Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
कृषि
  • Home
  • कृषि
  • तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी
तरकारीखेतीबाट वार्षिक पन्ध्र लाख आम्दानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २३, २०८१

वेदकोट -  कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका ५० वर्षीय वीरबहादुर खड्का डेढ दशकदेखि तरकारीखेती गर्दै आएका छन् । सुरुआतमा उनले घरमा खानलाई मात्र तरकारीखेती गर्थे।

तरकारीखेतीबाट गतिलो आम्दानी हुन थालेपछि २०६५ सालदेखि खड्का व्यावसायिक रूपमा तरकारीखेतीमा जुटेका हुन् । तरकारीखेतीबाट मनग्य आम्दानी भइरहेको उनले सुनाए । “घरमै खानलाई दुई कट्ठा जमिनमा तरकारी लगाउँथेँ, धान, गहुँखेती गरिन्थ्यो । अहिले विस्तार गरेर दुई बिघामा लगाइएको छ”, खड्काले भने, “धान, गहुँखेती कम गरिन्छ । तरकारीखेतीमै लागिएको छ ।”

उर्वर भूमिमा धानका बाला लटम्म झुलेका छन् । धानबाली काटेर तरकारी लगाउने तयारी छ । चार कट्ठामा लगाइएको तरकारीका बेर्ना तयार भएका छन् । तरकारीको बेर्ना पनि बिक्री गर्ने गरेको खड्का बताए । उनको परिवारमा १२ सदस्य छन् । तरकारीखेतीबाट हुने आम्दानीले घरखर्च चलेको छ । तरकारीखेतीमा करिब रु सात लाख लगानी लाग्ने गरेको छ । 

Hardik health

“मल, बीउबिजन, सिँचाइलगायतमा वार्षिक लगानी कटाएर रु १५ लाख बचत हुन्छ”, खड्काले भने, “तरकारी बिक्रीका लागि सदरमुकाम महेन्द्रनगर लैजाने गरेका छौँ ।” तरकारीखेतीमा परिवारका सदस्य सबै जुट्ने गरेका छन् । भारतमा काम गर्ने वीरबहादुरका जेठा छोरा उमेश पनि अहिले गाउँमै बुबालाई खेतीमा सघाउँदै आएका छन् । “कोरोना महामारीका समयमा भारतबाट फर्किए, त्यसपछि भारत गएको छैन”, उमेशले भने, “तरकारी खेतीमा बुबालाई सघाएरै भारतमा कमाउनेभन्दा बढी पैसा कमाइ हुन्छ ।”

भारतबाट आयात हुने तरकारीका कारण आफूहरूको उत्पादनले सोचेजस्तो मूल्य नपाएको खड्का परिवारको गुनासो छ । भारतबाट आउने तरकारी बजारमा छ्यापछ्याप्ती हुँदा स्वदेशी उत्पादनले बजार पाउन मुस्किल भएको छ । “विषादी प्रयोग गरिएको तरकारी छिट्टै तयार भएर सस्तोमै बजारमा आउँछ । त्यसले स्वदेशको अग्र्यानिक ताजा तरकारीले मूल्य पाउँदैन”, उनले भने, “तरकारी सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता छ ।”

वीरबहादुरको परिवार आलु, प्याज, भन्टा, खुर्सानी, बैगनलगायत तरकारी उत्पादनमा व्यस्त छ । सरकारले बर्सेनि कृषिमा अनुदान दिने गरेको भए पनि आफूहरूले अहिलेसम्म अनुदान नपाएको उनको गुनासो छ । “यत्रो समयदेखि तरकारीखेती गरिरहेको छु । अहिलेसम्म पनि अनुदान पाएको छैन”, खड्काले भने ।


प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप कृषि
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न मंगलबार, साउन १९, २०८३
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज
मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज मंगलबार, साउन १२, २०८३
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
आँपको उत्पादन बढ्यो, घटेन मूल्य सोमबार, साउन ११, २०८३
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
प्रांगारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा आइतबार, साउन १०, २०८३
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
कोशीमा ७४ प्रतिशत धान रोपाइँ बिहीबार, साउन ७, २०८३
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग
जुम्लामा उत्पादन भएको स्याउको अधिक माग बुधबार, साउन ६, २०८३
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो शुक्रबार, साउन १, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP