Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
समाचार
  • Home
  • समाचार
  • दशैँमा वर्षा रोकिएला ?
दशैँमा वर्षा रोकिएला ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १८, २०८१

काठमाडौं– बिहीबारदेखि दशैँ सुरु भएको छ । तर मौसम नसुध्रिँदा दशैँ मान्न घर जानेहरु चिन्तामा परेका छन् ।  नेपालमा वर्षा गराउने मनसुन प्रणाली भित्रिएको गत २८ जेठमा हो । यसअघि मौसमविद्हरूले बुधबारसम्म मौसम बाहिरिने अनुमान गरेका थिए । तर अझै पनि वर्षा हुने सम्भावना कायमै छ ।

विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने वर्षा जारी रहे यात्राकै क्रममा पहिरोले सवारी साधन नै पुर्ने जोखिम मोल्नुपर्ने हुन्छ ।यस्तो अवस्थामा यात्रीहरुले कस्तो पूर्वतयारी गर्ने ? मौसमको अवस्था के हुन्छ ? सर्वसाधारणले हरेक दिन यसखाले जिज्ञासा राख्ने गरेका छन् ।

मौसमविद्हरूले भने यसबारे केही किटान गर्न सकेका छैनन् । शनिबारसम्म वर्षा हुने अनुमान गरिए पनि त्यसपछि मनसुन बाहिरिन्छ नै भन्नेमा उनीहरू पनि प्रष्ट छैनन् ।भारतका कतिपय राज्यहरूले मनसुन बाहिरिने दिन किटान गर्दै आएका छन् । नेपाली मौसम अधिकारीहरूका अनुसार भने अझै त्यसबारे प्रस्ट भन्ने बेला भइसकेको छैन ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी सूचना अधिकारी विभूती पोखरेलले मनसुन प्रणाली लम्बिएको र बाहिरिने दिन अनुमान गर्न नसकिएको बताएकी छिन् । ‘शनिबारसम्म मौसम प्रणाली सक्रिय हुने र वर्षा हुने सम्भावना छ’, उनले प्रभावसँग भनिन्, ‘तर, कहिले बाहिरिन्छ ? यसै भन्न सकिने अवस्था छैन ।’

Hardik health

यसबीचमा पश्चिम नेपाल (गण्डकीदेखि पश्चिम)तिर मौसम सफा हुँदै गएको छ । यद्यपि, कोशी र बागमतीमा भने दशैँमा पनि वर्षाको सम्भावना रहेको सूचना अधिकारी पोखरेल बताउँछिन् ।  यस्तो अवस्थामा सुख्खा दशैँको सम्भावना बागमती र कोशीमा न्यून छ ।देशको कोशी र बागमती प्रदेशमा शनिबारसम्म हल्का तथा मध्यम वर्षाको पूर्वानुमान भइरहेको छ । मौसम अधिकारीहरूले यही वर्षा प्रणाली ठूलो प्रभाव पार्ने खालको नभएको जनाएको छ । तर, हालैका दिनमा भएको विध्वंसकारी वर्षाको असर आलै रहेका कारण सजक रहनुपर्ने सुझाएका छन् । 

विभागका अनुसार आज शुक्रबार त कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने सम्भावना छ । यद्यपि, अघिल्लोपटक जसरी प्रतिकार्य आवश्यक पर्न सक्ने गरी ‘रेड अलर्ट’ जारी गर्नुपर्ने खालको नभएको विभागकी सूचना अधिकारी पोखरेल बताउँछिन् । हालैको विध्वंसकारी वर्षाले बिहीबारसम्म २३६ जनाको मृत्यु भइसकेको छ । १९ जनाको अवस्था अझै अज्ञात छ । वर्षाका कारण सडक संरचनामा पुगेको क्षतिलाई पुनर्निर्माण गर्न २५ अर्ब बढी चाहिने पनि विपद् प्राधिकरणको अनुमान छ । 

अब आजदेखिको वर्षाले सडक, पुललगायत संरचनासँगै मानवीय क्षति कति गर्छ ? भन्न सकिने अवस्था छैन । सामान्य गतिमा भित्रिने र बाहिरिने अवस्थामा नेपालमा मनसुनको अवधि ११२ दिनको हो । यस आधारमा पनि बुधबारसम्ममा मनसुन पश्चिमतिर सक्रिय हुँदै बाहिरिने महाशाखाको यसअघि अनुमान थियो । तर, त्यस्तो भएन । हाल मौसम प्रणाली सक्रिय छ ।

महाशाखाका अनुसार नेपालमा २०३६ सालमा सबैभन्दा कम अवधिको ७३ दिने मनसुन देखा परेको थियो । सबैभन्दा लामो अवधिको मनसुन भने २०६५ सालमा देखिएको थियो । त्यसबेला सर्वाधिक १३० दिनसम्म मनसुन सक्रिय भएको थियो । त्यसो त अघिल्ला केही वर्षको मनसुन बाहिरिने प्रणालीलाई हेर्दा औसत मितिभन्दा दुई हप्तासम्म ढिलागरी बाहिरिएको पनि देखिएको छ । 

२०७० सालमा मनसुन कात्तिक २ गते बाहिरिएको थियो । पाँच वर्षअघि २०६५ मा पनि मनसुन कात्तिक १ गते मनसुन बाहिरिएको थियो । यसपटक पनि मनसुन बाहिरिन ढिला हुने त निश्चितै भइसक्यो, किनभने मनसुन बाहिरिने औसत मिति टरिसकेको छ । तर, पनि केही दिनअघिजस्तो लगातार र भीषण वर्षाको सम्भावना भने छैन । पानी पर्ने क्रम पनि क्रमशः घट्दै जाने महाशाखाले जनाएको छ । हाल नेपालमा स्थानीय मनसुनी वायुको प्रभाव कायम छ भने भारतको मध्यप्रदेश र आसपासको क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । जसकारण मनसुन सक्रिय नै छ । 

यस्तो अवस्थामा सकेसम्म छोटो यात्रा मात्रै गर्ने, लामो दुरीको यात्रा गर्दा आफ्नो यात्रा गर्ने क्षेत्रको मौसम पूर्वानुमान हेरेर यात्रा गर्ने र सतर्कता अपनाउनु उपयुक्त हुने विपद् प्राधिकरणले जनाएको छ । गत शुक्रबार र शनिबार परेको भीषण वर्षाका कारण धेरै ठाउँमा पहिरो गएको र जमिन ठाउँठाउँमा चिरा परेका कारण पहिरोको जोखिम बढेको छ । आज र भोलि (शनिबार)को पानीले चिरा परेको ठाउँमा पहिरो जाने सम्भावना बढाउने प्राधिकरणले जनाएको छ । 

मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जेठ मसान्त र कात्तिक तेस्रो सातातिर हो । देशको पूर्वबाट प्रवेश गरेको मनुसन पश्चिम फैलिँदै जाने हुन्छ । तर, मनसुन बाहिरिँदा पूर्वबाटै बाहिरिन्छ । 
 


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना बिहीबार, असार २५, २०८३
भारी वर्षाको सम्भावना,आवश्यक सावधानी अपनाउन  अनुरोध
भारी वर्षाको सम्भावना,आवश्यक सावधानी अपनाउन अनुरोध बुधबार, असार २४, २०८३
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् मंगलबार, असार २३, २०८३
केही स्थानमा मध्यम वर्षाको सम्भावना
केही स्थानमा मध्यम वर्षाको सम्भावना सोमबार, असार २२, २०८३
 गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
 गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा शनिबार, असार २०, २०८३
आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP