Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  •  विश्व कीर्तिमानी आरोही बुढामगर ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित
 विश्व कीर्तिमानी आरोही बुढामगर ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक ८, २०८१

बेलायत-  विश्व कीर्तिमानी आरोही तथा पूर्वगोर्खा सैनिक हरि बुढामगर ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित भएका छन् । सोमबार साँझ बेलायतको राजधानी लण्डनस्थित ग्रोसभेनर हाउसमा आयोजित एक भव्य समारोहमा पूर्वगोर्खा सैनिक बुढामगरले अवार्ड थापेका हुन् ।

डेलि मिररले प्रदान गर्दै आएको यो अवार्डको २५औँ संस्करण ‘प्राइड अफ ब्रिटेन अवार्डस् २०२४’ मा हरिले ‘विशेष मान्यता अवार्ड’ प्राप्त गरेका हुन्  । अवार्ड हस्तान्तरण कार्यक्रममा अफगानिस्तान युद्धमासँगै लडेका सहकर्मीसँगै पुग्नुभएका थापामगर भाव विह्वल भएका थिए ।

अफगानिस्तानमा खुट्टा गुमाउने गरी भएको विष्फोटका क्रममा आफू पछाडि रहेका सहकर्मीसहित अवार्ड समारोहमा सहभागी हुँदा त्यो घटना सम्झिएर भक्कानिएको उनले बताए । “बेलायतलाई १५ वर्ष सैन्य सेवा दिए, अनि मेरा दुई खुट्टा पनि गयो”, उनले भने, “आज बेलायतले यो प्राइड अफ ब्रिटेन अवार्ड दिएको छ, धेरै खुसी छु ।”

उनले आफ्नो सम्मान विश्वका सम्पूर्ण अपाङ्गता भएकाहरुको सम्मान भएको बताए  । सन् १९९९ देखि आयोजना गर्न थालिएको यो अवार्ड समारोहमा आफ्नो असाधारण क्षमताबाट अरूको जीवनमा वास्तविक भिन्नता ल्याउने पात्रहरूलाई सम्मान गर्ने गरिन्छ । मगरले बेलायती सेनामा कार्यरत रहेका बेला सन् २०१० मा अफगानिस्तामा विद्युतीय धरापमा दुवै खुट्टा गुमाएका हुन् ।

Hardik health

उनले गत वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै, दुवै घुँडाभन्दा तल खुट्टा नभएको पहिलो आरोहीको विश्व रेकर्ड राखेका छन् । प्राइड अफ ब्रिटेन अवार्डस् २०२४ कार्यक्रममा बेलायती प्रधानमन्त्री किर स्टर्मर पूर्वप्रधानमन्त्रीहरु मन्त्रीहरु, ख्यातिप्राप्त कलाकार सहभागी थिए । सेनाका बहालवाला र पूर्वअधिकृतको उपस्थिति थियो ।

अवार्ड थाप्ने क्रममा बुढामगर भावुक अनुभव यसरी सुनाए :

अवार्ड समारोहमा, मेरो सहकर्मीहरू सहभागी हुनुहुन्थ्यो । मैले अफगानिस्तानमा दुई वटा खुट्टा गुमाउँदा मै पछाडि रहेका साथी पनि सँगै हुनुहुन्थ्यो । मैले त्यो घटना सम्झिएँ । त्यो संकट र यो खुसीमा साथीहरुसागै भएकामा मन थाम्न सकिन् । अवार्ड थापिसकेपछि चाहिँ के कुरा मनमा आइरह्यो ? हेर्नुस् मैले यो हप्ता मात्रै योसहित दुई वटा अवार्ड थापे । कतिपय अवार्ड त थाप्न बोलाउँदा मात्रै थाहा हुन्छ ।

यस्ता अवार्डले मलाई झनै राम्रो काम कसरी गर्ने भन्ने प्रेरणा दिन्छ । अनि मेरो मनमा बाँकी काम कसरी राम्रोसँग गर्ने भन्ने मात्रै आइरन्छ । अब म सेभेन समिटको तयारी गर्दैछु । त्यही कुरा मनमा आइरहेको छ । यस्तो खुसीको बेलामा पनि भोलिको चिन्ता किन ? हेर्नुस् बमले मेरो दुई वटा खुट्टा गुम्दा मेरो मनमा, मैले अघिल्लो जुनीमा कुन ठुलो पाप गरेछु । अब म धर्तीको बोझ भएर बाँच्नुपर्ने भयो भन्ने कुरा मनमा आउथ्यो । अझै पनि विश्वका धेरै अपाङ भएकाहरुको मनमा सायद यही कुरा आउँछ होला ।

नेपालमा त उनीहरुलाई मात्रै हैन उनीहरुको परिवारले पनि यस्तो भनेको मैले सुनेको छु । त्यसकारण अहिले मैले अपाङ्गता हुनु धर्तीको बोझ हैन । कुनै पाप हैन भन्ने बुझेको छु । म त्यो कुरा विश्वलाई बुझाउन चाहान्छु । म मेरो कारणले दुनियाँ बदल्न त नसकौला तर एक दुईजनाको जीवनमा मात्रै सकरात्मक परिर्वतन ल्याउन सकेभने पनि आनन्द लाग्छ म त्यसकै लागि काम गरिरहेको छु । र म मेरो प्राण रहुन्जेल अपाङ्गता सचेतनाका लागि लागिरहन्छु । मेरा हरेक काम त्यसमै केन्द्रित छन् ।

त्यसो भए अवार्ड पाउँदा त्यति खुसी लागेको छैन ? अत्यन्तै खुसी लागेको छ । खुसी नलाग्ने कुरै हुँदैन । तर खुसीसँगै थप कामको जिम्मेवारी बढेको महसुस हुन्छ । सबैभन्दा धेरै खुसी के गर्दा लाग्छ होला त ? नेपाली हुनुको नाताले प्राइड अफ नेपाल अवार्ड पाउँदा लाग्छ होला । त्योभन्दा पनि आनन्द चाहिँ नेपालमा गएर आफ्नै माटोमा हाँसीहाँसी मर्दा लाग्छ होला । 


प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु शुक्रबार, माघ २, २०८२
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम शुक्रबार, माघ २, २०८२
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल शुक्रबार, माघ २, २०८२
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP