Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • धरान चिनाउने बुढासुब्बा गोल्डकप
धरान चिनाउने बुढासुब्बा गोल्डकप
संगीता राई
संगीता राई बिहीबार, माघ १७, २०८१

धरान- यतिबेला धरानमा बुढासुब्बा गोल्डकपको चर्चा निक्कै भइरहेको छ । धरानलाई चिनाउने थुप्रै मिथक छन् तर खेलकुदको शरह भनेर चिनाउने एउटै मात्र प्रतियोगिता भनेको बुढासुब्बा गोल्डकप हो । 

कोशी पहाडको प्रवेशद्वार धरानलाई थुप्रै मिथक र विषयले चिनिन्छ, सौखिन, फेसनेवल र लाहुरेको शहर भनेर चिनिएको धरानलाई पछिल्लो समय खेलकुदप्रेमीको शहर भनेर चिन्न थालिएको छ । खेलकुदको शहर भनेर चिनाउने कार्यमा बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको भूमिका महत्वपूर्ण रहेको छ ।  

बुढासुब्बा गोल्डकप मेरो सपनाजस्तै हो पूर्वराष्ट्रिय खेलाडी साथै धरान फुटबल क्लबका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले भने, “शुरुआती समयमा खेलाडी हुँदा धरानमा एउटा गोल्डकप बनाउछु भनेर सपना बोकेर हिडे त्यो सपना आज पूरा भएको छ ।”

उनले भने, “धरान बुढासुब्बा गोल्डकप आज एउटा प्रतिष्ठाको रूपमा उभिएको छ । २०५५ सालमा सालमा धरान फुटबल क्लबको स्थापना गरी २०५५ सालदेखि बुढासुब्बा गोल्डकपको आयोजना गरी निरन्तर सञ्चालन हुँदै आएको एक मात्र प्रतियोगिताले धरानलाई खेलकुलको शहर भनेर परिचित गराउन मुख्य भूमिका भने बुढासुब्बा गोल्डकपले खेलेको छ । 

Hardik health

राईले धरानमा धरान फुटबल क्लबको स्थापना गरी अन्तर्राष्ट्रियस्तरको फुटबल बुढासुब्बा गोल्डकप प्रतियोगिता सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको अनुभव सुनाए । सानै उमेरबाट फुटबल खेलप्रति रुचि राख्दै राष्ट्रिय खेलाडीको रूपमा आफ्नो ‘करियर’ सुरु गरेको उनले बताउनुभयो । उनले भने, “यहाँसम्म पुग्दा सहज भने पक्कै थिएन सबैको साथ सहयोग र हौसलाले गर्दा धरान फुटबल क्लबले पहिलोपटक बुढासुब्बा गोल्डकपको आयोजना गरेको हो ।

उनको अनुभवले धरानमा फुटबलको विकासमा महत्वपुर्ण भुमिका र योगदान पुर्याएको छ । अध्यक्ष राईकै पहलमा २०५९ सालमा धरान उपमहानगरपालिका–१७ मा पूर्वाञ्चल एन्फा एकेडेमी टेक्निकल सेन्टरको स्थापना भएको हो । जुन एकेडेमीले अहिले सयौँ खेलाडी उत्पादन गरिरहेको छ ।

उनले भने, “बुढासुब्बा गोल्डकप सुरू भएसँगै धरानमा फुटबल र खेलप्रतिको क्रेज बढ्दै गयो । अन्य खेलको पनि महत्व छ तर बुढासुब्बा गोल्डकप नेपालकै पुरानो र सम्मानीत फुटबल क्लबमध्ये एक मानिन्छ । बुढासुब्बा गोल्डकपले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा धरानलाई चिनाएको छ ।” बुढासुब्बा गोल्डकपले धरानलाई मात्र चिनाएन, धरानका खेलाडीसमेतलाई चिनायो । नेपालका ‘ए’ डिभिजन क्लबमा धरानका खेलाडीले प्राथमिकता पाए अहिले सयौँ खेलाडीले फुटबल ‘करिअर’ बनाएको राईको अनुभव छ । 

धरान प्रकृति सौन्दर्य र संस्कृतिको विविधता भएको ठाउँको रूपमा परिचित छ । यसमा थप पहिचान दिलाउने काम भने बुढासुब्बा गोल्डकपले गरेको छ । धरान उपमहानगरपालिका–१५ का सागर घिमिरे सानै उमेरदेखि खेलाडी बन्ने सपना बोकेर चार वर्षको उमेरदेखि फुटबल खेल खेल्न सुरु गरेको सुनाए। फुटबल खेलमै आफ्नो भविष्य देखेका घिमिरे अहिले बुढासुब्बा गोल्डकपको कोचसमेत बनिसकेका छन् । सानै उमेरदेखि खेलमा रुचि राख्ने उहाँ फुटबल खेल्न सिक्नका लागि हरेक खेलकुद मैदान पुग्ने गरेको अनुभव सुनाए । 

पछिल्लो समय युवा पुस्ताका लागि फुटबल खेल मनोरञ्जनका लागि मात्र नभएर करियर स्वास्थ्य प्रेरणा र सामाजिक सम्पर्कको लागि महत्वपूर्ण माध्यमको रूपमा विस्थापित भएको छ । उनले भने, “घर परिवारमा कोही पनि खेलप्रति रुचि नराख्ने परिवारमा म मात्र हो खेलप्रति रुचि भएको, सानो उमेरमा साथीभाइले खेलेको फुटबल देख्दा आकर्षित भए यसरी नै खेलप्रतिको मेरो ‘क्रेज’ बढ्दै गयो । 

पूर्वखेलाडी घिमिरेले बुढासुब्बा गोल्डमै २३ पटक कोचको भूमिका निर्वाह गरिसक्नु भएको बताए । “यसको सबै श्रेय भने बुढासुब्बा गोल्डकपलाई जान्छ”, उनले भने, “जुन समय मलाई लाहुर बन्ने सपना नभएको चाहिँ हैन, तर धरान फुटबल क्लबबाट फुटबल खेल्न शुरु गरे त्यसपछि लाहुर बन्ने सपना छोडेर खेलाडी भन्ने सोचले अगाडि बढ्न थाले अहिले ताइवान, भुटान, चीनलगायतका देशमा भाग लिई फुटबल लिगहरू खेलिसकेको छु ।” 

यस खेलले सफल खेलाडीलाई राम्रो आर्थिक लाभ प्रसिद्ध र अवसर पनि रहेकाले फुटबल खेललाई पेशाको रूपमा अपनाउन सकिने भएको कारण पनि पछिल्लो पुस्ताका युवाहरू खेलमा बढी आकर्षित हुँदै गएको उनको भनाइ छ । फुटबल खेलले विशेषगरेर शारीरिक रूपमा स्वास्थ्य रहनका साथै यस खेलले सहनशीलता, शक्ति गतिशीलता र मानसिक रूपमा पनि तन्दुरुस्त बनाउन ठूलो भूमिका खेलिरहेको उनले बताए । 

बुढासुब्बा गोल्डकप प्रतियोगिताले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको छ । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले भने, “यो खेलको नाम बुढासुब्बा मन्दिरसँग जोडिएको छ । जुन धरानको ऐतिहासिक धार्मिक स्थल हो, धरानलाई खेलकुदको सहरका रूपमा मात्र बुढासुब्बा गोल्डकपले चिनाएन पर्यटनको केन्द्रका रूपमा पनि स्थापित गर्न ठूलो योगदान पुर्याएको छ ।”

उनले भने, “नेपालका प्रतिष्ठित क्लबसँगै अन्तर्राष्ट्रिय टिमको सहभागिता हुन्छ यो खेल क्षेत्रको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि साथै स्थानीय युवा पुस्तालाई प्रेरित गर्न महत्वपूर्ण भुमिका खेलेको छ ।” प्रत्येक वर्ष आयोजना हुने बुढासुब्बा गोल्डकप खेलकुदको प्रवर्द्धन गर्न मात्र नभएर धरानको आर्थिक, सामाजिक, र सांस्कृतिक पक्षसमेतलाई उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको अध्यक्ष तामाङले बताए ।

बुढासुब्बा गोल्डकपले खेलकुदको विकाससँगै युवा खेलाडीलाई दिने ‘प्लेटफर्म’ र राष्ट्रिय फुटबलको स्तर सुधारमा ठूलो योगदान पुर्याउँदै आइरहेको छ । अध्यक्ष तामाङले भने, “बुढासुब्बा गोल्डकप खेलले खेलाडीलाई अन्तराष्ट्रियस्तरमा चिनाउनका साथै फुटबल खेललाई लोकप्रिय बनाउनमा ठुलो टेवा पुगेको छ ।” फुटबललाई मात्रै खेल र मनोरञ्जनको एक साधन हो भन्ने सोच हाबी छ । यसले प्रचुर सम्भावना भएर पनि यहाँ खेल पर्यटनको अवधारणा फस्टाउन सकेको छैन । जुन स्थानीय सरोकारवालाले खासै ध्यान दिएको पाइँदैन । 

उनले भने, “प्रत्येक वर्ष बुढासुब्बा गोल्डकप सञ्चालन हुन्छ, वर्षका रु एक करोडको लगानीमा खेल सञ्चालन हुने गरेको छ, जसमा स्थानीय सरकारबाट १० प्रतिशत सहयोग हुने गरेको छ भने बाँकी हङ्कङ, बेलायत, सिङ्गापुरलगायत देश विदेशमा रहनुभएको व्यक्तिबाट हुने चन्दा र सहयोगबाट सञ्चालन हुने गरेको उनले बताए । 

बुढासुब्बा गोल्डकपले खेलको विकासमा टेवा त पुग्ने नै भयो अध्यक्ष तामाङ धरानको पर्यटन प्रवर्द्धनमा यसले पनि निक्कै सहयोग पुग्ने बताउनुहुन्छ । गोल्डकप सञ्चालन हुँदा सहभागी खेलाडी टिमका र अफिसियलले धरानका होटल एक सातासम्म खचाखच हुन्छ । यतिबेला समय फुटबल हेर्न सनुसरीका विभिन्न ठाउँ साथै प्रदेशका मोरङ, धनकुटा, झापा, इलाम, पाँचथर, सङ्खुवासभालगायतका जिल्लाबाट खेलप्रेमी दर्शक खेल हेर्न आउने गरेको क्लबका अध्यक्ष तामाङको भनाइ छ । 

बुढासुब्बा गोल्डकपले नेपाली फुटबलमा नै नयाँ लहर ल्याएको बरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए । बुढासुब्बा गोल्डकप शुरु भएसँगै धरानमा दर्जनौँ गोल्डकप खेल शुरु भएको उनको भनाइ छ । उनले भने, “पहिले राम्रो खेलाडी बन्नको लागि काठमाडाैँ, पोखरालगायतका ठाउँमा गएर खेलको तालिम लिनुपर्ने अवस्था थियो । पछिल्लो समय बुढासुब्बा गोल्डकप शुरु भएसँगै यसले ल्याएको लहरले काठमाडौँ मात्र नभएर बाहिरी देशका खेलाडीसमेत बुढासुब्बा गोल्डकपले चिनाउने गरेकाले बुढासुब्बा गोल्डकप धरानको मात्र नभएर नेपालकै उदाहरणीय गोल्डकपको रूपमा विस्थापित भएको उनले बताए । 

बुढासुब्बा गोल्डकपको सुरु भएसँगै धरानमा गोधुली फुटबल क्लब, हाम्रो धरान, भेट्रान, भेट्रान फुटबल, सुवास राई स्मृति कप, नगरपालिका महिला कपलगायत दर्जनौं फुटबल खेल शुरु भएकाले बुढासुब्बा गोल्डकप उदाहरणीय गोल्डकप फुटबलको रूपमा लिन सकिन्छ । यसले नेपालको फुटबलमा ठूलो युगान्तकारी परिवर्तन दिएको उनको भनाइ छ । 

बुढासुब्बा गोल्डकपले नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको उनले बताए । उनले भने, “बुढासुब्बा गोल्डकपले सयौँ राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ भने यस गोल्डकपले नयाँ पुस्ताका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर र प्लेटफर्मको बुढासुब्बा गोल्डकपले दिएको छ । 

बुढासुब्बाको गोल्डकपको २५ औँ संस्करण 
बुढासुब्बा गोल्डकपको २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण संस्करण यही माघ १९ गतेबाट शुरु हुने भएको छ । प्रतियोगिताको लागि आर्थिक समिति खेलाडी, समिति प्रचारप्रसार समिति सुरक्षा समितिलगायतका समिति बनाइएको अध्यक्ष तामाङले बताए । साथै, खेल अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त पारिने उनले बताए । उनले भने, “क्लबका तर्फबाट ५० जनाभन्दा बढी सुरक्षा स्वयंसेवक, निजी सुरक्षा गार्डसमेतको व्यवस्था गरिएको छ ।”
  
क्लबले खेलको तालिकासमेत सार्वजनिक गरिसकेको छ । १९ गते पहिलो खेल सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज र चार पटकको बिजेता पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताए।  धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसि भारत, मच्छ्रिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् । यसमा उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्ष तामाङले बताए । 


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल दोस्रो हुन सफल
अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल दोस्रो हुन सफल बुधबार, पुस १६, २०८२
टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने
टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने बुधबार, पुस १६, २०८२
राष्ट्रिय यू-१९ महिला टिमको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त
राष्ट्रिय यू-१९ महिला टिमको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त मंगलबार, पुस १५, २०८२
‘खेलकुद क्षेत्रको विकासका लागि एनओसी सक्रिय छ’: अध्यक्ष  श्रेष्ठ
‘खेलकुद क्षेत्रको विकासका लागि एनओसी सक्रिय छ’: अध्यक्ष श्रेष्ठ सोमबार, पुस १४, २०८२
‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई
‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई सोमबार, पुस १४, २०८२
‘विन्टर–क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी
‘विन्टर–क्याम्प’ सञ्चालन गर्दै बनेपा फुटबल एकेडेमी आइतबार, पुस १३, २०८२
‘इन्डो–नेपाल मेचीनगर मिडिया कप’ फुटबल प्रतियोगिता पुस २७ गतेदेखि हुने
‘इन्डो–नेपाल मेचीनगर मिडिया कप’ फुटबल प्रतियोगिता पुस २७ गतेदेखि हुने शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP