Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
माैसम
  • Home
  • माैसम
  • ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’
‘जलवायु अनुकूलन अबको जीवन पद्धति’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज ८, २०८१

महोत्तरी-  मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु अनुकूलनको विषय अब जीवन पद्धतिसँग जोडिएको बताएका छन्  । संसार नै जलवायु परिवर्तनको असरले प्रभावित भइरहेका बेला अब चराचर प्राणीजगत्को जीवनका लागि जलवायु अनुकूलनतिर अग्रसर हुन अपरिहार्य बनेको उनले उल्लेख गरे ।

सिंहले बर्दिबासमा विभिन्न १४ वटा सामाजिक सङ्घसंस्थाले आज आयोजना गरेको ‘स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूलन’ छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गरे । जलवायु परिवर्तनका नकारात्मक असर घटाउँदै लान यो परिस्थितिभित्रबाटै सकारात्मक पहलकदमी आवश्यक रहेको उनको भनाइ छ ।

विषादीरहित प्राङ्गारिक खेतीपाती, सन्तुलित आहारविहार, प्रकृति संरक्षण र वातावरणीय सन्तुलनका लागि सघन वृक्षारोपणजस्ता विषय जलवायु अनुकूलनसँग जोडिएका हुँदा यसको अनुुसरण अनिवार्य बनेको मुख्यमन्त्री सिंहले स्पष्ट पारे ।  

Hardik health

जलवायु अनुकूलन सचेतना मधेसका बस्तीबस्तीमा पुर्‍याउन स्थानीय तह र सामाजिक सङ्घसंस्थाको नेतृत्वदायी भूमिका हुनपर्ने सिंहको भनाइ छ । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड नयाँ बिरुवा रोपिने अभियान थालेको बताए । अब गरिने वृक्षरोपण माटो जाँच र रोपिने बिरुवाको वातावरणीय विशेषता निर्क्यौल गरेर मात्र रोप्नुपर्ने उनको भनाइ छ । 

सम्मेलनमा जलवायु अनुकूलनसँग जोडिएका गरिबी र असमानतालाई सम्बोधन गर्न अनुकूलन क्रियाकलापको प्रभावकारिता, अनुकूलन क्रियाकलापलाई बढावा दिन नीतिगत वातावरण निर्माण र स्थानीय अनुकूलन क्रियाकलापको विश्वव्यापी लक्ष्यबारे घनिभूत छलफल गरिएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जानकारी दिए ।

सम्मेलनबाट जलवायु अनुकूलनसम्बन्धी विषयवस्तुबारे थप जानकारी प्राप्त गरेको बर्दिबास नगरपालिकाका उपप्रमुख तारादेवी महतोले बताए । सम्मेलनमा जलवायु अनुकूलन खेती अँगाल्दै आएका कोशी र बागमती प्रदेशका किसान समूह पनि सहभागी छन् ।


प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
थप माैसम
आज मौसम सफा रहने
आज मौसम सफा रहने बिहीबार, मंसिर २५, २०८२
देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव
देशका अधिकांश भागमा पश्चिमी वायुको आंशिक प्रभाव आइतबार, मंसिर २१, २०८२
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने बिहीबार, मंसिर १८, २०८२
बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव
बंगालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव मंगलबार, मंसिर १६, २०८२
आज देशका अधिकांश भागमा आंशिक बदली हुने
आज देशका अधिकांश भागमा आंशिक बदली हुने आइतबार, मंसिर १४, २०८२
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने बिहीबार, मंसिर ४, २०८२
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP