको फाइल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पुर्याएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेसहितका व्यक्तिलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको भन्दै काठमाडौंले उच्च सरकारी वकिलको कार्यालय पाटनमा फाइल बुझाएको हो ।

सरकारी वकिल काठमाडौंले उच्च सरकारी वकिलको कार्यालय पाटनमा फाइल बुझाइसकेको र आइतबारसम्म उच्च अदालत पाटनमा निवेदन दर्ता गर्ने तयारी भएको बताइएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेसहितका व्यक्तिलाई धरौटीमा छोड्ने जिल्ला अदालत काठमाडौंको आदेश त्रुटिपूर्ण भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं उच्च सरकारी वकिल कार्यालय पाटन पुगेको हो ।

लामिछाने, नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) छविलाल जोशी, सहकारीका लेखा समिति सदस्य सुनिता नेवा र सञ्चालक समिति सदस्य कमल लामाविरुद्ध फाइल अघि बढाइएको हो । काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु चारै जना धरौटी बुझाएर रिहा भएका थिए ।
 


प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP