Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • कुलमानविरुद्ध अख्तियारमा खरेलको उजुरी
कुलमानविरुद्ध अख्तियारमा खरेलको उजुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३०, २०८१

काठमाडौं– नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । प्रहरी सेवामा बहाल छँदा श्रीमतीको नाममा सुराक भत्ता थापेर खाएको आरोपमा विवादित बनेका उनले घिसिङविरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै उजुरी दिएका हुन् । 

राज्यलाई करोडौं रुपैयाँ घाटा हुनेगरी ऊर्जा उत्पादक कम्पनीसँग विद्युत् खरिदका लागि पिपिए गरेको उजुरीमा उल्लेख गरेका छन् । खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उजुरीको सबै व्यहोरा सार्वजनिक गरेका छन् । उनले ६६ वटा कम्पनीसँग कानुनविपरीत घिसिङले पिपिए गर्दा सरकारको खातामा आउने एक करोड १७ लाख २६ हजार रुपैयाँ राजस्व गुमेको उजुरीमा उल्लेख छ । घिसिङले २०७५ र २०७६ सालको विभिन्न मितिमा विभिन्न ऊर्जा उत्पादक कम्पनीहरूसँग नियमविपरीत ‘पावर पर्चेज एग्रिमेन्ट’ गरेको उनको जिकिर छ । उनले ती कम्पनीसँग विद्युत् नियमन आयोगको स्वीकृतिविना पिपिए गर्दा विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने उक्त रकम गुमाउनुपरेको आरोप लगाएका हुन् । 

विद्युत् खरिद सम्झौतामा सहमति दिँदा विद्युत् नियमन आयोगले शुल्क लिनुपर्छ । उक्त रकम पाएपछि मात्र प्राधिकरणले पिपिए गर्न पाउँछ । तर, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोग ऐन बनिसकेपछि पनि ऐनलाई नै मात खुवाउँदै आफूखुसी पिपिए गरेको खरेलले उजुरीमा उल्लेख गरेका छन् । 

Hardik health

आयोग ऐन बनेको एक वर्षपछि पनि प्राधिकरणले आयोगको स्वीकृतिविना नै पिपिए गरेर राज्यलाई करोडौंको नोक्सानी गराएको भनिएको छ । खरेलका अनुसार १७ मंसिर २०७४ गतेबाट विद्युत् नियमन ऐन लागू भए पनि घिसिङले ६२ वटा ऊर्जा उत्पादकसँग २०७५ मा र चारवटा ऊर्जा उत्पादकसँग २०७६ सालमा पिपिए गराएका थिए । उनले डेडिकेटेड र ट्रंकलाइनको विवादमा सरकारले गठन गरेको आयोगले तयार पारेको प्रतिवेदनको केही अंशलाई जोडेर घिसिङले तयार गरेको बिललाई फेरि हिसाब गरेर यकीन गर्न माग गरेका छन् ।

आयोगको प्रतिवेदनअनुसार छुट महसुलका लागि जुन बिल प्राधिकरणले पठाएको थियो, त्यो बिलमा उल्लेख गरिएको रकम नै झूठो भएको उनको दाबी छ । आयोगले नियमित महसुल बुझाउन बाँकी नरहेको भन्दै अतरिक्त महसुलमा विवाद भएको उल्लेख गरेको पनि उल्लेख छ । घिसिङले अर्बौं सम्पत्ति जोडेको र सम्पत्तिमाथि पनि छानबिन गर्न उजुरीमा माग गरेका छन् । खरेलले पहिल्यैदेखि नै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको आलोचना गर्दै आएका छन् । मंगलबार भने उनले अख्तियारमा उजुरी दायर गरेका हुन् । 

अख्तियार प्रवक्ता नरहरि घिमिरेले खरेलले घिसिङविरुद्ध उजुरी दिएको पुष्टि गरे । ‘उहाँ (खरेल)ले उजुरी दिनुभएको छ । उजुरीउपर हामी अध्ययन गर्दैछौं,’ घिमिरेले भने । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङविरुद्ध अख्तियार लगाउने चर्चा चलेको थियो । नभन्दै खरेल कुलमानविरुद्ध अख्तियार गुहार्न पुगे । यसलाई कतिपयले शंकाको दृष्टिले हेरेका छन् ।
 


प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:३३
#रमेश_खरेल #कुलमान_घिसिङ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
आकस्मिक बाढीको आज मध्यम जोखिम
आकस्मिक बाढीको आज मध्यम जोखिम मंगलबार, साउन १९, २०८३
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP