Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • चाडवाडमा जोखिमपूर्ण यात्रा : बढ्यो सडक दुर्घटना
चाडवाडमा जोखिमपूर्ण यात्रा : बढ्यो सडक दुर्घटना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २३, २०८१
Energy Drink Energy Drink
  • सिन्धुली, धादिङ, जुम्ला, दैलेखलगायतका जिल्लामा भएको दुर्घटनामा पाँच जनाको मृत्यु, दर्जनौं घाइते
  • पर्वको समयमा बाढीपहिरोले क्षतिग्रस्त सडक, तीव्र गति, मापसेजस्ता कारण दुर्घटना बढेको प्रहरीको भनाइ
  •  हालैको वर्षाका कारण आएको बाढीपहिरोले मुख्य राजमार्गमा ठप्प भएसँगै वैकल्पिक राजमार्गमा चाप बढ्दा पनि दुर्घटना बढ्दो

काठमाडौं– दसैं मनाउन काठमाडौंलगायत सहरबाट गाउँ फर्कने क्रम बढ्दो छ । यही क्रममा दैनिक सडक दुर्घटनाको संख्या पनि बढेको छ ।मंगलबार काठमाडौंबाट सिन्धुली जाँदै गरेको बस रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रदेश–३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस खाँडादेवी गाउँपालिका–३ भीरपानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप सिंहका अनुसार मृत्यु हुनेमा रामेछापको सुनकोशी गाउँपालिका–६ की युनिषा श्रेष्ठ रहेकी छन् ।मदन भण्डारी राजमार्ग सिन्धुलीमा मंगलबार विभिन्न स्थानमा सडक दुर्घटना भएका छन् । उक्त राजमार्गमा कार पल्टनुका साथै सुमो र बाइक दुर्घटना भएको छ । सडक घुमाउरो भएकाले यस क्षेत्रमा दुर्घटना बढेको प्रहरीले जनाएको छ । मंगलबार नै रामेछापको मन्थलीमा सुमो पल्टिँदा यात्रुहरु घाइते भएका छन् । 

यता धादिङको परेवाटार नजिक बलेरो दुर्घटना हुँदा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।मंगलबार नै जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । तिला गाउँपालिका–३ स्थित त्रिवेणीबाट तातोपानी गाउँपालिका–७ सर्मीतर्फ जाँदै गरेको क१प १६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तातोपानी–७ सर्मी गाउँका अन्दाजी ३१ वर्षीय हेमराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भानुभक्त अर्यालले जानकारी दिए ।

मोटरसाइकल सडकबाट अन्दाजी १६० मिटर तल भेरी खोलाको छेउमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा परी हेमराजका छोरा अन्दाजी नौ वर्षीय परिश्रमको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यसअघि सोमबार सिन्धुलीमा बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो ।

Ncell
Hardik health

काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस सिन्धुलीको हरिहरपुरगढी–५ स्थित द्वार खोलाको पुलमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बस दुर्घटनामा परी चालकसहित ४५ जना घाइते भए । तीमध्ये २८ जना भने उपचार भएपछि घर फर्किएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने कपिलाकोट स्वास्थ्यचौकी, धरानको घोपा अस्पताल र जानकी हेल्थकेयरमा उपचार भइरहेको जनाइएको छ ।

सोमबार राति दैलेखमा हायस दुर्घटना हुँदा एक युवाको मृत्यु भयो । दैलेख प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारातर्फ जाँदै गरेको कर्णाली प्रदेश ९२००१ ख ०९०६ नम्बरको हायस (एसएमएल) सोमबार राति ९ बजेतिर दुर्घटना भएको हो । २३ जना यात्रु रहेको उक्त गाडीका बाँकी यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
पर्वको समयमा बाढीपहिरोले क्षतिग्रस्त सडक, तीव्र गति, चालकले मादक पदार्थ सेवनजस्ता कारण दुर्घटना बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले बताए । उनले चाडपर्वको सुरक्षालाई लक्षित गरी ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी गर्ने निर्देशन दिएको जनाए ।

‘प्रभावकारी ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि जिम्मेवार भई सडकमा खट्न हामीले ट्राफिक प्रहरीलाई हरेक सडकमा खटाएका छौं,’ ट्राफिक महाशाखा प्रमुख बोहराले भने । हरेक जिल्लामा पनि जिल्ला ट्राफिक कार्यालयले दुर्घटना न्यूनीकरणका लागि सहजीकरण गरिरहेको उनको भनाइ थियो ।असोज १० गतेदेखि लगातार तीन दिन परेको वर्षाका कारण आएको बाढीपहिरोले मुख्य राजमार्गमा ठप्प भएसँगै वैकल्पिक राजमार्गमा चाप बढ्दा पनि दुर्घटना बढेको ट्राफिक प्रहरीको ठम्याइ छ । वर्षाका कारण आएको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध छ भने वैकल्पिक राजमार्ग हुँदै दसैं मान्न गाउँ जानेको लर्को लागेको छ । 

पछिल्लो दिनहरुमा दुर्घटनाको दर घढ्दो क्रममा रहेका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० मा १० हजार ६७५ दुर्घटना हुँदा १८७ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षमा यो दर घटेर आठ हजार ८८१ पुगेको थियो भने १७७ जनाको मृत्यु भएको थियो । यस आर्थिक वर्षमा त्रिभुवन राजमार्गमै पहिरोमै परेर एक सय यात्रुको मृत्यु भइसकेको छ भने पछिल्लो दुर्घटना दर पनि बढ्दो छ ।

 


प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त रिहाइका लागि आह्वान
भुटानी शरणार्थी समस्याको स्थायी समाधान र राजबन्दीको निःशर्त रिहाइका लागि आह्वान मंगलबार, असोज ६, २०८३
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किन थाले आरोही
हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किन थाले आरोही मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढीका बेपत्तालाई मृत्यु प्रमाणपत्र दिन विशेष कानुन ल्याउने गृहकार्य
भोटेकोशी बाढीका बेपत्तालाई मृत्यु प्रमाणपत्र दिन विशेष कानुन ल्याउने गृहकार्य मंगलबार, असोज ६, २०८३
प्रतिनिधिसभा बैठक [LIVE]
प्रतिनिधिसभा बैठक [LIVE] मंगलबार, असोज ६, २०८३
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै मंगलबार, असोज ६, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP