Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘ज्योतीलाई सहकारीमा जागिर लगाउनु नै अभिशाप भयो’
सिआइबीसँग धनराजको बयान ‘ज्योतीलाई सहकारीमा जागिर लगाउनु नै अभिशाप भयो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २९, २०८१
  •  सहकारी ठगी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङसँग सिआइबीले लियो बयान 
  •  पूर्वश्रीमती ज्योतीसँगको सम्बन्धविच्छेद् नक्कली नभएको गुरुङको भनाइ
  •  आर्थिक अवस्था सुधार्न सहकारीमा जागिर लगाएपछि आफ्नो दुःखको दिन सुरु भएको दाबी
  •  सहकारी ठगीमा आफ्नो संलग्नता नभएको प्रस्टीकरण दिँदै पूर्वश्रीमती ज्योतीलाई ल्याएर अनुसन्धान गर्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले प्रहरीसँग आफू र ज्योती गुरुङबीचको सम्बन्धविच्छेद् (डिभोर्स) कागजीमात्र नभइ सक्कली नै भएको बताएका छन् । ‘ललितपुर जिल्ला अदालतबाट २०७६ साल फागुन २९ गते हाम्रो सम्बन्धविच्छेद् भएको हो । सम्बन्ध विच्छेद् नक्कली होइन,’ सहकारी ठगी प्रकरणबारे बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले लिएको बयानका क्रममा उपसभापति गुरुङले भने ।

सहकारी ठगी प्रकरणमा मुछिएपछि सरकार र उनको पार्टी कांग्रेसले गुरुङलाई जोगाउँदै आएको आरोप छ । कागजी सम्बन्धविच्छेद् गरी गुरुङले सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि उनलाई बयानमा बोलाएको सिआइबीका प्रमुख एसपी होबिन्द्र बोगटीले बताए ।ललितपुरको मितेरी सहकारीको रकम अपचलन गरेकी उनकी श्रीमती ज्योती भने फरार छिन् । प्रहरीले ज्योतीसहित र बर्दिया घर भएका ज्योतीबहादुर भण्डारीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ । गुरुङ र भण्डारीले मितेरीको तीन करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेसँगै धनराजलाई पक्राउ गर्न दबाब परेको थियो । यद्यपि, उनलाई कसैले जाहेरी नदिएको भन्दै प्रहरी पछाडि हट्दै आएको थियो । बुधबार भने सिआइबीले लाजिम्पाट बोलाएर बयान लिएको बोगटीले बताए ।धनराजले मितेरी सहकारीबाट २०७७ फागुन ३ गते १२ लाख रुपैयाँ ऋण लिएका थिए । जसमा उनले आफ्नो हकवाला ज्योती गुरुङ उल्लेख गरेका छन् । एक वर्षअघि नै डिभोर्स गरेको भनिएको तर पछि हकवालामा श्रीमतीकै नाम लेखिएको भेटिएपछि धनराज विवादमा तानिएका हुन् । हकवाला ज्योती गुरुङ किन लेखियो त भनेर प्रहरीले सोध्दा धनराजको जवाफ थियो– यसबारे सम्बन्धित सहकारीलाई नै जानकारी होला ।

Hardik health

‘मितेरीमा ज्योतीलाई जागिर लगाउनु नै अभिशाप भयो’
कांग्रेस उपसभापति गुरुङले आफूले श्रीमतीलाई मितेरी सहकारीमा जागिर लगाउनु नै ठूलो अभिशाप सिद्ध भएको बयान दिएका छन् । आर्थिक अवस्था सुधार्न सहकारीमा जागिर लगाएपछि आफ्नो दुःखको दिन सुरु भएको गुरुङको दाबी छ । ‘विद्यार्थी राजनीतिमा पहिल्यैदेखि लागेकोले कमजोर आर्थिक अवस्थाका कारणले तत्कालीन श्रीमती ज्योतीलाई मितेरी सहकारीको सञ्चालक समिति अध्यक्ष कुम्भराज गुरुङसँग अनुरोध गरेर जागिरमा लगाएको थिएँ । त्यहाँ जागिरमा लगाउनु नै मेरा लागि आज ठूलो अभिशाप भएको महसुस मैले गरेको छु,’ गुरुङले भने ।

२०६६ पछि श्रीमतीको रहनसहन नै बदलिएको र ज्योती डिस्को दोहोरी धाउन थालेको उनको आरोप छ । ‘राति पनि समयमा घर नआउने । डिस्को, क्लब र दोहोरी जाने गरेको जानकारी मैले पाएँ । आफूखुसी बैंकक त कहिले सिंगापुर जाने क्रम बढेपछि हाम्रो सम्बन्ध झनै बिग्रियो,’ गुरुङले भनेका छन् ।

‘मीनबहादुर सम्धी हुन्, वकिल राखेर ऋण लिएको हुँ’
धनराजले आफूले छोरा विदेशमा पठाउन लिएको ऋण घर धितो राखेर पाएको र उक्त घर सहकारीले २०७८ चैत ४ गते एक करोड ८५ लाख रुपैयाँमा बेचेको तर सबै पैसा सहकारीले नै लिएको बताएका छन् । त्यसपछि ८४ लाख ऋण अझै बाँकी रहेको भनेपछि आफूले व्यवसायी मीनबहादुर गुरुङबाट ऋण लिएर तिरेको बताएका छन् ।‘सहकारीले ब्याजको स्याज गर्दै ऋण बढाउँदै लगेपछि धान्नै नसक्ने अवस्थामा पुगेपछि नाताले मेरो सम्धी पर्ने मीनबहादुर गुरुङबाट वकिल राखी लिखत गरी ऋण लिएर सहकारीको ऋण सम्पूर्ण रुपले चुक्ता गरेको हुँ,’ बयानमा धनराजले भनेका छन् ।

आफू जुनसुकै बेला राज्यका छानबिनको दायरामा रहने र सरकारलाई सहयोग गर्न तयार रहेको उनले बताएका छन् । ‘म नेपाल सरकारको कुनै पनि अनुसन्धान गर्ने निकायलाई अनुसन्धानमा सहयोग गर्न तयार छु,’ धनराजले भनेका छन् । उनले आफ्नी पूर्वश्रीमतीलाई जता भए पनि खोजेर अनुसन्धान गर्नसमेत प्रहरीलाई अनुरोध गरेका छन् । ‘मेरी पूर्वश्रीमती ज्योती गुरुङ जहाँ भए पनि झिकाइ अनुसन्धान गरियोस् र सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गरियोस्,’ उनले भनेका छन् । प्रहरीले रेड कर्नर नोटिस् जारी गरेका उनकी पूर्वश्रीमती ज्योती अमेरिकामा र भण्डारी कम्बोडियामा लुकेको हुनसक्ने प्रहरीको अनुमान छ । सिआइबीले फेरि बोलाउनेगरी धनराजलाई कागज गरी छाडेको जनाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १०:३२
#धनराज #सहकारी ठगी प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै शुक्रबार, माघ ९, २०८२
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल शुक्रबार, माघ ९, २०८२
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान शुक्रबार, माघ ९, २०८२
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो शुक्रबार, माघ ९, २०८२
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP