Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राप्रपामा लिङ्देनको एक्लो दौड
राप्रपामा लिङ्देनको एक्लो दौड
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, मंसिर ९, २०८१
सुदूरपश्चिम यात्राका क्रममा कैलालीको साँढेपानीमा आयोजित सभामा सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिरः लिङ्देनको फेसबुक पेजबाट
  • पार्टी निर्णयविना सुदूरपश्चिम र कर्णाली यात्रा 
  •  उपचुनावको संयोजक मनमौजी तोकेको दाबी
  • जनताका कुरा सुन्न पार्टीमा निर्णय हुन नपर्ने लिङ्देनपक्षको भनाइ


काठमाडौं– संसद्मा राजा र हिन्दूराष्ट्रको पक्षमा वकालत गर्ने एकमात्र दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमाथि सर्वेसर्वा बन्ने दिशामा अघि बढेको आरोप लागेको छ । अध्यक्ष राजेन्द्र लिङ्देन पार्टी निर्णयविना मनमौजी अभियान घोषणा गर्दै अघि बढेको भन्दै पार्टीभित्र असन्तुष्टि सुनिएको हो ।

अध्यक्ष लिङ्देन हालै जनतासँग प्रत्यक्ष सम्वाद गर्ने भन्दै एकपछि अर्को राजनीतिक कार्यक्रम घोषणा गर्दै देशको पश्चिम भेगमा पुगे । तिहारलगत्तै ‘राप्रपाको सुदूरपश्चिम यात्रा’ नाम दिएर उनी बाजुराको कोल्टी, अछामको मंगलसेन, डोटी, कञ्चनपुर र कैलालीको साडेपानी पुगेर शुक्रबार फर्किए । तिहारअघि भने ‘राप्रपाको कर्णाली यात्रा’ घोषणा गरेर सल्यानको सल्लिबजार, सुर्खेतको बाबियाचौर, दैलेखको दुल्लु, कालिकोटको मान्म, जुम्लाको गोठिजिउला र मुगुको गमगढी गएका थिए ।

यो कहीँ कतैबाट स्वीकृत कार्यक्रम पनि होइन । अनुमोदन भएको कार्यक्रम पनि होइन । यो अध्यक्ष स्वयंले तय गरेर जानुभएको हो । पार्टीको निम्ति त कार्यक्रम हितकर छ तर वैधानिक ढंगले तय भएको कार्यक्रम होइन ।
जनकराज पाठक 
केन्द्रीय सदस्य, राप्रपा

अभियानका क्रममा उनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीसहितका निकट नेताहरूलाई सहभागी गराए । दुवै प्रदेशमा सञ्चालित राजनीतिक अभियान पार्टीको कुनै आधिकारिक संरचनाबाट निर्णय भने नभएको केन्द्रीय सदस्य जनकराज पाठकले बताए । भलै अभियानले पार्टीलाई राजनीतिकरूपमा फाइदा नै पु¥याउने उनको भनाइ छ । तर, पार्टीको कुनै पनि संरचनाबाट पारित नगरी मनमौजी अभियान घोषणा गरेर अध्यक्ष लिङ्देन अघि बढेको र यो विषय आगामी केन्द्रीय समिति बैठकमा उठाइने बताए ।

Hardik health

‘यो कहीँ कतैबाट स्वीकृत कार्यक्रम पनि होइन । अनुमोदन भएको कार्यक्रम पनि होइन । यो अध्यक्ष स्वयंले तय गरेर जानुभएको हो । पार्टीको निम्ति त कार्यक्रम हितकर छ तर वैधानिक ढंगले तय भएको कार्यक्रम होइन,’ उनले प्रभावसँग भने, ‘कुनै न कुनै फोरमबाट कार्यक्रम तय हुनुपर्छ, अब केन्द्रीय समिति बैठकमा यो कुरा उठ्छ ।’

जनताका कुरा सुन्न राजनीतिक अभियान सञ्चालन गर्दा निर्णय गर्नुपर्छ भन्ने छैन । अध्यक्षज्यू जनताका कुरा सुन्ने अभियानमा हिँड्नुभएको हो । अन्यथा लिनुपर्ने कारण छैन ।
श्याम शाही
सहायक महामन्त्री, राप्रपा

यता लिङ्देननिकट नेताहरुले भने अध्यक्ष मनमौजी अघि बढेको भन्ने अरोपको खण्डन गरेका छन् । उनीहरुले पार्टी हितका लागि अध्यक्ष लिङ्देनले अभियान चालेको दाबी गरेका छन् । राप्रपा सहायक महामन्त्री श्याम शाही भन्छन्, ‘जनताका कुरा सुन्न राजनीतिक अभियान सञ्चालन गर्दा निर्णय गर्नुपर्छ भन्ने छैन । अध्यक्षज्यू जनताका कुरा सुन्ने अभियानमा हिँड्नुभएको हो । अन्यथा लिनुपर्ने कारण छैन ।’

उपचुनाव केन्द्रित नभएकोमा असन्तुष्टि
ठूला राजनीतिक दलहरूले प्रतिष्ठाको लडाइँको रूपमा उपचुनावलाई अथ्र्याएका छन् । सोहीअनुसार चुनावी माहोल बनाइरहेका छन् । तर, अध्यक्ष लिङ्देन भने मनमौजी राजनीतिक अभियान घोषणा गरेर उपचुनावलाई बेवास्ता गर्दै अघि बढेको पाठकले बताए ।‘अध्यक्षज्यूले गर्नुभएको कार्यक्रम र उपचुनावको सम्बन्ध केही पनि छैन । अध्यक्षज्यूको भ्रमणसँग निर्वाचनको तादम्यता केही भएन,’ पाठकले भने, ‘निर्वाचन केन्द्रित गरेर अभियान चलाउनुपथ्र्यो ।’

उपचुनाव यही १६ मंसिरमा हुँदै छ । ४४ पदका लागि हुने उपचुनावमा राप्रपाले ३४ स्थानमा उम्मेदवारी दिएको छ । उपचुनावमा पार्टीका उम्मेदवारहरूलाई जिताउन चुनावी संयोजक पनि तोकिएको छ । तर, पार्टी बैठक नडाकी चुनावी संयोजकहरू तोकेको भन्दै पार्टीमा असन्तुष्टि बढ्दो छ ।उनले २२ कात्तिकमा नेताहरू भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाही, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, रामराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशमशेर जबरा, प्रेम बलायर र धर्मराज जोशीलाई चुनावी संयोजक तोकेका थिए ।

पार्टीका एक पदाधिकारीले भने, ‘अध्यक्षलाई पार्टीको कुनै संरचना चाहिएन । कहीँबाट कुनै कार्यक्रमबारे निर्णय गर्नुपर्दैन । जे गर्न मन लाग्छ, त्यही गर्दै हिँड्न थाल्नुभयो । उहाँ पार्टीमा निरंकुश बन्नुभयो ।’पार्टीका पूर्वअध्यक्ष कमल थापाले यदि फेरि अध्यक्षमा चुनाव जिते सर्वेसर्वा हुनेतर्फ अघि बढ्नसक्ने भन्दै पार्टी महाधिवेशनमा पार्टीको पदाधिकारीसहित केन्द्रीय समितिमा ७५ प्रतिशत निर्वाचित हुनुपर्ने प्रावधान विधानमै राखिएको थियो । कतिसम्म भने राप्रपाले पार्टी उपाध्यक्ष र महामन्त्रीसमेत निर्वाचित हुनुपर्ने प्रावधान पहिलोपटक राख्यो । सोहीअनुसार निर्वाचित भएर आएकाहरूसहितको वर्तमान केन्द्रीय समिति हो । 

तर, अहिले लिङ्देन आफूलाई पार्टीमा सर्वेसर्वा ठानेर अघि बढेको ती पदाधिकारीको गुनासो छ । यतिसम्मकी लिङ्देनले भारतमा क्यान्सरको उपचार गराइरहेका बेला गत १७ असोजमा पार्टीको संगठन विभाग प्रमुखबाट महामन्त्री डा. धवलशमशेर जबरालाई हटाइदिएका थिए । यसपछि पार्टीमा जबरा समूहले त्यसको चर्को विरोध ग¥यो । पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले त अध्यक्ष लिङ्देनको ‘अविवेकी र अमानवीय निर्णय’ भनेका थिए । तर, चालेका कदममा लिङ्देन कदमबाट टसमस भएनन्, जसले पार्टीमा अन्तरसंघर्ष बढाएको छ । 


अविश्वासको घेरामा लिङ्देन
देश संघीय लोकतान्त्रिक गणतन्त्रामक भए पनि राप्रपाको अन्तिम लक्ष्य राजसंस्था फर्काउने र हिन्दूराष्ट्र पुनःस्थापना गर्ने नै हो । ठूलै राजनीतिक क्रान्तिविना यी दुवै लक्ष्य प्राप्ति हुँदैन भन्ने राप्रपा नेता कार्यकर्ताहरूले राम्रोसँग बुझेका छन् । तर, अध्यक्ष लिङ्देनले हालै सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेर भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ठूलो पार्टी बनाउने र यसको बलबाट राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना गर्ने भनेर हामी हिँडेका हौं ।’

संसदीय मोर्चाबाट देशमा राजसंस्था र हिन्दूराष्ट्र स्थापना गर्ने भए संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा राप्रपाको दुईतिहाइ बहुमत चाहिन्छ । अहिले कांग्रेस र एमाले दुई ठूला दलको त प्रतिनिधिसभामा भए पनि राष्ट्रियसभामा दुईतिहाइ बहुमत छैन । यस्तोबेला अध्यक्ष लिङ्देनले ठूलो पार्टी बनाएर राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना गर्ने भनिएपछि राप्रपाका एक पदाधिकारीले अध्यक्षको हावादारी गफ भनेका छन् ।

उनका अनुसार राजा मान्ने र हिन्दू अधिराज्य चाहनेले अध्यक्ष लिङ्देनलाई विश्वास गर्न छाडेका छन् । गत २० कात्तिकमा मीरा राणा अध्यक्ष रहेको राष्ट्र रक्षार्थ एकता अभियानले ‘देश चिन्तन २०८१’ नाम दिएको कार्यक्रममा अध्यक्ष लिङ्देनलाई निम्तो दिएनन् । कार्यक्रममा रवीन्द्र मिश्र, बुद्धिमान तामाङ, धवलशमशेर जबरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, रमा सिंह, केशरबहादुर विष्टसँगै हिन्दू धर्मगुरु र बुद्धिजीवीहरूलाई अभियानले निम्तो दिएको थियो । त्यसबेला अमेरिकामा रहेका नेता प्रकाशचन्द्र लोहनीलाई पनि अभियानकी संयोजक राणाको निम्तो थियो । तर, लिङ्देनलाई निम्तो नभएको ती पदाधिकारीले बताए । 

‘राजाको कुरै गर्दैनन्, हिन्दू अधिराज्यको कुरै गर्दैनन्,’ ती पदाधिकारीले भने, ‘पछिल्लो समय न पूर्वराजालेसमेत विश्वास गर्न छाडे । अरुले परको कुरा ।’जबकि गत महाधिवेशनमा अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि कमल थापाले दरबारले हस्तक्षेप गरेको भन्ने गम्भीर आरोप लगाएका थिए । लिङ्देनको जितमा पूर्वराजाको भूमिका निर्णायक रहेको उनको भनाइ थियो । सोही कारण थापा राप्रपाबाट अलग भएर राप्रपा नेपाल ब्युँताए । थापाको शब्दमा पूर्वराजाको सहयोगले चुनाव जितेका लिङ्देनलाई पनि यतिखेर अविश्वासी भएका छन् । 


 


प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहने
सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहने सोमबार, चैत २३, २०८२
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP