Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • पश्मिना उद्योग नेपालको पहिचान होः उद्योगमन्त्री भण्डारी
पश्मिना उद्योग नेपालको पहिचान होः उद्योगमन्त्री भण्डारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १०, २०८१
Energy Drink Energy Drink

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताएका छन् । नेपाल पश्मिना उद्योग संघको अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उनलेचीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना नेपालको पहिचान भएको बताएका हुन् ।

“नेपाली पश्मिनाको यति राम्रो बजार छ, सीप पनि छ, विश्व बजारमा चिनाइएको पनि छ, विश्व बजारभन्दा पहिला नेपालमा चिनाउन नसक्नु चिन्ताको विषय हो, युरोप, अमेरिका, जापानलगायत देशमा बजार बनाएको पश्मिनाको थप बजार सुदृढ गर्न कच्चा पदार्थ उपलब्ध गराउने चुनौती र नीतिगत सुधार गर्नुपर्ने खाँचो छ, यसमा सरकार सुधारका काममा जुटेको छ”, मन्त्री भण्डारीले भने ।

नेपालको धर्मराएको उद्योग क्षेत्रलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उनलेसरकारले उद्योग तथा वाणिज्य र निर्यातका क्षेत्रमा बाधक देखिएका कानुनमा सुधारका काम धमाधम अगाडि बढाइसकेको बताए । छिट्टै वाणिज्य नीतिको समयसापेक्ष सुधारका लागि आगामी संसद्मा पेश गरिने जानकारी दिँदै उनलेसाना तथा लघुउद्यमीलाई प्रोत्साहित गर्न नीतिगत व्यवस्थाका साथै एउटा छुट्टै कोषको व्यवस्था सरकारले गरिरहेको बताए ।

Ncell
Hardik health

मन्त्री भण्डारीले भने, “नेपालको व्यापार र निर्यात कसरी वृद्धि गर्न सकिन्छ भन्नेमा सरकार गम्भिर छ, आर्थिक वृद्धि हासिल गर्न नेपाली वस्तुको बजार विस्तारको रणनीति अपनाउनु जरुरी छ, नेपाली वस्तुको प्रयोग गर्ने कुरालाई राष्ट्रिय अभियानका रुपमा अगाडि बढाउनु पनि जरुरी छ ।” उनले नेपालको पूँजी बजार र अर्थतन्त्रमा आएको निराशा चिर्न तथा व्यावसायिक सुधारका लागि सरकारले अध्यादेश ल्याएको समेत स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपाली उत्पादनको गुणस्तरमा कुनै कमी नरहेको उल्लेख गर्दै नेपाली वस्तुको स्वदेश तथा विदेशमा बजारीकरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको खाँचो रहेको औँल्याए । नेपाली उत्पादनको प्रवद्र्धनमा महासंघले पनि आवश्यक सहयोग तथा सहकार्य अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।

सो उद्घाटन समारोहमा नेपालका लागि युरोपियन यूनियनका राजदूत भेरोनिक लोरेन्जो, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष शङ्करप्रसाद पाण्डे, पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेलगायतले पश्मिना निर्यातमा देखिएका समस्या समाधान तथा व्यापार विस्तारका विषयमा जोड दिए । 


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशी विनिमयदरः कति छ त साउदी रियालको आजको मूल्य ? 
विदेशी विनिमयदरः कति छ त साउदी रियालको आजको मूल्य ?  मंगलबार, असोज ६, २०८३
दरबारमार्गमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने
दरबारमार्गमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने सोमबार, असोज ५, २०८३
उद्योगमन्त्री साहले भने- ग्यास आपूर्ति सहज बनाउने प्रयास जारी छ
उद्योगमन्त्री साहले भने- ग्यास आपूर्ति सहज बनाउने प्रयास जारी छ सोमबार, असोज ५, २०८३
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार सोमबार, असोज ५, २०८३
काठमाडौंका यी क्षेत्रमा आजदेखि १४ गतेसम्म विद्युत् अवरुद्ध हुने (सूचनासहित)
काठमाडौंका यी क्षेत्रमा आजदेखि १४ गतेसम्म विद्युत् अवरुद्ध हुने (सूचनासहित) सोमबार, असोज ५, २०८३
उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ वटा रुटमा चल्न थाले साझाका ३० वटा बस
उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ वटा रुटमा चल्न थाले साझाका ३० वटा बस आइतबार, असोज ४, २०८३
नेपाली आइटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आइटी, स्वीट्जरल्याण्डमा टेक रोडशो
नेपाली आइटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आइटी, स्वीट्जरल्याण्डमा टेक रोडशो आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP