Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • बैंकिङ कसूरका मुद्दा सबैभन्दा बढी 
अपराधका घटना बढ्दो बैंकिङ कसूरका मुद्दा सबैभन्दा बढी 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ४, २०८१

काठमाडौं– चालु आर्थिक वर्षमा अपराधका घटना बढेको पाइएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो चार महिनाको तथ्यांकमा गत आर्थिक वर्षको तुलनामा अपराधका घटना पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको देखिएको हो । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म विभिन्न अपराधसँग सम्बन्धित १९ हजार ४९८ मुद्दा दर्ता भएका छन् । यो गत आवको सोही अवधिको तुलनामा ५.११ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १८ हजार ९९८ मुद्दा दर्ता भएका थिए । गत आवभरिमा भने ५९ हजार २०३ वटा मुद्दा दर्ता भएका थिए ।

चालु आवको चार महिनाको तथ्यांकले अपराधका घटना बढेको देखाएको छ । प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीका रूपमा रहेका छन् । विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको छ ।
bishwo-adhikari-1734588774.jpg
विश्व अधिकारी
प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक, नेपाल प्रहरी

 

प्रहरी तथ्यांकअनुसार पछिल्लो चार महिनामा दैनिक १६२ वटा मुद्दा दर्ता भएका छन् । ती घटनाहरूमा दैनिक ११७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रवक्ता अधिकारीले बताए ।चालु आवको चार महिनामा दर्ता भएका मुद्दामा सबैभन्दा बढी बैंकिङ कसूरसम्बन्धी छ । बैंकिङ कसूरमा चार हजार ३५९ वटा मुद्दा दर्ता भएको तथ्यांक छ । यस्तै सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकतासम्बन्धी तीन हजार १४४, आत्महत्या दुई हजार २३६, लागुऔषध एक हजार ६१९, चोरी एक हजार २४२, जबरजस्ती करणी ८२३, ठगी तथा आपराधिक लाभ ६१८, सवारी ज्यान ५७० र ज्यान मार्ने उद्योगमा ३८२ मुद्दा दर्ता भएको तथ्यांकमा देखिन्छ ।

Hardik health

प्रहरी प्रवक्ता अधिकारीका अनुसार कर्तव्य ज्यानमा गत वर्षको चार महिनामा १९३ घटना रहेकामा र अहिले सोही अवधिमा १९२ घटना भएको छ । संगठित अपराधमा मुद्दा बढेको पाइएको छ । संगठित अपराधमा गत वर्ष पाँच रहेकामा अहिले सोही चार महिनाको अवधिमा ३९ वटा मुद्दा दर्ता भएको छ ।जबर्जस्ती करणीमा गत वर्षको चार महिनामा ८०९ वटा रहेकामा यस वर्ष ८२३ वटा मुद्दा दर्ता गरिएको वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए । उनले कर्तव्य ज्यानतर्फ सबैभन्दा बढी कोसी प्रदेशमा २३.९५ र कर्णालीमा जम्मा छ वटा मुद्दा ३.२५ प्रतिशत दर्ता भएको जानकारी दिए ।

जबर्जस्ती करणीमा सबैभन्दा बढी कोसीमा र सबैभन्दा कम गण्डकीमा घटना घटेको जानकारी दिँदै वरिष्ठ उपरीक्षक अधिकारीले करणी उद्योगमा पनि कोसीमा बढी भएको बताए । उनले बैंकिङ कसुरका घटना बढेको र उपत्यकामा मात्रै ५७.७७ प्रतिशत घटना दर्ता भएको जानकारी दिए ।प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले अपराधमा वृद्धि भएको तथ्यांकले देखाएको बताए । प्रविधिको बढ्दो दुरूपयोगबाट सिर्जित अपराधहरू चुनौतीका रूपमा रहेको उल्लेख गर्दै उनले विद्यमान स्रोतसाधनको उच्चतम प्रयोग गरी त्यस्ता अपराध नियन्त्रणमा प्रहरी क्रियाशील रहेको बताए ।

आत्महत्याको डरलाग्दो ग्राफ
मुलुकमा आत्महत्याको ग्राफ डरलाग्दो देखिएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार यहाँ हरेक दिन २० जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । जन्मपछि मृत्यु स्वाभाविक हो । तर, अकालमै आत्महत्या गर्ने समस्यामा तीव्र वृद्धि हुनु गम्भीर विषय भएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए । उनका अनुसार सामाजिक अपराध मानिने आत्महत्या हरेक वर्ष बढ्दो छ । 

‘अहिलेको सबैभन्दा ठूलो चुनौती नै आत्महत्या कसरी न्यूनीकरण गर्ने भन्ने हो, किनभने अपराधमध्येमा यो बढ्यो,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अधिकारीले भने ।प्रादेशिकरूपमा हेर्दा आत्महत्याका घटना सर्वाधिक कोसी प्रदेशमा देखिएको छ । कोसीमा पछिल्लो चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा ४८३ जनाले आत्महत्या गरेका छन् । यो अघिल्लो वर्षको यही अवधिमा भन्दा आठ जना बढीले आत्महत्या गरेका हुन् । 

लुम्बिनीमा पछिल्लो चार महिनामा ४३३ जनाले आत्महत्या गरेका छन् । त्यसपछि मधेसमा ३९२ जना, बागमतीमा २८६ जना, गण्डकीमा २०३ जना, सुदूरपश्चिममा १७४ जना, उपत्यकामा १६१ जना र कर्णालीमा १०४ जनाले सोही अवधिमा आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये ८५ प्रतिशत झुण्डिने गरेको प्रहरी प्रवक्ता अधिकारीले बताए । त्यसपछि १२.६० प्रतिशतले विष सेवन गरेर र बाँकीमध्ये केहीले पानीमा हाम फालेर, औजार प्रयोग गरेर र शरीरमा आगो लगाएर आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ ।

आत्महत्याका धेरै कारणमध्ये जैविक कुरा, मानसिक रोग, शारीरिक, मनोसामाजिक, मनोवैज्ञानिकजस्ता कारण हुने प्रवक्ता अधिकारीले बताए । यीबाहेक सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको देखिएको छ । यसमा किशोरकिशोरी बढी हुने गरेको पनि प्रहरीले जनाएको छ । 

पछिल्लो चार महिनामा देशभर दुई हजार २३६ जनाले आत्महत्या गरेको तथ्यांक छ । त्यसमध्ये एक हजार ९०१ जनाले झुण्डिएर आत्महत्या गरेको उल्लेख ख । विष सेवन गरेर ३०४ जनाले, हामफालेर १६ जनाले, पानीमा हाम फालेर सात जना, औजार प्रयोग गरेर पाँच जना र शरीरमा आगो लगाएर तीन जनाले आत्महत्या गरेको प्रवक्ता अधिकारीले बताए । गत वर्ष सात हजार २२३ जनाले आत्महत्या गरेका थिए । स्थिति यही हुने हो भने आत्महत्याको घटना यस वर्षअघि बढी हुने भन्दै अधिकारीले आत्महत्या न्यूनीकरण गर्न चुनौती थपिएको बताए । 

आत्महत्यापछि बढ्दो अपराधको रूपमा देखिएको बलात्कारजन्य घटना हो । पछिल्लो चार महिनामा बलात्कारका ८२३ वटा घटना घटेका हुन् । यसलाई आधार मान्दा हरेक दिन सातवटा बलात्कारका घटना दर्ता हुने गरेको देखिएको छ । तर, प्रहरी प्रवक्ता अधिकारी भने नागरिकमा बढ्दो चेतना पनि घटना बढी दर्ता हुनुको कारक ठान्छन् । उनले भने, ‘पहिले यस्ता घटना समाजमा लुकाइन्थ्यो । अहिले नागरिकमा चेतनास्तर वृद्धि हुँदा प्रहरीकहाँ पुगेर न्यायको लडाइँ लड्नेहरू बढेर पनि घटना धेरै भएको हुन सक्छ ।’ 

प्रदेशगतरूपमा हेर्दा पछिल्लो चार महिनामा कोसीमा १९५ वटा बलात्कारका घटना भएका छन् । यो देशको अन्य प्रदेशमा भन्दा धेरै हो । कोसीपछि लुम्बिनीमा १४४ वटा, उपत्यकामा १२४ वटा, मधेसमा ८८ वटा, बागमतीमा ८१ वटा, सुदूरपश्चिममा ६६ वटा, गण्डकीमा ६५ वटा र कर्णालीमा ६० वटा बलात्कारका घटना सोही अवधिमा भएका छन् ।नेपाल प्रहरीका अनुसार हत्या घटना पनि कोसीमा बढी देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चार महिनामै कोसीमा ४६ जनाको हत्या भएको छ । कोसीपछि हत्या घटना बढी भएको प्रदेश मधेस देखिएको छ, जहाँ पछिल्लो चार महिनामा ३४ जनाको हत्या भएको प्रहरीको तथ्यांकले देखाएको छ । त्यसपछि क्रमशः बागमतीमा २८ जना, लुम्बिनीमा २७ जना, गण्डकी २१ जना, सुदूरपश्चिममा १७ जना, काठमाडौं उपत्यकामा १३ जना र कर्णालीमा छ जनाको हत्या भएको छ ।

अधिकांश हत्या आवेशप्रेरित भएको अनुसन्धानपछि खुलेको प्रहरी प्रवक्ता अधिकारीले बताए । उनले भने, ‘योजनाबद्ध ढंगले भएका हत्या घटना कम छन् । तर, आवेशप्रेरित हत्या घटना बढी देखिएको छ ।’तत्काल उठेको रिस थाम्न नसकेपछि आवेशमा आएर गरिने हत्यालाई आवेशप्रेरित हत्या घटना भन्ने गरिन्छ । कोसीमा हुने गरेको अधिकांश हत्या घटना ‘आवेशप्रेरित’ नै देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस्ता घटनामा संलग्नमध्ये धेरैचाहिँ आफन्तहरू नै देखिएको छ । यसबाहेक लागुऔषधका घटना पनि कोसीमा धेरै हुने गरेको पाइएको छ । यहाँ पछिल्लो चार महिनामा ४६६ वटा लागुऔषधको मुद्दा कोसी प्रदेशमा दर्ता भएका छन् । यसपछि उपत्यकामा २३२ वटा, लुम्बिनीमा २१८ वटा, मधेसमा २१७ वटा, सुदूरपश्चिममा १९४ वटा, बागमतीमा १५४ वटा, गण्डकीमा ९८ वटा र कर्णालीमा ४० वटा लागुऔषधका घटना भएका छन् ।
 


प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य शुक्रबार, असोज ३, २०८२
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह
संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह शुक्रबार, असोज ३, २०८२
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै
सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै शुक्रबार, असोज ३, २०८२
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँ: मन्त्री घिसिङ
संसद् भवनको काम पुसभित्रै सम्पन्न गरौँ: मन्त्री घिसिङ शुक्रबार, असोज ३, २०८२
जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की
जेनजी प्रदर्शन भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब होः प्रधानमन्त्री कार्की शुक्रबार, असोज ३, २०८२
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन शुक्रबार, असोज ३, २०८२
ट्रम्पको दबाबबीच अमेरिकासँग क्यानाडा र मेक्सिको सहकार्यमा सहमत
ट्रम्पको दबाबबीच अमेरिकासँग क्यानाडा र मेक्सिको सहकार्यमा सहमत शुक्रबार, असोज ३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP