Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
समाचार
  • Home
  • समाचार
  • केबलकार निर्माण स्थगनमा सहमति जुटेन, आज फेरि छलफल
केबलकार निर्माण स्थगनमा सहमति जुटेन, आज फेरि छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २२, २०८१

काठमाडौं– ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा केबलकार निर्माणको विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि सरकारी वार्ता टोली र ‘नो केबलकार’ पक्षले गठन गरेको सहजीकरण समितिबीच सोमबार भएको छलफल निष्कर्षविहीन बनेको छ । सोमबार अबेरसम्म चलेको छलफलको क्रममा केबलकार निर्माणको काम स्थगन गर्न सरकारी वार्ता टोली सकारात्मक नभएपछि छलफल निष्कर्षविहीन भएको सहजीकरण समितिका संयोजक प्राज्ञ अमर तुम्याहाङले बताए । 

‘वार्तामा बस्नुअघि हामीले केबलकार निर्माण कार्य रोकिनुपर्छ, मेसिनहरू फिर्ता ल्याउनुपर्छ भन्यौं,’ उनले प्रभावसँग भने, ‘हाम्रो मागमा सरकारी वार्ता टोली सहमत हुन सकेन ।’आन्दोलनरत पक्षको दोस्रो माग पक्राउ परेकाहरूको रिहा गर्न र तेस्रो माग नामजागेँ (काफ्लेपाटी)मा राखिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता बोलाउने विषयमा भने सरकारी वार्ता टोली सकारात्मक भएको तुम्याहाङले बताए । 

वार्तामा बस्नुअघि हामीले केबलकार निर्माण कार्य रोकिनुपर्छ, मेसिनहरू फिर्ता ल्याउनुपर्छ भन्यौं । हाम्रो मागमा सरकारी वार्ता टोली सहमत हुन सकेन ।
अमर तुम्याहाङ
संयोजक, वार्ता सहजीकरण समिति 


सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले पनि केबलकार निर्माण कार्य जारी राखेर समस्याको समाधान खोजौं भनेर भनिएको र त्यसमा सहजीकण समिति सहमत नभएको बताए । उनले आन्दोलनरत पक्षबाट गठित सहजीकरण समितिसँगको छलफल सकारात्मक रहेको पनि बताए । भट्टराई संयोजक रहेको सरकारी वार्ता टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव राकेश गुरुङ र सहरी विकास मन्त्रालयका उपसचिव झपटसिंह विश्वकर्मा छन् । ‘नो केबलकार’ पक्षबाट प्राज्ञ तुम्याहाङले नेतृत्व गरेको सहजीकरण समितिमा अधिवक्ता शंकर लिम्बू, राम मादेन, सरस्वता सिंगक रहेका छन् । सोमबारको छलफलमा सरकारी वार्ता टोलीका सबै र आन्दोलनरत पक्षका अधिवक्ता लिम्बूबाहेक थिए । 

Hardik health

‘नो केबलकार’ पक्षले कर्मचारीको नेतृत्वमा गठित वार्ता समितिले समस्यालाई तार्किक निष्कर्षमा पु¥याउन नसक्ने भन्दै आएको छ । त्यही भएर राजनीतिक नेतृत्वको नेतृत्वमा गठन हुने वार्ता टोली हुनुपर्ने माग अघि सारेको छ । तर, त्यसअघि सहसचिव भट्टराई नेतृत्वकै सरकारी वार्ता टोलीसँग वार्ता बस्न वातावरण बनाउनका लागि भन्दै गठित सहजीकरण समितिले सोमबार छलफल गरेको हो । समिति संयोजक तुम्याहाङे मंगलबार ११ बजे फेरि होटल हिमालयन कुपन्डोलमा दुवै पक्षको बैठक बस्ने भएको जानकारी दिए । 

उनले वार्तामा बस्ने आधार नै निर्माण भइनसकेको भन्दै पूर्ववत् आन्दोलनका कार्यक्रमलाई जारी राखेको पनि बताए । आन्दोलनरत पक्षले केबलकार निर्माण परियोजना खारेजीको माग गरेको छ । तर, सुरक्षा घेराबीचबाट केबलकार निर्माण कार्य जारी छ । केबलकार निर्माणमा मुख्य लगानी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको छ । त्यहाँका स्थानीय आदिवासी लिम्बू समुदायले भने केबलकार निर्माण गरिए मुन्धुमीस्थल मुक्कुम्लुङ भनिने पाथीभराको महिमा नामेट हुने भन्दै चिन्ता प्रकट गर्दै आएका छन् । लिम्बू तथा हिन्दू समुदायको धार्मिक तथा सांस्कृतिक केन्द्रमा कुनै एक व्यापारीलाई पैसा कमाउने थलो बनाउन नहुने तर्क पनि सुनिने गरिएको छ । 

यद्यपि, मुक्कुम्लुङ भनिने पाथीभरालाई लक्षित गरी ताप्लेजुङको फुंलिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २.७ किलोमिटर लामो केबलकार निर्माण कार्य भइरहेको छ । ढकाल नेतृत्वको पाथीभरा मुक्कुम्लुङ केबलकार प्रालिले केबलकार निर्माणको काम गरिरहेको हो । २०७५ सालदेखि त्यस क्षेत्रमा केबलकार बनाउन हुँदैन भन्दै खासगरी लिम्बू समुदायले विरोध गर्दै आएका छन् । 

केबलकार निर्माण कार्य जारी राखेर समस्याको समाधान खोजौं भन्यौं, त्यसमा सहजीकरण समिति सहमत भएन । तर, छलफल सकारात्मक भयो ।
प्रेमप्रसाद भट्टराई
संयोजक, सरकारी वार्ता टोली


तर, स्थानीय सरकार (फुङ्लिङ नगरपालिका), प्रदेश सरकारदेखि संघ सरकारसम्मै एमाले नेतृत्वमा भएपछि केबलकार निर्माणको कार्य धमाधम भइरहेको छ । फुङ्लिङका मेयर अमिर मादेनले कुनै पनि हालतमा केबलकार निर्माण हुने र त्यसका लागि कसैले अवरोध गर्न चाहे पनि काम अबरुद्ध नहुने भन्दै आएका छन् । कोशी प्रदेशमा एमालेबाट मुख्यमन्त्री भएका हिक्मत कार्कीले केबलकार निर्माण प्रयोजनकै लागि भनेर सशस्त्र प्रहरीलाई काफ्लेपाटी क्षेत्रमा खटाएको छ । केन्द्र सरकार मातहत रहने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरेको छ । त्यहाँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले सांसद योगेशकुमार भट्टराई खुलेरै केबलकार निर्माणको पक्षमा लागेका छन् । 

यसले गर्दा आन्दोलनरत पक्षको माग सुनुवाई गर्ने पक्षमा तत्काल सरकार देखिएको छैन । उता आन्दोलनकारीहरूले पनि आइतबारदेखि अरुण–सभाखोला पूर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, झापा, मोरङ र सुनसरीमा आमहड्ताललाई जारी राखेका छन् । आमहड्तालका कारण जनजीवन प्रभावित बनेको छ । 

यही १२ माघका काफ्लेपाटी नजिकै रहेको बलुडाँडामा आन्दोलनकारी र सशस्त्र प्रहरीबीच तनाव भएको थियो । त्यसबेला सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर तीन जना आन्दोलनकारी गम्भीर घाइते भए । दुई जना घाइते भए । सामान्य घाइते थुप्रै भए । गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरीतर्फ पनि २१ जना घाइते भएका थिए । सोही घटनापछि आन्दोलनरत पक्षले आन्दोलनलाई थप चर्काएका हुन् । 

मुन्धुमीस्थल कसरी मुक्कुम्लुङ ?
लिम्बू समुदायका मानिसहरू हिन्दु धर्मावलम्वीहरूले भन्दै आएको पाथीभरालाई मुक्कुम्लुङ भन्छन् । मुन्धुमीस्थलका रूपमा लिन्छन् । कारण, पाथीभरा डाँडामा अनेक लीला गर्ने युमा भएको विश्वास लिम्बू समुदायको छ ।लिम्बु समुदायका पुरोहित फेदाङमा, साम्बा, येबाहरूले मुन्धुम फलाक्दा मुक्कुम्लुङ माङ, सेमुक्तु मुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ र मुक्तिगोःक् चेप्तीगोःक् मुक्तीफो माङ भन्दै पुकार्ने गरेको लिम्बू भाषाविद् दिलेन्द्र कुरुम्बाङ बताउँछन् । 

उनका अनुसार तागेरानिङवाफु माङलाई लिम्बू समुदाय सर्वशक्तिमान ईश्वर मान्छन् र जसलाई युमाकै अर्को रूप भन्ने गरिन्छ । तागेरानिङवाफु माङ निराकार, अदृश्य र सर्वव्यापक भएको र कहिलेकाहीँ मानव स्त्रीको रूप धारण गरेर मानिसलाई दर्शन दिन्छन् भन्ने विश्वास पनि उनीहरूको छ ।कुरुम्बाङ मिथकमा युमा र मुक्कुम्लुङको कथा जोडिने बताउँछन् । मुन्धुम र मिथकअनुसार युमाको लीला विभिन्न स्थानमा अनेक भूमिकामा आउँछ । कहिले बालिका, कहिले जवान, कहिले वृद्धा स्त्रीको रूप लिएर तान बुन्ने, थुन्से बोकेर हिँड्ने युमाले तेह्रथुम, पान्थर, मधेश, हिमाल जताततै डुल्दै मानिसहरूलाई दर्शन दिएको किंवदन्ती छ ।

सोहीकारण लिम्बूहरूले मुक्कुम्लुङ भनिने पाथीभरालाई मुन्धुमीस्थल भन्दै आएका छन् । धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा पनि मान्ने गरेका छन् र उक्त स्थानमा केबलकार बनाउँदा मुक्कुम्लुङको महिमा नामेट हुने उनीहरूको चिन्ता छ । लिम्बू समुदायले ‘मुक्कुम्लुङ’ भनिने धार्मिकस्थललाई हिन्दु धर्मावलम्बीहरू भने पाथीभरा भन्छन् । यो हिन्दूहरूको प्रसिद्धमध्येको एउटा धार्मिकस्थल भइसकेको छ । श्रद्धालु भक्तजनहरू टाढा टाढादेखि दर्शन गर्न त्यहाँ पुग्छन् । उनीहरूको विश्वासमा त्यहाँ काली देवी छ र अधर्मीहरूको नाश गर्ने र पवित्र मन भएकाहरूको कल्याण गर्ने धार्मिक विश्वास छ । सोही ठाउँमा झण्डै ९४ वर्षअघि हालको फुंलिङ नगरपालिका–१० फुरुम्बोका गुरुङ भेडी गोठालाहरूको भेडीगोठ रहेको र एक दिन भेडाहरू हराएको कथा पूर्वमा चर्चित छ । 

कथाअनुसार एक दिन गोठमा भएका सबै भेडा हराएपछि गोठाला चिन्तामा थिए । राति सपनामा भने एक स्त्री आएर भेडीगोठ राखेर फोहोर गरेपछि आफूले भेडाहरू लिएको र सफा गरेर पूजाआराधना गरे भेडा ल्याइदिन्छु भनेको कथामा सुन्न पाइन्छ । भनिन्छ, सोहीअनुसार भोलिपल्ट बिहान गोठाले पूजा आराधना गरेपछि पूर्ववत् अवस्थामै भेडाहरू भेटिएको थियो । त्यसपछि त्यहाँ मानिसहरूले पूजा आराधना गर्ने परम्परा विकास भएको मानिन्छ । यससँगै पूजा गर्न थालिएको डाँडा अन्न भर्ने पाथीजस्तो देखिएकाले पाथीभरा देवी नामकरण भएको बताइन्छ । 

१५८ जना आन्दोलनकारीले दिए सामूहिक गिरफ्तारी
आमहड्तालको क्रममा आइतबार सुनसरीको इटहरीबाट पक्राउ परेका छ जना ‘नो केबलकार’का आन्दोलनकारीलाई रिहा माग गर्दै १५८ जना आन्दोलनकारीले सामूहिक गिरफ्तारी दिएका छन् । इलाका प्रहरी कार्यालयमा उनीहरूले सोमबार स्वेच्छिक गिरफ्तारी दिएका हुन् ।

यातायात बन्दको क्रममा प्रहरीले आइतबार जसपाका नेता सुमन चेम्जोङसहित छ जना युवालाई पक्राउ गरेको थियो । पक्राउपछि सात दिनको म्याद थपेपछि धरानमा सोमबार साँझ आन्दोलनकारीहरूले सामूहिक गिरफतारी दिएका हुन् । 

‘१५८ जनाले सामूहिक गिरफ्तारी दिएका हौं । किनभने हाम्रा योद्धाहरूलाई पक्राउ गरेर थुन्यो । त्यसको प्रतिरोधमा हामीले यस्तो कदम चाल्यौं,’ जनता समाजवादी पार्टीका नेता ताजुब लिम्बूले बताए ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगू लिम्बूले भने प्रहरीले उनीहरूलाई गिरफ्तार नगरेको बताए । 


प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १०:३९
#मुक्कुम्लुङ_केबलकार_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस शुक्रबार, कात्तिक २१, २०८२
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’ शुक्रबार, कात्तिक २१, २०८२
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने
सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने शुक्रबार, कात्तिक २१, २०८२
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’
प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’ शुक्रबार, कात्तिक २१, २०८२
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP