Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
समाचार
  • Home
  • समाचार
  • सञ्चार मन्त्रालयकाे दोस्रो सय दिन ,कस्ता काम भए
सञ्चार मन्त्रालयकाे दोस्रो सय दिन ,कस्ता काम भए
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १८, २०८१

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनमा शत्प्रतिशत कार्यसम्पादन गरेको जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयले सय दिनभित्र सरकारकाले तोकिएका शत्प्रतिशत कार्यसम्पन्न गरिएको बताए । 

उनले माघ १७ गतेसम्म भएका कार्यविवरण प्रस्तुत गर्दै दूरसञ्चार सेवाको ‘नेटवर्क कभरेज ग्याप एसेस्मेन्ट’ प्रतिवेदन, डाटा सेन्टरको मापदण्ड तयार भएको, ७५३ स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएका बताए । जसमा ६७६ हुलाक कार्यालय, छवटा हुलाक निर्देशनालय, एक गोश्वारा हुलाक कार्यालय, ७० जिल्ला हुलाक कार्यालय रहेको र ८० हुलाक काउन्टरसमेत स्थापना भई सञ्चालनमा रहेको त्यस अवसरमा जानकारी दिइयो । 

यस्तै, कागजरहित सरकारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएस) सञ्चालनका लागि थप सात वटा निकायमा तालिम सञ्चालन गर्ने भनिएकामा १० वटा निकायमा तालिम सञ्चालन गरिएको, २० प्रणालीको सुरक्षा ‘अडिट’ सम्पन्न भएको र चालु आर्थिक वर्षमा ३० वटा प्रणाली थप गरी ९३ वटा प्रणालीको सुरक्षा ‘अडिट’ सम्पन्न भइसकेको छ । 

सचिव अर्यालले ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवाको पहुँच शून्य दशमलव ३६ प्रतिशतले विस्तार भएको र यसबाट थप एक लाख ५१ हजार २५ जना लाभान्वित भएको बताए । चालु आवमा ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा एक दशमलव ७२ प्रतिशत पुगेको छ । यसरी एक दशमलव ७२ प्रतिशत वृद्धि हुँदा थप पाँच लाख १७ हजार ६३ जना लाभान्वित भई हालसम्म १३ लाख ४२ हजार ५३२ जनाले सेवा प्राप्त गरेको सचिव अर्यालले जानकारी दिए । 

Nada Auto Show 2026
Hardik health

यस्तै, मोबाइल सेवाको पहुँच विस्तार भई हालसम्म दुई लाख ३७ हजार ४३६ जना लाभान्वित भएको मन्त्रालयले जनाएको छ । चालु आवमा मोबाइल सेवामा थप १६ लाख ६५ हजार ७० को पहुँचमा भई हालसम्म दुई करोड ९९ लाख ५४ हजार ७११ जनाले सेवा प्राप्त गरेका छन् ।

प्राप्त जानकारीअनुसार फोरजी (एलटिई) सेवाको पहुँच विस्तारमा दोस्रो सय दिनभित्र १७ लाख ४९ हजार ३७४ जना लाभान्वित भएका छन्भने पहिलो सय दिनमा समेत गरी हालसम्म दुई करोड ५० लाख ७५ हजार ४१९ जनाले सेवा प्राप्त गरेका छन् । गोरखापत्रका पुराना प्रकाशनको थप ८ वर्षको ‘डिजिटलाइजेसन’को कार्यसम्पन्न भएको छ । यस अवधिमा थप १६ वर्षको डिजिटलाइजेसन कार्यसम्पन्न भई हालसम्म कुल ८४ वर्षको डिजिटल रूपान्तरण गरिएको छ । 

रेडियो नेपालका थप एक हजार वटा पुराना ‘अडियो टेप’को डिजिटल रूपान्तगरण गर्ने भनिएकामा मन्त्रालयले थप एक हजार ४५३ वटा पुराना अडियो टेपको डिजिटल रूपान्तरण गरिएको छ । यस अवधिभर दुई हजार ८८६ वटा थप गरी हालसम्म ५४ हजार ३८६ पुराना अडियो टेपको डिजिटल रूपान्तरण गरिएको छ । रेडियोको राष्ट्रिय पहँुच थप एक प्रतिशतले वृद्धि भई हालसम्म ९४ प्रतिशतमा पहुँच विस्तार भएको छ भने टेलिभिजन पहुँच ७२ प्रतिशत पुगेको छ । रेडियो नेपालबाट प्रसारण हुने समावेशी कार्यक्रम दनुवार भाषा थप गरी हालसम्म २५ वटा भाषा पुगेको छ । 

गोरखापत्र दैनिकमा बाम्बुले राई भाषा थप गरी समावेशी कार्यक्रम (नयाँ नेपाल) प्रकाशन गरिएको छ । यस आवमा गोरखापत्र दैनिकमा रानाथारू र बाम्बुले राई भाषा थप गरी ४५ भाषामा समाचार प्रकाशन गरिएको छ । यस्तै, मन्त्रालयले मोबाइल नेटर्वक विस्तारमा समेत जोड दिँदै आएको सचिव अर्यालले बताए । जसअन्तर्गत दोस्रो सय दिनभित्र थप शून्य दशमलव ८१ प्रतिशतले मोबाइल सेवा विस्तार भएको छ । 

एफटिटिएच सेवा ७७ वटै जिल्लामा पुगेको छ । फोरजी/एलटिई सेवा पाँच दशमलव ९९ प्रतिशतले विस्तार भई हालसम्म ८५ दशमलव ९८ प्रतिशत जनसङ्ख्यामा पुगेको, नागरिक एपमा आबद्ध सरकारी सेवा ६४ पुगेको, जिआइओएसएम लागू भएका थप १० वटा सरकारी कार्यालयमा तालिम सञ्चालन गरिएको र हालसम्म ९५ वटा निकायमा तालिम सञ्चालन गरिएको छ ।

यस्तै,  २४ कोरमाथिको थप २७८ किमी अप्टिकल फाइबर विस्तार भई हालसम्म १७ हजार १५० किमी पुगेको छ । दोस्रो सय दिनमा ‘फिक्स्ड ब्रोडब्यान्ड’ सेवा विस्तार शून्य दशमलव ३६ प्रतिशतले भई हालसम्म ४४ दशमलव ७२ प्रतिशतले विस्तार भएको छ ।  मन्त्रालयले साइबर सुरक्षा सूचकाङ्क ६९ दशमलव ७६ प्रतिशत रहेको जनाएको छ । 

यस्ता छन् यस अवधिमा भएका काम   

सञ्चार सचिव राधिका अर्यालले पत्रकार सम्मेलनमा यस अवधिमा मन्त्रालयले गरेका नीतिगत र संस्थागत कार्यको विवरण प्रस्तुत गरेका छन् ।  एनसेलको अनुमति (२०८१/०५/१५ देखि २०८६/०५/१४) पत्र ५ वर्षका लागि नवीकरण गरिएको, विद्यमान कानुनमा अनुमतिपत्रको बहाल अवधि २५ वर्ष पूरा गरेका सेवा प्रदायकहरूको अनुमतिपत्र नवीकरणका लागि दूरसञ्चार नियमावलीमा संशोधन गरी इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरूको अनुमतिपत्र नवीकरण गर्न सुरु गरिएको, इन्टरनेट सेवा प्रदायक र दूरसञ्चार सेवा प्रदायक कम्पनीको बक्यौता असुल गरिएको, वल्र्ड लिङ्कबाट रु एक अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ र पैसा ५४, सुविसु केबलनेटबाट रु १७ करोड ४८ लाख ५१ हजार ६१५ पैसा र भायनेट कम्युनिकेसन लिबाट रु २६ करोड ६८ लाख ७६ हजार ५०९ पैसा ३६ गरी रोयल्टी प्राप्त भएको छ ।

दुई हजार १०० मेगाहर्ज फ्रिक्वेन्सी प्रयोगबापत नेपाल टेलिकमबाट रु ३५ करोड २६ हजार २२९ र एनसेलबाट रु ३६ करोड १५ लाख १६ हजार ६४६ प्राप्त भएको, टिकटकमा लगाइएको प्रतिबन्ध सर्तसहित फुकुवा गरी सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम टिकटक प्लेटफर्मलाई सूचीकरण, मेटालगायत अन्य सामाजिक सञ्जाललाई समेत दर्ता गर्ने काम भइरहेको, नेपाल टेलिकमको प्रबन्ध निर्देशक, चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष तथा सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरी कार्य विवरणसहित जिम्मेवारी दिइएको, हुलाक सेवा विभागको पुर्नसंरचना कार्यसम्पन्न गरिएको, ७५३ स्थानीय तहमा हुलाक कार्यालय सञ्चालनमा आएको जनाइएको छ । 

सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ जारी भई सो ऐनको प्रावधानबमोजिम रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकरण गरी सार्वजनिक सेवा प्रसारण संस्थानमा रूपान्तरण गरिएको, यस संस्थाको अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरू नियुक्त भई सोही अनुरुप काम सुरु भइरहेको छ । मुद्रण विभागबाट नेपाल टेलिकमका लागि रिचार्ज कार्डको छपाइ सुरु गरिएको छ ।

सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गरिएको, चलचित्रसम्बन्धी ऐन सङ्घीय संसद्मा दर्ता गर्ने स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्मा पेस भएको, सार्वजनिक सेवा प्रसारण नियमावली तथा सुरक्षण मुद्रण नियमावली तर्जुमा भई स्वीकृतिको चरणमा रहेको, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्ययादेश, २०८१ ले सूचना प्रविधि उद्योगको वर्गीकरणमा परेका उद्योगले विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको, विशेष आर्थिक क्षेत्रमा सूचना प्रविधिलगायत सेवामूलक उद्योगहरु सञ्चालन गर्न पाउने नयाँ व्यवस्था गरिएको, काजगरहित सरकारको अवधारणाबमोजिम यस मन्त्रालय र अन्तर्गत निकायहरुमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएससी) लागू भई हाल सङ्घ, प्रदेश तथा स्थानीय तहका निकायमा समेत लागू हुने क्रममा रहेको, यसका लागि आवश्यक तालिमलगायत कामहरु भइरहेको, विभिन्न सरकारी निकायहरुबाट प्रवाह हुने सेवाहरुलाई एकीकृत रुपमा नागरिक एपमार्फत उपलब्ध गराउन त्यस्ता निकायहरुको प्रणालीहरूलाई नागरिक एपमा आबद्ध गरिएको छ । 

राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरी सरकारी निकायहरुको सूचना प्रविधि प्रणालीमा हुनसक्ने सम्भावित साइबर हमला न्यूनीकरण गर्न संयन्त्र निर्माण गरिएको, सरकारी निकायले प्रयोगमा ल्याएका सूचना प्रविधि प्रणालीको सेक्युरिटी अडिटमार्फत थप सुरक्षित गर्न सुरक्षा प्रावधानका सम्बन्धमा सिफारिस गरिएको छ । नेपालमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआइ) को प्रयोग एवं अभ्याससम्बन्धी नीति तर्जुमा भई स्वीकृतिको अन्तिम चरणमा रहेको, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति तथा हुलाक सेवासम्बन्धी पुराना ऐनहरूलाई विस्थापित गरी नयाँ ऐन तुर्जमा गर्ने कार्यहरू भइरहेको त्यस अवसरमा जानकारी दिइयो ।  


प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन बिहीबार, भदौ ४, २०८३
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन
वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह बुधबार, भदौ ३, २०८३
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बुधबार, भदौ ३, २०८३
प्रेस काउन्सिलका चार सदस्यको शपथ
प्रेस काउन्सिलका चार सदस्यको शपथ बुधबार, भदौ ३, २०८३
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय बुधबार, भदौ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP