Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने बाटो खुला
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने बाटो खुला
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, माघ ७, २०८१

 

  • राष्ट्रिय परिचयपत्र सार्वजनिक सेवा प्राप्तिमा अनिवार्य गर्न सरकारलाई मार्गप्रशस्त
  • अधिवक्ता रामबहादुर रावलको रिट खारेज
  • सामाजिक सुरक्षाभत्ता लिन, बैंक खाता खोल्नेलगायत सेवामा अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– सरकारी सेवाका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाउन सरकारलाई बाटो खुला भएको छ । सर्वोच्च अदालतले आइतबार राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक लगाउन माग गर्दै दायर गरेको रिट निवेदन खारेज गर्यो

 
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट खारेज गर्ने फैसला गरेसँगै सरकारलाई राष्ट्रिय परिचयपत्र अन्य सरकारी सेवाका लागि पनि अनिवार्य गर्ने बाटो खुलेको हो ।

रिट निवेदक अधिवक्ता रामबहादुर रावल हुन् । उनले रिटमार्फत सरकारले सामाजिक सुरक्षाभत्ता, मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय खारेजीको माग गरेका थिए । सामाजिक सुरक्षाभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा कयौं नागरिक भत्ताबाट वञ्चित भएकाले त्यसलाई चरणबद्धरूपमा कार्यान्वयन गर्न माग गरिएको थियो ।

Hardik health

सरकारले गत २४ जेठको मन्त्रिपरिषद् बैठकमार्फत १ साउनदेखि पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षाभत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।ती जिल्लाहरू झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँ हुन् । यही १ माघदेखि थप ३८ जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गर्ने भनिएको थियो ।

तर, रिट परेपछि लागू भएन । रिट निवेदनमा गम्भीर कानुनी प्रश्न समावेश भएको देखिएको भन्दै सर्वोच्चले रिट निवेदनलाई तीन सदस्यीय पूर्णइजलासमा पेस गर्न आदेश दिएको थियो । अन्ततः पूर्णइजलासमा सुनुवाइ भएपछि आइतबार रिट खारेजको आदेश आएको हो । तर, सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले फैसलाको लिखित आदेश आउन बाँकी रहेको जानकारी प्रभावलाई दिए । यसअघि संसद्को बर्खे अधिवशेनमा सांसदहरूले सामाजिक सुरक्षाभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान तत्कालका लागि रोक्न माग गरेका थिए । 

एमाले सांसद ऋषिकेश पोखरेलले गत ३१ जेठमा सामाजिक सुरक्षाभत्ताका लागि राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक चाहिनेभन्दा धेरैलाई समस्या भएको बताएका थिए । उनका अनुसार बिरामीसँगै वृद्धवृद्धा आफैं जानुपर्ने अवस्थाले समस्या भएको थियो । तत्कालीन एमाले सांसद हालकी शिक्षामन्त्री विद्या भट्टराईले पनि तत्काल राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न माग गरेकी थिइन् ।

पञ्जीकरण विभागले भने विगत चार वर्षदेखि ७३ वटा जिल्लाका स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गर्दै आएको छ । अहिले सबै जिल्ला प्रशासन कार्यालय, ५४ वटा इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तहमार्फत राष्ट्रिय परिचयत्रको विवरण संकलन भइरहेको छ । संकलन अभियान पाँचथरबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापाले सुरु गरेका थिए ।

राष्ट्रिय परिचयपत्रमा नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको हुन्छ । विद्युतीय चिप्स र सुरक्षणसहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्रको रूपमा लिने गरिन्छ । परिचयपत्र लागू भएपछि सरकारबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेस गर्नुपर्ने प्रावधान छ । साथै त्यसलाई नै सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार बनाइएको छ । व्यक्तिको पहिचानको प्रमाणको रूपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक रहेको पञ्जीकरण विभागले जनाएको छ ।

१६ वर्ष पूरा भई नागरिकता प्राप्त गरेका व्यक्तिले राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने हक छ । सरकारले प्रदान गर्ने राहदानी लिन, सामाजिक सुरक्षाभत्ता लिन, राहत तथा अनुदान लिन, मतदान गर्न, सम्पत्ति खरिद विक्री गर्न र व्यक्तिगत घटना दर्ता गर्न पनि परिचयपत्र चाहिने जनाएको छ । बैंकमा खाता खोल्न तथा कारोबार गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा मोबाइलको सिमकार्ड लिन परिचयपत्र पेस गर्नुपर्ने भनिएको छ ।
 


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग
राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ : आयोग आइतबार, पुस २७, २०८२
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु
ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु आइतबार, पुस २७, २०८२
पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा पूर्वराजा शाहद्वारा शुभकामना
पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्तीका अवसरमा पूर्वराजा शाहद्वारा शुभकामना आइतबार, पुस २७, २०८२
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुँदै
नेपालगन्जमा स्लो वाईक प्रतियोगिता हुँदै आइतबार, पुस २७, २०८२
मेचीनगरमा प्रथम भाक्का उत्सव
मेचीनगरमा प्रथम भाक्का उत्सव आइतबार, पुस २७, २०८२
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा
स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एक व्यक्ति नियन्त्रणमा आइतबार, पुस २७, २०८२
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा
फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP