Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
  • #नेपाली_कांग्रेस
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, एजेण्डा अझै अनिश्चित 
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, एजेण्डा अझै अनिश्चित 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १४, २०८१
  • सरकारी ३९ र निजी क्षेत्रबाट ४८ गरी ८७ जनाको जम्बोटोली लिएर जाँदै प्रधानमन्त्री
  • चीन भ्रमणको एजेण्डा मन्त्रिपरिषद्को अर्को बैठकले टुंगो लगाउने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा हुने चीन भ्रमणलाई स्वीकृत गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यही मंसिर १७ देखि २० गतेसम्म प्रधानमन्त्री ओली नेतृत्वको चीन भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको बैठकपछि जानकारी दिए । प्रधानमन्त्रीको टोलीमा ८७ जना सहभागी हुने तय भएको छ । जसमा ३९ जना सरकारी टोलीमा रहने छन् भने ४८ जना निजी क्षेत्रका प्रतिनिधिहरु रहने बताइएको छ । भ्रमण स्वीकृत भए पनि सरकारले एजेण्डा भने अझै तय गर्न सकेको छैन ।

‘प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाबारेमा थप छलफल जारी छ, एजेण्डा तय भइसकेको छैन, भ्रमण दल र प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएको छ,’ मन्त्री पाण्डेले भने । भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको र उनीहरु आफ्नै खर्चमा जाने उनले बताए । ‘निजी क्षेत्र आफ्नै खर्चमा जाने हो, सरकारलाई आर्थिक दायित्व पर्दैन, टोलीमा केही जरुरी व्यक्तिŒवहरु मात्रै हुनुहुन्छ,’ मन्त्री पाण्डेले भने ।

Hardik health

प्रधानमन्त्री ओलीको चीन भ्रमणको एजेण्डा मन्त्रिपरिषद्को अर्को बैठकले टुंगो लगाउने उनको भनाइ थियो । मन्त्री पाण्डेले मन्त्रिपरिषद्मा अन्य विषयका बारेमा छलफल भए पनि निर्णय नभएको बताए ।प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडा अटेका छन् ।

यसैगरी कांग्रेसदेखि अरु पार्टीका सांसदहरु पनि यो टोलीमा अटाइएको छ । सांसद अर्जुन नरसिंह केसी, श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, बिजुला रायमाझी, रेखा शर्मा, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की, सर्वेन्द्रनाथ शुक्ला, रञ्जिता श्रेष्ठ, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरू रामप्रसाद घिमिरे, अमृतबहादुर राई (परराष्ट्र कामु सचिव) पनि टोलीमा छन् ।

यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहप्राध्यापक पद्मसुन्दर जोशी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाह, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यसहित अन्य सरकारी अधिकारीहरू कृष्णप्रसाद ढकाल, विष्णुप्रसाद गौतम, मणिरत्न शर्मा, उदय पोखरेल, कमल रावल, ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने, विनोद खनाल, जयश्री शाक्य र अनिता सिंह रहने छन् ।


 


प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो
पूर्णागिरि मेलापछि महेन्द्रनगरमा भारतीय दर्शनार्थीको घुइँचो शुक्रबार, चैत ६, २०८२
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना
प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना शुक्रबार, चैत ६, २०८२
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा शुक्रबार, चैत ६, २०८२
नोटबन्दीको हल्ला : राजनीतिक प्रपोगाण्डा,हल्लाकाे पछि नलागाैँ
नोटबन्दीको हल्ला : राजनीतिक प्रपोगाण्डा,हल्लाकाे पछि नलागाैँ शुक्रबार, चैत ६, २०८२
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण
आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण शुक्रबार, चैत ६, २०८२
नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा 
नयाँ प्रधानमन्त्रीको शपथ १३ चैतमा  शुक्रबार, चैत ६, २०८२
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिलालाई गम्भीर
सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिलालाई गम्भीर शुक्रबार, चैत ६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP