Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
समाचार
  • Home
  • समाचार
  • खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै
खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ८, २०८१

भोजपुर-   जिल्लामा खोरेत रोग उन्मूलनका लागि खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लालाई खोरेत रोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालनको तयारी थालिएको हो ।

अभियानमार्फत खोरेत रोग नियन्त्रणका लागि यो वर्ष ८३ हजार बढी पशुलाई खोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताए । अभियानलाई जिल्लाभर सफल रूपमा सञ्चालनका लागि पहिलो चरणमा जिल्ला प्राविधिक समिति गठन भइसकेको उनले बताए।

यो कार्यक्रमलाई नौवटै स्थानीय तहमा सञ्चालनका लागि अब जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय समिति, पालिका प्रमुखको संयोजकत्वमा पालिकास्तरीय स्थानीय आयोजना समिति र वडाध्यक्षको संयोजकत्वमा निगरानी समिति गठन गरेर तल्लोस्तरसम्म सञ्चालन गरिने उनले बताए ।
 
खोरेत रोगसम्बन्धी ८३ हजार पाँच सय ६३ डोज भ्याक्सिन प्राप्त भएको प्रमुख यादवको भनाइ छ । “भोजपुरमा खोरेत रोगसम्बन्धी अभियान सञ्चालन गर्ने तयारीमा छौँ”, प्रमुख यादवले भने, “अहिले हामीले विभिन्न तहको समिति गठन गरेर काम अघि बढाएका छौँ । खोरेत रोग नियन्त्रणका लागि ८३ हजार बढी पशुलाई खोप लगाउने योजना छ ।”

पशुहरूमा खोरेत रोग नरहेको प्रमाणित नगरिँदा मासु तथा पशुजन्य पदार्थको बाहिरी देशमा निकासीका लागि समस्या रहेको उनको भनाइ छ ।  सरकारको सन् २०३० सम्म खारेत रोग उन्मूलन गर्ने लक्ष्यलाई पूरा गर्न अभियान सञ्चालन गरिएको प्रमुख यादवले बताए । स्थानीयका पशु चौपायाको तथ्याङ्क सङ्कलनपश्चात भ्याक्सिनेटरमार्फत आगामी चैतभित्र खोप लगाइसक्ने लक्ष्य रहेको उहाँले जानकारी दिए ।

“खोरेत रोग उन्मूलनका लागि यो कार्यक्रम सञ्चालन भइरहेको छ”, उनले भने, “हामीले हाम्रा पशु चौपायामा खोरेत रोग छैन भन्ने प्रमाणित गर्न नसक्दा मासुलगायत पशुजन्य वस्तु बाह्य देशमा निकासीमा समस्या छ । खोरेत रोग उन्मूलन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भइरहेको छ ।”

खोरेतसँगै जिल्लामा पिपीआर भ्याक्सिन एक लाख ३१ हजार एक सय ९२, लम्पी स्किनका नौ हजार, बंगुरको हैजा रोग नियन्त्रणका लागि क्यासिकल स्वयमफिभर ३७ हजार दुई सय १३ र पशुमा देखिने भ्याउते, चरचरे रोगका लागि एक हजार डोज भ्याक्सिन लगाइने कार्यालयका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
तरबुजा मेला सम्पन्न
तरबुजा मेला सम्पन्न शुक्रबार, जेठ २, २०८२
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड शुक्रबार, जेठ २, २०८२
समितिबाट संघीय निजामतीसम्बन्धी विधेयक पारित
समितिबाट संघीय निजामतीसम्बन्धी विधेयक पारित शुक्रबार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित शुक्रबार, जेठ २, २०८२
जलवायु परिवर्तन संकटमा नेपालको भूमिका नरहेकाे : प्रधानमन्त्री
जलवायु परिवर्तन संकटमा नेपालको भूमिका नरहेकाे : प्रधानमन्त्री शुक्रबार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक सुरु
प्रतिनिधिसभा बैठक सुरु शुक्रबार, जेठ २, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP