Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने बाटो खुला
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने बाटो खुला
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, माघ ७, २०८१

 

  • राष्ट्रिय परिचयपत्र सार्वजनिक सेवा प्राप्तिमा अनिवार्य गर्न सरकारलाई मार्गप्रशस्त
  • अधिवक्ता रामबहादुर रावलको रिट खारेज
  • सामाजिक सुरक्षाभत्ता लिन, बैंक खाता खोल्नेलगायत सेवामा अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– सरकारी सेवाका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य बनाउन सरकारलाई बाटो खुला भएको छ । सर्वोच्च अदालतले आइतबार राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई रोक लगाउन माग गर्दै दायर गरेको रिट निवेदन खारेज गर्यो

 
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको इजलासले रिट खारेज गर्ने फैसला गरेसँगै सरकारलाई राष्ट्रिय परिचयपत्र अन्य सरकारी सेवाका लागि पनि अनिवार्य गर्ने बाटो खुलेको हो ।

रिट निवेदक अधिवक्ता रामबहादुर रावल हुन् । उनले रिटमार्फत सरकारले सामाजिक सुरक्षाभत्ता, मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय खारेजीको माग गरेका थिए । सामाजिक सुरक्षाभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा कयौं नागरिक भत्ताबाट वञ्चित भएकाले त्यसलाई चरणबद्धरूपमा कार्यान्वयन गर्न माग गरिएको थियो ।

Hardik health

सरकारले गत २४ जेठको मन्त्रिपरिषद् बैठकमार्फत १ साउनदेखि पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षाभत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।ती जिल्लाहरू झापा, रौतहट, रुपन्देही, मोरङ, सर्लाही, कपिलवस्तु, सुनसरी, काठमाडौं, दाङ, उदयपुर, भक्तपुर, बाँके, सप्तरी, ललितपुर, बर्दिया, सिरहा, सिन्धुली, सुर्खेत, धनुषा, मकवानपुर, कैलाली, महोत्तरी, चितवन, कञ्चनपुर, बारा, कास्की, पर्सा र तनहुँ हुन् । यही १ माघदेखि थप ३८ जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गर्ने भनिएको थियो ।

तर, रिट परेपछि लागू भएन । रिट निवेदनमा गम्भीर कानुनी प्रश्न समावेश भएको देखिएको भन्दै सर्वोच्चले रिट निवेदनलाई तीन सदस्यीय पूर्णइजलासमा पेस गर्न आदेश दिएको थियो । अन्ततः पूर्णइजलासमा सुनुवाइ भएपछि आइतबार रिट खारेजको आदेश आएको हो । तर, सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले फैसलाको लिखित आदेश आउन बाँकी रहेको जानकारी प्रभावलाई दिए । यसअघि संसद्को बर्खे अधिवशेनमा सांसदहरूले सामाजिक सुरक्षाभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान तत्कालका लागि रोक्न माग गरेका थिए । 

एमाले सांसद ऋषिकेश पोखरेलले गत ३१ जेठमा सामाजिक सुरक्षाभत्ताका लागि राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक चाहिनेभन्दा धेरैलाई समस्या भएको बताएका थिए । उनका अनुसार बिरामीसँगै वृद्धवृद्धा आफैं जानुपर्ने अवस्थाले समस्या भएको थियो । तत्कालीन एमाले सांसद हालकी शिक्षामन्त्री विद्या भट्टराईले पनि तत्काल राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न माग गरेकी थिइन् ।

पञ्जीकरण विभागले भने विगत चार वर्षदेखि ७३ वटा जिल्लाका स्थानीय तहहरूमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सञ्चालन गर्दै आएको छ । अहिले सबै जिल्ला प्रशासन कार्यालय, ५४ वटा इलाका प्रशासन कार्यालय तथा विभिन्न जिल्लाका स्थानीय तहमार्फत राष्ट्रिय परिचयत्रको विवरण संकलन भइरहेको छ । संकलन अभियान पाँचथरबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापाले सुरु गरेका थिए ।

राष्ट्रिय परिचयपत्रमा नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको हुन्छ । विद्युतीय चिप्स र सुरक्षणसहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्रको रूपमा लिने गरिन्छ । परिचयपत्र लागू भएपछि सरकारबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा परिचयपत्र पेस गर्नुपर्ने प्रावधान छ । साथै त्यसलाई नै सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार बनाइएको छ । व्यक्तिको पहिचानको प्रमाणको रूपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्र कार्ड आवश्यक रहेको पञ्जीकरण विभागले जनाएको छ ।

१६ वर्ष पूरा भई नागरिकता प्राप्त गरेका व्यक्तिले राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने हक छ । सरकारले प्रदान गर्ने राहदानी लिन, सामाजिक सुरक्षाभत्ता लिन, राहत तथा अनुदान लिन, मतदान गर्न, सम्पत्ति खरिद विक्री गर्न र व्यक्तिगत घटना दर्ता गर्न पनि परिचयपत्र चाहिने जनाएको छ । बैंकमा खाता खोल्न तथा कारोबार गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा मोबाइलको सिमकार्ड लिन परिचयपत्र पेस गर्नुपर्ने भनिएको छ ।
 


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम शुक्रबार, साउन २९, २०८३
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल शुक्रबार, साउन २९, २०८३
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन
जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन शुक्रबार, साउन २९, २०८३
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP