Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • स्वरोजगार बन्दै शारीरिक अपांगता भएकाहरु
स्वरोजगार बन्दै शारीरिक अपांगता भएकाहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १३, २०८१

दमक - यहाँको कमल गाउँपालिका–५ मंगलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्नुहुन्न । शारीरिक अपांगताका बाबजुद उनी अहिले स्वरोजगार बनेका छन् । 

सानैमा एउटा खुट्टामा समस्या भएपछि अपांगताको सिकार बनेका उनको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो थियो । साथीभाईले पैसा कमाएको देख्दा उनलाई पनि आयआर्जनमा जोडिने इच्छा हुन्थ्यो । उनी र उनले जस्ता अन्यको इच्छा पूरा गर्न कमल अपांगता समितिको संस्थागत प्रयत्नले अहिले मूर्तरुप लिएको छ ।  समितिले अहिले कमल अर्गानिक साबुन उत्पादन गरिरहेको छ । कमल गाउँपालिका–२ तोपगाछी र कमल गाउँपालिका–६ लखनपुरमा लघुउद्यमका रुपमा उद्यम सञ्चालनमा छ । 

कमल गाउँपालिकाले एक वर्ष अघि मात्रै कमल अपांगता समितिसँगको समन्वयमा अपांगता भएकालाई साबुन, हार्पिक, फिनेल जस्ता सामग्री बनाउने सीप सिकाएको थियो । त्यही तालिमबाट पालिकाले उद्यमशीलताका लागि रु ३० हजारको बीउ पुँजीसमेत प्रदान गरेको छ । सो पुँजीबाट ५० जना अपांगता भएकाले व्यावसायिक रुपमा उद्यममा जोडिएको उक्त समितिका अध्यक्ष पिताम्बर खड्काले जानकारी दिए । “हामी आफैँ के कस्तो आयआर्जनमा लाग्ने ? कसरी उद्यमी बन्ने भन्ने अन्योलमा थियौँ । गाउँपालिकाले सो सम्बन्धीको १५ दिने आधारभूत तालिम दिएपछि उद्यममा लागियो”, खड्काले भने, “यो लघु उद्यमले थोरै पनि हामी जस्ता लक्षित समुदायलाई आयआर्जनसँग जोडिन टेवा पुगेको छ, अपाङगता भएका व्यक्तिलाई हेर्ने दृष्ट्रिकोणसमेत फेरिँदै गएको छ ।” 

उनकाअनुसार संस्थागत रुपमा अपांगता भएका व्यक्तिले तयार गरेका घरायसी सामग्री पसल तथा हाटबजारसम्म पु-याउन थालिएको छ । उपभोक्तालेसमेत उनीहरुले उत्पादन गरेको सामग्री रुचाएका छन् । गाउँघरमा पाइने तुलसी, निमपातलगायतका प्राकृतिक जडीबुटी संकलन गरी साबुन तयार गरेको र यसैलाई ‘ब्राण्डिङ’का रुपमा विकास गर्न जुटिरहेको उनले बताए।  कमल अपांगता समितिका सचिव कमल गाउँपालिका–६ निवासी लङ्कबहादुर खड्का पनि सहजै हिँड्डुल गर्न सक्दैनन् । आर्थिक अवस्था कमजोर भएका खड्काको अपांगता कारण क्षमता भएपनि समाजले हेर्ने दृष्टिकोण फरक थियो । तर ,पछिल्ला वर्ष उन हातको सहाराले विद्युतीय सिटीसफारी चलाउँदै आएका छन् । 

Hardik health

सफारी चलाउँदा शारीरिक अपांगताका कारण धेरै यात्रु चढ्न आनाकानी गर्ने गरेको उनको गुनासो छ । सिटीसफारी सञ्चालनसँगै उन पनि हाल साबुन लघु उद्योगमा जोडिएका छन्  । यस उद्यमले अपांगता भएकाले पनि समाजमा आयआर्जन गर्न सक्छन् भन्ने प्रेरणा मिलेको उनले बताए । स्थानीय सरकार  र अपांगताका क्षेत्रमा काम गर्देआएका विभिन्न सङ्घ संस्थाबाट प्राप्त सहयोगका कारण आफूहरुलाई जीविकोपार्जनका क्षेत्रमा जोडिएर स्वरोजगार बन्न हौसला मिलेको उनले बताए । उनीहरुले दैनिक प्रयोग हुने घरायसी सामग्री अगरबत्ती, कुचो, नरिवलको झाडु, हार्पिक ,फिनेल तथा साबुनलगायत उत्पादन गर्दै आएका छन् ।

त्यसैगरी दमक नगरपालिकाका अपांगता भएका व्यक्तिहरुले पनि विभिन्न उद्यम सञ्चालन गरेर स्वरोजगार बन्न थालेका छन् । पछिल्ला दश वर्षमा यस्ता लक्षित व्यक्ति आर्थिक रुपमा सबल बन्न विभिन्न उद्यमशीलतामा जोडिएको दमक–९ की अपांगताको अधिकारका क्षेत्रमा काम गर्देआएकी पार्वता श्रेष्ठले बताइन् । राष्ट्रिय अपांगता महासङ्घ नेपाल कोशी प्रदेशकी पूर्व अध्यक्षसमेत रहेकी श्रेष्ठले अपांगता भएकालाई स्वरोजगार बनाउन उद्यमशील अपांगता होजियारी लघु उद्योग दुई वर्षदेखि सञ्चालनमा ल्याएको जानकारी दिए । हाल उनको उद्योगमा १२ जनाले रोजगारी प्राप्त गरेको उनले बताउनुहुन्छ । दमक–८ मा उक्त लघु उद्योग सञ्चालित छ ।

दमक–६ मा तीन दशक बढीदेखि ढुंगाको सिलौटा, जाँतो बनाउँदै आउनुभएका मुकेश सन्तराज अपांगता भएका व्यक्तिका लागि अर्का प्रेरणाको स्रोत हुन् । ‘मुकेश शिलालेख’ खोलेर ढुंगाको सिलौटा, जाँतोलगायतका सामग्री तयार गर्दै आएका उनले आफू मात्र नभएर पाँच जनालाई रोजगारी प्रदान गरेका छन्। उनको सिंगो परिवार यही शिलालेखमा निर्भर रहेको र यसैबाट दमक–७ सयपत्री टोलमा घरजम गरी व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनले भने, “हामी अपांगता भएकालाई दया, माया होइन अवसर दिए अरुसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने हिम्मत छ ।” 

पछिल्लो तथ्याङ्कअनुसार झापाका १५ वटै स्थानीय तहमा करिब २३ हजार नौ सय ८८ जना अपांगता भएका व्यक्ति छन् । अपांगता भएकाले उत्पादन गरेका वस्तुले बजार पाउन निकै  प्रतिस्पर्धा गर्नुपर्ने समस्या रहेको राष्ट्रिय अपाङ महासङ्घ नेपाल कोशी प्रदेशका संयोजक मदनकुमार बोहोराले बताए । उनले भने, “अपांगता भएका व्यक्तिलाई तीनै तहको सरकारले सहयोग गरेपनि नीतिगत रुपमा अपांगता भएका व्यक्तिको पहुँच सुनिश्चितता नभएसम्म लक्षित समुदाय सबल हुन निकै चुनौती छ ।” 

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले अपांगता भएकालाई संगठितसँगै आयआर्जनको पाटोमा जोड्न स्थानीय सरकारले विभिन्न उद्यमशील क्षेत्रमा प्रोत्साहित गरेको बताए । अपांगता भएका व्यक्ति विस्तारै समाजसँग जोडिन थालेको र यसले समाज रुपान्तरणमा सहयोग पुग्ने उनको धारणा छ । उनले भने, “समाजमा वहिष्कृत गरिएका यस्ता समुदायलाई आर्थिक रुपमा सशक्तीकरण गर्न तथा उद्यमशीलता बनाउन स्थानीय सरकारले विभिन्न पाटोमा सहयोग पु-याँउदैआएको छ ।”

अपांगता भएका व्यक्तिको बाँच्न पाउने अधिकार प्राप्तिका लागि कोशी प्रदेश सरकारले करुणा फाउण्डेशनको सहकार्यमा झापासहित ताप्लेजुङ र तेह्रथुमका ३० वटा स्थानीय तहमा अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रममा जिल्लाका स्थानीय तहमा त्यस्ता व्यक्तिको आवश्यकता पहिचान र परिचयपत्र वितरणदेखि प्रत्येक वडासम्म अप्थाल्मोलोजिस्ट/अप्थाल्मो टेक्निसियन (आँखा जाँच गर्न), अडियोलोजिष्ट/ अडियमेट्रिस्ट (कान जाँच गर्ने), फिजियो थेरापिस्ट, क्लिनिकल साइकोलोजिस्टलगायतका प्राविधिकमार्फत स्वास्थ्य परीक्षणसँगै उनीहरुलाई आवश्यक सहायक सामग्रीको नापजाँचलगायत अन्य आवश्यकताको पहिचानसमेत गर्ने व्यवस्था गरेको छ ।
 


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP