Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
समाचार
  • Home
  • समाचार
  •  हराए ‘पोखराको सम्झना’
 हराए ‘पोखराको सम्झना’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ३, २०८१
RBB RBB

पोखरा- पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू केबल मनोरञ्जनका लागि मात्र नभई आफ्नो यात्राको स्मरणका लागि विशेष उपहार खोज्ने गर्छन् । त्यस्तै पोखराको स्मरणीय उत्पादनमध्ये कुनै समय हातेतानबाट तयार गरिएको गलैँचा प्रख्यात थियो । यद्यपि, समयसँगै बढ्दो आयतित सामग्री र बजार व्यवस्थापनको अभावले आफ्नो मौलिकता बोकेको गलैँचाको बजार भने साँघुरिदै गएको छ । 

पोखरा महानगरपालिका–२ मोहरिया टोलका पसलहरुमा कुनै समय हातेतानबाट तयार गरिएका गलैँचाहरु प्रशस्त देखिन्थे तर अहिले एकाध पसल मात्र भेटिन्छन् । मोहोरिया टोलमा उमेरले झण्डै ८० पुग्न लागेको बताउनुहुने जग्गेलक्ष्मी जोशी पाँच दशकदेखि गलैँचा व्यवसायबाट गर्दै आएको बताए । “झण्डै ५० वर्ष भयो मेरो नन्दले यो व्यवसाय गर्नुहुन्थ्यो, अहिले हामीले पनि निरन्तरता दिएका छौँ ।” 

उहाँले भन्नुभयो, “दिनदिन व्यापार नभए पनि भएको दिन राम्रै हुन्छ, छोराले गलैँचा ल्याइदिन्छ, म बसेर बेच्छु, सन्तुष्ट छौँ ।” उनका छोरा मधुसुदन जोशी भने अन्यत्र कम्प्युटर क्षेत्रमा जागिर गरे ।  जग्गेलक्ष्मीले परम्परागत महत्व बुझ्ने मौलिक सामग्री उपहार चाहानेहरुले अझै पनि पोखराको सम्झना लेखिएका स्थानीय गलैँचालाई विशेष उपहारको रुपमा लाने गरेको बताए । “कहिलेकाहीँ १५/२० दिनमा बल्ल एउटा व्यापार हुन्छ भने कहिले राम्रै व्यापार हुन्छ” जोशीले भने । विशेषगरी अमेरिका जापान, जर्मन, थाइल्याण्ड, अष्ट्रेलिया, बु्रनाइ, हङकङतिर र गुरुङ, मगर समुदायले अझ बढी उपहारको रुपमा लाने गरेको उहाँको भनाइ छ ।  

पुरानो डिजाइन घरका ढोकाहरुमा  झुण्डाइएका गलैँचामा विदेशी पर्यटकको पनि नजर पर्ने गर्छ र उनीहरुले पनि खरिद गर्छन । पसलमा चार सयदेखि चार हजारसम्मका साना ठुला साइजका गलैँचा छन् । 
‘पोखराको सम्झना’ लेखिएका गलैँचा प्रायः घरका भूँइमा देखिन्थे तर अहिले विस्तारै विस्थापित हुँदै गएको बताउनुहुन्छ पोखरा उद्योग वाणिज्य सङ्घको पूर्वअध्यक्ष आनन्दराज मुल्मी । “यो उत्पादन मात्र थिएन, यसभित्र परम्परा र संस्कृति पनि थियो, महिलाको आर्थिक सशक्तीकरणको आधार थियो, सांस्कृतिक संरक्षण, र रोजगारीको माध्यम पनि थियो ।” मुल्मीले पछिल्लो समय यसको बजार साँघुरिदै गएको र यदाकदा मात्र देखिने गरेको बताए । उनले समयक्रमसँगै आधुनिक गलैँचाले गर्दा परम्परागत मौलिक गलैँचा भेटिन गाह्रो हुनथालेको बताए  । 

मुल्मीका अनुसार नेपाली गलैँचाको इतिहास हिमाली भेगका नागरिक र  तिब्बती शरणार्थीको आगमनसँग जोडिएको छ । हिमाली भेगमा पाइने भेडाको ऊनबाट उत्पादन हुने धागो गलैँचा बनाउने मुख्य सामग्री हो । यो परम्परा तिब्बतसँग जोडिएको छ, जहाँ शरणार्थी महिलाहरूले आफ्नो परम्परागत सीपलाई पोखरामा भित्रयाए । शरणार्थी बस्तीसँग जोडिएको गलैँचा उद्योगले स्थानीय महिलालाई रोजगारीका अवसर सिर्जना गर्यो । तिब्बती डिजाइनलाई नेपालको मौलिक डिजाइन र सांस्कृतिक झल्को दिएर रूपान्तरण गरियो ।

सन् १९५९ मा तिब्बतबाट शरणार्थीका रूपमा नेपाल प्रवेश गरेका तिब्बती महिलाहरूले पहिलोपटक हातेतानमा गलैँचाहरू उत्पादन गर्न थाले । उनीहरूको सीपलाई अझ सशक्त बनाउन स्वीस सरकारले सन् १९६० को दशकमा सहयोग गर्यो । स्वीस सरकारको परियोजनाले उनीहरूलाई गलैँचा तान्ने प्राविधिक तालिम, गुणस्तर सुधारका उपाय र अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने तरिकाहरू सिकायो । गलैँचा उत्पादनबाट तिब्बती शरणार्थी उत्साहित भए नेपाली मौलिकतासँग जोडिएर उत्पादन गर्न थाले ।

स्विस सरकारले यसलाई थप बिस्तार गर्दै काठमाडौँ जावलाखेलको एकान्तकुनामा गलैँचा उद्योग नै स्थापना गरेर र उत्पादनलाई बजारीकरणमा पनि सहयोग गर्यो । उनले नेपाली गलैँचाले अन्तर्राष्ट्रिय बजारमा नेपालको हस्तकलाको पहिचान दिलाउन पनि भूमिका  खेलेको बताए । हाते गलैँचाहरू ऊन, प्राकृतिक रङ र नेपाली मौलिक परम्परागत डिजाइनबाट निर्माण हुने र नेपाली संस्कृति, हिमालको जनजीवनको झल्को पाइने भएकाले पनि पर्यटकलाई आकर्षित गर्नुका साथै, नेपालको सम्झना बोक्ने कोसेली बन्ने सम्भावना रहेको उनको भनाइ छ ।  

“हिमाली भेगका बासिन्दा राडी, पाखी बुनेर प्रयोग गर्थे, व्यापारिक उद्देश्यले तिब्बत नून लिन जाने क्रममा नेपालीले त्यहाँबाट गलैँचा बुन्ने सीप भित्र्याएसँगै यसको मौलिकपन पाएको बताउनुहुन्छ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घकी केन्द्रीय उपाध्यक्ष एवम हिमालय डेकोर रग्सका सञ्चालक शोभा गुरुङ । उहाँले नेपाली हाते गलैँचा ऐतिहासिक महत्व र यी गलैँचाहरू मौलिक ढाँचाका, प्राकृतिक रङबाट सुसज्जित र टिकाउ हुने गरेको बताए ।  

गुरुङका अनुसार, सन् १९६० पछि स्वीस सरकारले नेपाली गलैँचा उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहयोग गर्यो र जर्मनी, बेल्जियममा निर्यात हुन थाल्यो । गलैँचा उत्पादनमा बलियो नटिङ प्रणाली थियो । यसले अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट स्थान बनायो ।  शुरुआतमा हिमाली भेगका थकाली महिला र तिब्बती शरणार्थीहरूले मात्रै गलैँचा बनाउँथे, पछि अन्य समुदायले पनि यो पेसा अँगाले । सन् १९९० को दशकमा गलैँचा उद्योगमा अस्वस्थ प्रतिस्पर्धा बढ्यो । कमसल कच्चा पदार्थको प्रयोग हुन थालेपछि गलैँचाको बजार खस्कँदै गयो । त्यति नै बेला गलैँचा उद्योगमा बाल मजदूरको प्रयोग भएको कुरा युरोपियन युनियनले उठायो । यसले गलैँचाको फस्टाउँदा बजार स्वात्तै झर्यो । युरोपेली मुलुकले बाल मजदूरको प्रयोग गरेको भन्दै  नेपाली गलैँचामा प्रतिबन्ध लगाएपछि यो उद्योग नराम्ररी संकटमा पर्यो । 

‘वालश्रममुक्त’ उद्योग भनेर लेबल लगाएर मात्र उद्योग सञ्चालनमा आउन थाले । तर नेपालमा अहिले पहिलाको जस्तो विशुद्ध हातबाट बनाइएका प्रशोधित गरिएका गलैँचा उत्पादन हुन छाडेको गुरुङ बताए “पहिल्यै प्राकृतिक, अर्गानिकरूपमा बनेका गलैँचाहरूको स्थान अब केमिकलयुक्त रङ् र मेशिनको उत्पादनले लिएको छ ।” नेपालमा परम्परागत मौलिक गलैँचा उद्योग पुनःसञ्चालन गर्नका लागि सरकारले भेडापालन प्रोत्साहन गर्दै र दक्ष जनशक्तिका लागि तालिममा जोड दिनुपर्ने बताए  । “अहिले पनि नेपालको गलैँचा उद्योग विदेशी मुद्रा भित्र्याउने प्रमुख क्षेत्र हो, तर यस क्षेत्रप्रति राज्यको चासो बढ्न सकेको छैन”  अहिले भारतले नेपाली गलैँचाको नक्कल गरेर नेपाली गलैँचा बजार कब्जा गर्दै गएको उनको भनाइ छ । 

महिला सीप विकास संस्था पोखराका कार्यकारी निर्देशक रामकली खड्का स्थानीय उत्पादन, विशेषगरी गलैँचा उद्योगले महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको उत्पादन र बजार बढाउनुपर्ने बताउनुहुन्छ । “यो उत्पादनको माग राम्रो भए पनि उत्पादनको स्तर र बजारीकरणको दायरा सिमित छ, स्थानीय सरकारले यस उद्योगलाई प्रवद्र्धन गर्न तालिमको व्यवस्था गरी उत्पादन क्षमता बढाउन सकेमा, हामी बजारीकरणमा पहल गर्न तयार छौंँ”, खड्काले भने । हिमाली भेगका विशेष थकाली महिलाहरुले हातेतानबाट बुन्ने विशेष कलालाई अरु समुदायका महिलामा पनि हस्तान्तरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले  स्थानीय उत्पादन र पर्यटकले लाने उपहारको प्रवद्र्धनलाई प्राथमिकता दिँदै विभिन्न नीति तथा योजना अघि सारेको बताए  ।  अधिकारीले भने “पोखरा महानगरको नीतिअनुसार पोखराका हस्तकला, ढाका कपडा, गलैँचा, परम्परागत हस्तशिल्प सामग्री, कृषि उपजलाई ब्राण्डिङ गरिने र  यसका लागि ‘कोसेली घर’ स्थापना गर्ने योजना अघि सारिएको छ ।” उनले स्थानीय उत्पादनलाई एकीकृत रूपमा प्रदर्शन र बिक्री गर्ने उद्देश्यसहित अघि बढेको बताए ।

महानगरपालिकाले पर्यटकहरूलाई स्थानीय संस्कृति र उत्पादन अनुभव गराउँदै पोखराका उत्पादनलाई दिगो बजारीकरण गर्न चाहेको बताउनुभयो । “महानगरले परम्परागत गलैँचा, ढाका टोपी, काठका सामग्री र हातले बुनेका हस्तकला वस्तुहरूलाई पर्यटकका लागि आकर्षक उपहारका रूपमा विकास गरिहरेको छ” अधिकारीले भन्नुभयो । 

पर्यटकले लाने उपहारलाई थप पर्यावरणमैत्री बनाउन हरित उत्पादनलाई पनि प्रोत्साहन गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार कला सांस्कृतिक, जगेर्नादेखि हस्तकला, कृषि उत्पादन, लगायत सीप विकाससम्बन्धी २१ थरीका तालिमबाट १६ सय जनालाई तालिम दिइसकेको छ । 

पोखरा छोरेपाटनस्थित तिब्बतियन शरणार्थी क्याम्पमा रहेको टासिलिङ हस्तकला सेन्टरका म्यानेजर कर्मा सोनामले सीप हस्तातरण नहुँदा र नयाँ पुस्ताले रुचि नदेखाउँदा हातेतानका गलैँचा उत्पादन कमि हुँदै गएको बताउनुभयो । “अहिले पोखराको हेम्जा, पृथ्वीचोक र छोरेपाटन तिब्बतीयन शरणार्थी क्याम्प छन् । तर व्यावसायिक रुपमा क्याम्पभित्र गलैँचा उत्पादन हुन सकेको छैन ।” 

उहाँले क्याम्प घुम्न आउने पर्यटकको लागि देखाउने र सोभनियरको रुपमा लैजाने गलैँचा मात्र उत्पादन हुने गरेको बताउनुभयो ।  हाते गलैँचाको लागि धेरै विधि र प्रक्रियाबाट मात्र सम्भव हुने तर अहिले सस्तो र सजिलै उत्पादन हुने गलैँचाले स्थान लिएपछि मौलिक परम्परा बोेकेको गलैँचा विस्तारै हराउन थालेको उहाँको भनाइ छ । सम्बन्धित निकाय र स्थानीय समुदायले सहकार्य गरेर गलैँचाको मौलिकतालाई जोगाउनेतर्फ कदम चाल्नसके यसको बजार बढाउँदै रोजगार सिर्जना गर्न सकिने विश्वास सोनामको छ  । 
–––


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
तरबुजा मेला सम्पन्न
तरबुजा मेला सम्पन्न शुक्रबार, जेठ २, २०८२
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड शुक्रबार, जेठ २, २०८२
समितिबाट संघीय निजामतीसम्बन्धी विधेयक पारित
समितिबाट संघीय निजामतीसम्बन्धी विधेयक पारित शुक्रबार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित शुक्रबार, जेठ २, २०८२
जलवायु परिवर्तन संकटमा नेपालको भूमिका नरहेकाे : प्रधानमन्त्री
जलवायु परिवर्तन संकटमा नेपालको भूमिका नरहेकाे : प्रधानमन्त्री शुक्रबार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक सुरु
प्रतिनिधिसभा बैठक सुरु शुक्रबार, जेठ २, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP