Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • दुई करोड लगानीमा पानी उद्योग स्थापना
दुई करोड लगानीमा पानी उद्योग स्थापना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १८, २०८१

गुल्मी -  रोजगारीको सिलसिलामा पछिल्लो समयमा कैयौँ युवा विदेसिएको अवस्थामा यहाँका युवाले भने गाउँमै लगानी गरेर उद्योग सञ्चालन गरेका छन् । जिल्लाको रेसुंगा नगरपालिकाका तीन युवाले मिलेर गाउँमै रु दुई करोड लगानी गरेर आधुनिक पानी उद्योग सञ्चालनमा ल्याएका हुन् । 

सँगैका साथीहरु रोजगारीका लागि विदेशीय पनि आफूहरुले गाउँमै लगानी गरेर पनि केही गर्न सकिन्छ भन्ने उद्देश्यले रेसुङ्गा–३ स्थित बेहोरेमा उद्योग सञ्चालन गरेको रेसुंगाजल प्रालिका अध्यक्ष सन्तोष कुँवरले बताए । रेसुङ्गा–३ का कुँवर, वडा नं ६ का राम पन्थी एवं वडा नं २ का विश्वास पुन गरी तीन युवाले रेसुङ्गाको पानीलाई प्रशोधन गरी ब्रान्डिङ गरेर ‘रेसुंगाआक्वा’ नामको शुद्ध पानी बजारमा ल्याएका छन् । 

उक्त उद्योगको आज उद्घाटन गर्दै नगर प्रमुख खिलध्वज पन्थीले देशमा केही छैन भनेर गलत भाष्य निर्माण गरी विदेश जाने युवालाई रेसुङ्गाका तीन युवाले गाउँमै उद्योग स्थापना गरेर स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएको बताए । उनले यसरी उद्यम गर्ने युवालाई नगरपालिकाका तर्फबाट प्रोत्साहन गर्दै सक्दो सहयोग गर्ने नीति रहेको बताए । 

Hardik health

उद्योग स्थापनापछि चार महिनासम्म पानीको परीक्षण गरेपछि व्यावसायिक रुपमा उक्त पानी बजारमा आएको हो । उद्योगमा प्रतिघण्टा दुई हजार लिटर पानी उत्पादन गर्ने क्षमता भए पनि अहिले प्रतिघण्टा एक हजार ५०० लिटर मात्र उत्पादन गरिएको छ । उद्योगमा हाल आधा लिटर र एक लिटरका साथै २० लिटरको जारमासमेत पानी उपलब्ध गराइएको रेसुंगाजल प्रालिका अध्यक्ष कुँवरले जानकारी दिए । उद्योगबाट उत्पादित पानी पहिलो चरणमा जिल्लामै खपत गर्ने बताइएको छ । 

युवा उद्यमी मध्येका कुँवर सिभिल इञ्जिनियर, पन्थी मेकानिकल इञ्जिनियर र पुन प्राविधिक क्षेत्रमा काम गर्ने युवा हुन्। माध्यमिक तहसम्म एउटै विद्यालयमा सँगै अध्ययन गरेका तीन जना साथीको आपसी सल्लाहमा आफ्नै ठाउँमा केही नयाँ काम गर्ने सोंचले पानी उद्योग सञ्चालनमा ल्याएको रेसुंगाजल प्रालिका सञ्चालक पन्थीले बताए । गुल्मीमा पहिलो पटक यसरी युवाले पानी उद्योग स्थापना गरेसँगै सबैले उहाँहरुको कामको सह्राना गर्न थालेका छन् । 


प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP