काठमाडौं - सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको भन्दै कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानविनथालिएको छ । दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
घटना चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा भएको बुझिएको छ । सो घटनाबारे छानविनथालिएको चितवनका एसपी गौतम मिश्रले बताएका छन् । छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ ।