Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • संसद्मा होस् या संसद्बाहिर एक ढिक्का हुनू
कांग्रेस पदाधिकारी र मन्त्रीलाई देउवाको निर्देशन संसद्मा होस् या संसद्बाहिर एक ढिक्का हुनू
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १३, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र मन्त्रीलाई एक ढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएका छन् । पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको शनिबार बसेको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । 

सभापति देउवाले आगामी दिनमा संसद्मा होस् या संसद्बाहिर एक ढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । ‘पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको शनिबारको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एक ढिक्का भएर प्रस्तुत गर्ने निर्णय गरेको छ,’ उनले भने ।

बैठकमा गृहमन्त्री रमेश लेखकले लामो समयदेखि मुलुकको आर्थिक अवस्था शिथिलतातर्फ उन्मुख भएकाले अर्थतन्त्र चलायमान बनाउनका लागि अध्यादेशमार्फत केही कानुन संशोधन गर्नुपरेको बताएका थिए । उनले वर्तमान सरकारका कामकारबाही र प्राथमिकताबारे पनि बैठकमा जानकारी गराएका थिए ।गृहमन्त्री लेखकले संविधान संशोधनका दलका तर्फबाट गठित सदस्यबारे तत्कालै निर्णय गरेर अघि बढाइने जानकारी गराउँदै अध्यादेशमा कुनै संशोधन गर्नुपर्नेमा भएमा प्रतिस्थापन विधेयकका रूपमा सदनमा टेबुल हुने समयमा संशोधन गर्न सकिने स्पष्ट पारेका थिए ।

पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको शनिबारको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एक ढिक्का भएर प्रस्तुत गर्ने निर्णय गरेको छ ।
श्यामकुमार घिमिरे
सचेतक, नेपाली कांग्रेस

Hardik health

संविधान कार्यान्वयनका लागि अध्यादेशबाटै भए पनि कानुन संशोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्न सुझाव दिए पनि पदाधिकारीले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनप्रति कुनै टिप्पणी नभएको प्रमुख सचेतक घिमिरेले बताए ।त्यस अवसरमा प्रमुख सचेतक घिमिरेले संसद् आगामी अधिवेशनको तयारी, विधेयक संख्या, अवस्था र पारित गर्न सकिने विधेयकबारे जानकारी गराएका थिए । संसदीय दलको आइतबार र सोमबार बस्ने बैठकमा पार्टीका आन्तरिक जीवनमा देखिएका र सुधार गर्नुपर्ने विषवस्तु भए सघनरूपमा सांसदका बीचमा छलफल गरी निष्कर्षमा पुर्याउने विषयमा पनि सहमति जनाइएको थियो ।

प्रमुख सचेतक घिमिरेले भने, ‘विधेयकलाई संसद्मै पनि टेबल गर्न सकिन्थ्यो, त्यसो गर्दा लामो समय लाग्ने भएकाले तत्काल केही काम गरी लगानीको वातावरण सिर्जनाका लागि अध्यादेश ल्याइएको र उक्त विषयमा पदाधिकारीका बीचमा समान बुझाइ र साझा धारणा रह्यो ।’पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मन्त्री र संविधान संशोधनका गठित संयन्त्रले बैठकमा अध्यादेश र समग्र सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी गराएको बताए । उनले भने, ‘संसद्मा विचाराधीन विधेयकलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पारित गरी सम्बन्धित समितिमा समयमै काम सम्पन्न गर्ने विषयमा पनि जानकारी दिइयो ।’

समग्रमा मन्त्रीहरूले राम्रै काम गरिरहनुभएको छ, तथापि हाम्रा आवश्यकता धेरै छन्, काम गर्नुपर्ने क्षेत्र ठूलो छ ।
डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस

मन्त्रीहरूको ‘ब्रिफ्रिङ’मा पदाधिकारीहरूबाट राय, सुझाव र सल्लाह दिने उद्देश्यले बैठक आयोजना गरिएको प्रवक्ता डा. महतको भनाइ थियो । एक प्रश्नको जवाफमा संविधान संशोधनका विषयमा गम्भीर गृहकार्य थालनी गर्ने र त्यसमा विषयवस्तु के हुनसक्छ भनी दलभित्र पनि बेग्लै संयन्त्र पनि बन्ने सक्नेबारे गृहमन्त्री लेखकले बैठकमा जानकारी गराएका प्रवक्ता महतले बताए ।बैठकमा मन्त्रीहरूले आफ्नो सम्पूर्ण क्षमता, योग्यता र क्रियाशीलता लगाएर भइरहेको पहलबारे जानकारी तथा पदाधिकारीले सरकारमा सशक्त उपस्थितिबारे  सुझाव र  सल्लाह दिएको बताउँदै प्रवक्ता डा. महतले भने, ‘समग्रमा मन्त्रीहरूले राम्रै काम गरिरहनुभएको छ, तथापि हाम्रा आवश्यकता धेरै छन्, काम गर्नुपर्ने क्षेत्र ठूलो छ ।’

बैठकमा पार्टी नेताहरू विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पार्टी प्रवक्ता डा. महत, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री, कृषि तथा पशुपन्छीलगायतले कार्य जिम्मेवारी र समसामयिक विषयमा धारणा राखेका थिए ।
 


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP