Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #पुतली_नाच
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
कृषि
  • Home
  • कृषि
  • पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई अनुमति प्रदान
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई अनुमति प्रदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २२, २०८१

काठमाडाैं -  पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले देशभर १० हजार ६५३ व्यवसायीलाई व्यवसाय सञ्चालनको अनुमति प्रदान गरेको छ ।

पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत आधारभूत तहका प्राविधिक जनशक्तिदेखि विषय विज्ञसम्मका जनशक्तिलाई दर्ता र नियमन गर्ने परिषद्ले सरकारले तोकेको मापदण्डानुसार प्रक्रिया पूरा गरेका व्यवसायलाई अनुमति दिएको रजिस्ट्रार पूर्णबहादुर बुढाले जानकारी दिए। 

पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत सम्पूर्ण जनशक्ति जस्तै पशुपन्छी, मत्स्य र दुग्ध विज्ञानसम्बन्धीका जनशक्ति परिषद्मा दर्ता हुने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । परिषद्मा दर्ता नभई पशु स्वास्थ्य तथा पशु सेवाका कुनै पनि व्यवसाय गर्न नपाइने र दर्ता नभई व्यवसाय सञ्चालन गरेमा व्यवसायीलाई कसुर गरेको मानिनेछ । कसुरको मात्रा हेरी रु ५० हजार जरिवाना वा छ महिना कैद तथा दुवै सजाय परिषद्ले गर्नेछ । 

Sonam Lhosar
Hardik health

परिषद्ले दर्ता नभएका व्यवसायीलाई परीक्षा लिएर दर्ता गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी र ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताको दर्ता र नियमन गर्ने, राष्ट्रिय स्तरको मापदण्ड तयार गरी कार्यान्वयन गराउने, व्यवसायीलाई अनुगमन गर्ने, मापदण्ड पालना नगर्ने व्यवसायीको दर्ता खारेज गर्ने, व्यवसायीको एकीकृत अभिलेख सङ्कलन तथा अद्यावधिक गर्ने, व्यवसायीलाई तालिमको व्यवस्था गर्ने जनाएको छ ।

रजिस्ट्रार बुढाले परिषद्मा दर्ता नभएका व्यवसायीलाई छिट्टै दर्ता गरी पशुपालन गर्ने किसानलाई गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो । प्रमुख उद्देश्यका साथ सङ्घीय संसद्बाट पारित ऐन विसं २०७९ असोज २३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन जारी भएको थियो । सो ऐनअन्तर्गत रहेर विसं २०८० कात्तिक १६ गते मन्त्रिपरिषद् बैठकले परिषद् गठन गरेको हो ।  

ऐनको परिधिभित्र रहेर प्रदेश कानुन बनाउने र सो कानुनले तोकेको निकायले समेत प्रदेशस्तरमा जनशक्ति दर्ता हुने प्रावधान ऐनमा राखिएको छ । प्रदेश कानुन नबनेसम्म त्यसले गर्ने सम्पूर्ण काम पनि परिषद्ले गर्ने व्यवस्था ऐनमा उल्लेख छ । 


प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
झापामा माटोको अम्लीयपन बिग्रँदै
झापामा माटोको अम्लीयपन बिग्रँदै आइतबार, माघ ४, २०८२
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
आजका लागि कृषिउपजको थोक मूल्य
आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, माघ २, २०८२
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ बुधबार, पुस ३०, २०८२
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि बुधबार, पुस ३०, २०८२
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण मंगलबार, पुस २९, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP