Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
समाचार
  • Home
  • समाचार
  • श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा एकरुपता बनाउन जोड
श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा एकरुपता बनाउन जोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ११, २०८१
RBB RBB

काठमाडौं– सरोकारवालाले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा एकरुपता हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा नेपाल मेडिकल व्यवसायी संघका पदाधिकारीहरूसँग भएको छलफलमा उनीहरुले स्वास्थ्य परीक्षणमा एकरुपता भएमा मात्र गुणस्तरीय स्वास्थ्य परीक्षण हुने बताएका हुन् ।

संघका अध्यक्ष तारानाथ अर्यालले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा भएको ‘सिन्डिकेट’ अन्त्य गरी गुणस्तरीय स्वास्थ्य सेवा सम्बन्धमा संघको ध्यानाकर्षण रहेको बताए । उनले भने, ‘वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण स्वास्थ्य संस्थामा एकरुपता कायम हुने स्वास्थ्य परीक्षण प्रतिवेदन तयार पार्नुपर्छ । सबै देशको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंगले निर्धारण गरी एकरुपता कायम गर्नुपर्छ ।’

अध्यक्ष अर्यालका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने १९४ संस्था सूचीकृत भएका छन् । यीमध्ये ३६ वटा मलेसियामा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने र १८ वटा संस्थाले मध्यपूर्व साउदीलगायत तीन देशमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दछन् । सूचीकृत नभएका स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य परीक्षण गर्ने गरिएको पाइएकाले यसमा संघको आपत्ति रहेको उनले बताए ।

संघका महासचिव कृष्णप्रसाद बजगाईंले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सूचीकृत तथा नवीकरण भई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाबाट वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गरिरहेको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिन्डकेट तत्काल अन्त्य गर्नुपर्ने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बताए । उनले भने, ‘तमाम श्रमजीवी वर्गलाई मारमा पर्नेगरी सिन्डिकेट लगाइएका विषयप्रति हाम्रो चासो हो । मन्त्रालय र सम्बन्धित मातहतका निकायलाई हामीले घच्घच्याइरहेका छौं । तर यो विषयवस्तुबारे कुनै सुनुवाइ नभएको र सिन्डिकेटजस्तो विषयलाई प्रोत्साहन गरेको देखिन्छ ।’

सांसद रमा कोइराला पौड्यालले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणले विश्वव्यापी मान्यता पाउनुपर्ने बताइन् । ‘यहाँ गरेको परीक्षणले विश्वव्यापी मान्यता पाउनुपर्छ । यहाँबाट स्वास्थ्य परीक्षण गरेर गइसकेको श्रमिक मलेसियामा पुगेपछि कसरी स्वास्थ्य परीक्षण ठीक छैन भनेर पठाइन्छ ? लाखौं पैसा खर्च गरेर गएका श्रमिक रित्तो हात फर्किन्छन् । हजारौं रुपैयाँ लिएर स्वास्थ्य परीक्षण गर्ने तर विदेश पुग्दा ती श्रमिकहरुलाई किन अस्वस्थ्य भनेर पठाइन्छ ? एकातर्फ ‘फ्रि टिकट, फ्रि भिसा’ भनिएको छ । कसले क्षतिपूर्ति दिन्छ ?,’ उनले प्रश्न गरिन् । यो घटनाले सबैभन्दा बढी गरिब श्रमिक मारमा परेको सांसद कोइरालाको भनाइ छ ।अर्का सांसद राजु थापाले राज्यको जुनसुकै क्षेत्रमा देखिएको सिन्डिकेट अन्त्य हुनुपर्ने धारणा राखे ।


प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
तरबुजा मेला सम्पन्न
तरबुजा मेला सम्पन्न शुक्रबार, जेठ २, २०८२
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड शुक्रबार, जेठ २, २०८२
समितिबाट संघीय निजामतीसम्बन्धी विधेयक पारित
समितिबाट संघीय निजामतीसम्बन्धी विधेयक पारित शुक्रबार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित शुक्रबार, जेठ २, २०८२
जलवायु परिवर्तन संकटमा नेपालको भूमिका नरहेकाे : प्रधानमन्त्री
जलवायु परिवर्तन संकटमा नेपालको भूमिका नरहेकाे : प्रधानमन्त्री शुक्रबार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक सुरु
प्रतिनिधिसभा बैठक सुरु शुक्रबार, जेठ २, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP