Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
समाचार
  • Home
  • समाचार
  • थारू समुदायले वरघर (भलमन्सा) छान्दै
थारू समुदायले वरघर (भलमन्सा) छान्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ४, २०८१

कञ्चनपुर-  यहाँका थारू गाउँमा वरघर (भलमन्सा) छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् ।

वरघर प्रथा थारू समुदायमा पुस्तौदेखि चल्दै आएको छ । वरघरले गाउँको बाटो निर्माणको अगुवाइ गर्ने, न्यायनिसाफ छिन्ने, सांस्कृतिक कार्य, विवाह, जग्गाको साँधसिमाना विवाद मिलाउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्ने गर्छन् । वरघरसँगै थारू समुदायले धार्मिककार्यको तान्त्रिक विधिबाट कार्य गर्ने गुरूवा, गुरूवाको सहायक केसौका, चिरक्या र गाउँमा खबर गर्ने चौकीदारको चयन गरिरहेका छन् ।

प्रत्येक वर्ष थारू समुदायका प्रत्येक गाउँमा वरघर चयनको कार्य हुने गरेको छ । “राम्रो कार्य गर्ने वरघरले अर्को वर्ष पनि गाउँको नेतृत्व गर्ने मौका पाउँछन्”, कृष्णपुर नगरपालिका–२ का सोभ खुनाले भने, “गाउँलेले पुरानोको कामलाई मन नपराए अर्को वरघर (भलमन्सा) चयन गर्छन् ।” गाउँका बासिन्दाको सल्लाहमा वरघर चयन हुने गरेको उनले बताए । उनका अनुसार वरघरिया भनेको थारू समुदायको नेतृत्वकर्ता हो ।

Hardik health

थारू समाजमा वडघरियालाई उच्च सम्मानका साथ हेरिन्छ । समुदायले चुनेको वरघरियाले सिङ्गो थारू गाउँको नेतृत्व गरेको हुन्छ । वरघरियाले गाउँको प्रशासनिक, न्यायिक, विकास निर्माण, योजना तर्जुमा र परम्परागत कला, संस्कृतिको जर्गेनाको कार्य सम्पादन गर्दै आएका छन् । जनप्रतिनिधिले वरघरियाको सल्लाहमै गाउँको विकासका लागि योजना निर्माण गर्ने तथा कार्यान्वयन गर्दै आएका छन् ।

“जनसहभागिता जुटाउन र गाउँले भेला गर्न वरघरियालाई गुहार्नुपर्ने पुरानै चलन हो”, शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “वरघरिया भएका गाउँमा विकास निर्माण गर्न निकै सहज हुन्छ ।” बजेटको मुख नताकेर जनश्रमदान जुटाएर विकास निर्माणका कार्य विगतमा हँुदै आएकामा हाल त्यस कार्यमा भने कमी आएको उनले बताए । विकास निर्माण ज्याला मजदुरीमै गराउन थालिएपछि श्रमदान गर्ने कार्यमा कमी आएको उनको भनाइ छ ।

दुई दिनअघि मात्र वरघरमा चयन भएका कृष्णपुर नगरपालिका–२ वाणीका धनबहादुर चौधरी गाउँको रीतितिथि बसाल्ने कार्यका लागि जिम्मेवारी दिएकाले निष्पक्ष तरिकाले कार्य गर्ने बताए । विकास निर्माणदेखि देवीदेवताको पूजा गर्ने, चाडपर्वमा नृत्य टोलीको व्यवस्था गर्ने, अंशवण्डा गर्ने, गाउँमा हुने विवाहको चाँजोपाँजो खटनपटनको कार्य गर्न योजना बनाएर लागू गर्ने उनले बताए । थारू समुदायमा वरघरले गरेको निर्णय मान्नुपर्ने परम्परा छ ।

वरघरिया, गुरूवा, केसौका, चिरक्या र चौकिदारलाई गाउँको कार्य गरेबापत निश्चित रूपमा धान, गहुँलगायत अन्न गाउँका प्रत्येकका घरबाट उठाएर तिरो दिन्छन् । अहिले नगद रकम उठाएर दिने चलन पनि छ । यो प्रथा थारू समुदायको बसोबास रहेको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा प्रचलनमा छ । केही स्थानीय तहले नगरसभाबाट कानुन पारित गरेर यस प्रथालाई व्यवस्थित बनाउने कार्य गरेका छन् । गाउँको सामूहिक कार्यको योजना वरघरले बनाउँछन्भने वर्षभरि गरिने घरको योजना घरको मुखियाले बनाउने गर्छन् ।

माघीको पहिलो हप्ताभित्र घरका सबैजना बसेर घरव्यवहारबारे छलफल गर्ने गरिन्छ । जसमा खेतमा कुन बाली लगाउने, उमेर पुगेका घरका युवायुवतीको विवाह गर्ने कि नगर्ने, घरको काम गर्ने अगुवा कसलाई बनाउने, साहुमहार्जनको व्यवहार कसले गर्नेलगायत योजना पर्छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर
संघियताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर शुक्रबार, असोज ३, २०८२
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान
राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा यादवको आह्वान शुक्रबार, असोज ३, २०८२
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार
युक्रेनको सीमामा हिरासतमा रहेका दुई नेपालीको उद्धार शुक्रबार, असोज ३, २०८२
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै
तटबन्ध नहुँदा कुतियाकवर बस्ती साँघुरिँदै शुक्रबार, असोज ३, २०८२
अग्रिम टिकट बुकिङ खुला
अग्रिम टिकट बुकिङ खुला शुक्रबार, असोज ३, २०८२
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP