Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
समाचार
  • Home
  • समाचार
  • रुसमै अस्ताए विनोद, न सास आयो न लाश
रुसमै अस्ताए विनोद, न सास आयो न लाश
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १४, २०८१

काठमाडौं – ‘कहिँ जानुभन्दा अघि ह्वाटएप्स्मा भोइस मेसेज पठाएर म यस्तो गर्न लाग्दैछु आमा भन्थ्यो, पछिल्लो पटक नेपाल आउन मन छ तर जानै दिएको छैन भनेको थियो,’ नरमाया सुनुवारले टोलाउँदै भनिन् । सोमबार पशुपति आर्यघाटमा छोराको दाहसंस्कार गर्न आएकी नरमाया सुनुवार ६२ वर्षकी भइन् ।

ओखलढुङ्गाको मोलुङ गाउँपालिका घर भएकी नरमायाका माइला छोरा विनोद बहादुर सुनुवार अघिल्लो वर्षको असोजमा रुसी सेनामा भर्ना हुन गए । उनले घरपरिवारलाई थाहै नदिइ रुस जाने सबै चाँजोपाँजो मिलाएका थिए । ‘जाने दिन विहान आमा मेरो फ्लाइट आयो भनेको थियो । त्यतिबेला पो थाहा भयो रुस जान लागेको भनेर,’ भावविह्वल भएर उनले सुनाइन् ।

बुढेसकालमा आफ्नो सन्तान गुमाउनुको पीडा उनले सकिनसकि पोखिन्, ‘आठ जना छोराछोरीमध्ये एकजना रुसि लाहुरे भएर बित्यो, दुई जनालाई पहिरोले लग्यो, एउटाले आत्महत्या गर्यो ।’naramaya-sunuwar-BINOD-mom-russia-1737981582.jpgनरमाया मोबाइलमा मेसेज टाइप गर्न सक्दिनन् । रुस गएदेखि के गर्दै छु भनेर हरेक दिन भ्वाइस मेसेज पठाउँथे विनोदले । तर करिव साढे दुई महिनादेखि कुनै खबर आएको थिएन । लामो समयदेखि कुनै खबर नआउँदा परिवार आत्तिन थालिसकेका थिए । तर पनि छोरा फर्किने ठूलो आश थियो, नरमायालाई । के भएको हो भनेर नेपाली दुतावास र रुसी सेनामा मारिएकाहरुको शव झिकाउने पहल गरिरहेकाहरुसँग सम्पर्क गर्दा बमबारीमा परि बंकरभित्र परि उनको मृत्यु भइसकेको खबर आयो । सम्पर्कमा नभए पनि विनोद जिउँदै होलान् भन्ने आशमा बसेका परिवारजनमा त्यसपछि बज्रपात पर्यो ।

Hardik health

बमबारीमा ज्यान गएकाले उनको शव झिकाउने सकिएन । छोराको अन्तिम संस्कार गर्नुपर्ने चलन अनुसार पराल र कुशको शव बनाएर दाहसंस्कार गरियो । ‘उसको भाइहरुले कुश, पराल र जौँको पीठोले शव बनाए,’ नरमायाले सुनाइन् । यसरी रुसी सेनामा ज्यान गुमाएकाको कुशको काल्पनिक शरीर(डमी) बनाएर दाहसंस्कार गरिएको यो पहिलो घटना भएको अभियान्ता कृतु भण्डारीले बताइन् । परिवारको भविष्य अनि आफ्नै घर बनाउने सपना बुनेर रुस गएका विनोद उतै अस्ताए, परिवारले मृत शरीर समेत देख्न पाएनन् । प्रेम विवाह गरेका विनोदका एक श्रीमती र पन्ध्र वर्षीय एक छोरा छन् । शोकमा डुबेकी उनकी श्रीमती बोल्न सक्ने अवस्थामा थिइनन् । श्रीमती र छोराले उनलाई दागबत्ति दिए । 

‘रुसमा कोहि पनि नजाउन्’
रुसी सेनाबाट फर्किएका सुदिप खत्री युद्धग्रस्त अवस्थामा रुसी सेनामा नजान आग्रह गर्छन् । ओखलढुङ्गा चम्पादेवी घर भएका उनी त्यहाँको स्थिति हाम्रो कल्पनाभन्दा बाहिरको रहेको बताउँछन् । कोरीयन भाषा पढ्दै गरेका सुदिपलाई रुसमा भाषा जान्न नपर्ने, तलब पनि राम्रै हुने भनेर टिकटकबाट थाहा पाएपछि रुसी आर्मी बन्ने रहर जाग्यो । एउटा ट्रभल एजेन्सी समातेर दश लाख तिरेर रुस गए । उनले तेह्र महिना युद्धक्षेत्रमा काम गरे । करिव तीन महिना फाइरिङ सिकाएपछि युद्धमा लगिएको उनले बताए ।

sudip-khatri--russia-1737981583.jpg
नेपालीहरुले फ्रन्टलाइनमा बसेर मिसाइल हान्नुपर्छ, सुरक्षाको साधन भनेको आर्मर र हेलमेट मात्रै हुन्छ, ड्रोनहरुबाट छलिएर बंकरमा बस्नुपर्छ,’ उनले भने, ‘म बाकमुद भन्ने ठाउँमा थिएँ । त्यसबेला त्यहाँ करिव दुई सयको हाराहारीमा नेपालीहरु थिए ।’ उनका अनुसार युद्धरत अवस्थामा त्यहीँका रुसी नागरिकले ६ महिनापछि २० दिन छुट्टी पाउँछन् भने अन्य देशबाट आएकालाई एक वर्ष पुगेपछि दुई महिना छुट्टी दिइन्छ । उनी एक वर्ष काम गरेर छुट्टिमा नेपाल आएका हुन् । युद्धरत देशमा किन जानुभयो भनेर सोध्दा, ‘नेपालमा राम्रो रोजगारी नपाएर गएको हो नि । त्यत्ति ठूलो रुसले युक्रेनलाई हराइहाल्छ बढिमा एक दुई महिनामा युद्धविराम होला भनेर गइयो । त्यहाँ पुगेपछि स्थिति अर्कै थियो । सेनामा कोहि पनि नजाउन्,’ उनले भने ।


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १९:५५
#रूसी_सेना #विनोद बहादुर सुनुवार
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती बुधबार, पुस १६, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ मंगलबार, पुस १५, २०८२
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास मंगलबार, पुस १५, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस १४, २०८२
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित सोमबार, पुस १४, २०८२
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने आइतबार, पुस १३, २०८२
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP