Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • कुलमानविरुद्ध अख्तियारमा खरेलको उजुरी
कुलमानविरुद्ध अख्तियारमा खरेलको उजुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन ३०, २०८१

काठमाडौं– नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । प्रहरी सेवामा बहाल छँदा श्रीमतीको नाममा सुराक भत्ता थापेर खाएको आरोपमा विवादित बनेका उनले घिसिङविरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै उजुरी दिएका हुन् । 

राज्यलाई करोडौं रुपैयाँ घाटा हुनेगरी ऊर्जा उत्पादक कम्पनीसँग विद्युत् खरिदका लागि पिपिए गरेको उजुरीमा उल्लेख गरेका छन् । खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उजुरीको सबै व्यहोरा सार्वजनिक गरेका छन् । उनले ६६ वटा कम्पनीसँग कानुनविपरीत घिसिङले पिपिए गर्दा सरकारको खातामा आउने एक करोड १७ लाख २६ हजार रुपैयाँ राजस्व गुमेको उजुरीमा उल्लेख छ । घिसिङले २०७५ र २०७६ सालको विभिन्न मितिमा विभिन्न ऊर्जा उत्पादक कम्पनीहरूसँग नियमविपरीत ‘पावर पर्चेज एग्रिमेन्ट’ गरेको उनको जिकिर छ । उनले ती कम्पनीसँग विद्युत् नियमन आयोगको स्वीकृतिविना पिपिए गर्दा विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने उक्त रकम गुमाउनुपरेको आरोप लगाएका हुन् । 

विद्युत् खरिद सम्झौतामा सहमति दिँदा विद्युत् नियमन आयोगले शुल्क लिनुपर्छ । उक्त रकम पाएपछि मात्र प्राधिकरणले पिपिए गर्न पाउँछ । तर, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोग ऐन बनिसकेपछि पनि ऐनलाई नै मात खुवाउँदै आफूखुसी पिपिए गरेको खरेलले उजुरीमा उल्लेख गरेका छन् । 

Hardik health

आयोग ऐन बनेको एक वर्षपछि पनि प्राधिकरणले आयोगको स्वीकृतिविना नै पिपिए गरेर राज्यलाई करोडौंको नोक्सानी गराएको भनिएको छ । खरेलका अनुसार १७ मंसिर २०७४ गतेबाट विद्युत् नियमन ऐन लागू भए पनि घिसिङले ६२ वटा ऊर्जा उत्पादकसँग २०७५ मा र चारवटा ऊर्जा उत्पादकसँग २०७६ सालमा पिपिए गराएका थिए । उनले डेडिकेटेड र ट्रंकलाइनको विवादमा सरकारले गठन गरेको आयोगले तयार पारेको प्रतिवेदनको केही अंशलाई जोडेर घिसिङले तयार गरेको बिललाई फेरि हिसाब गरेर यकीन गर्न माग गरेका छन् ।

आयोगको प्रतिवेदनअनुसार छुट महसुलका लागि जुन बिल प्राधिकरणले पठाएको थियो, त्यो बिलमा उल्लेख गरिएको रकम नै झूठो भएको उनको दाबी छ । आयोगले नियमित महसुल बुझाउन बाँकी नरहेको भन्दै अतरिक्त महसुलमा विवाद भएको उल्लेख गरेको पनि उल्लेख छ । घिसिङले अर्बौं सम्पत्ति जोडेको र सम्पत्तिमाथि पनि छानबिन गर्न उजुरीमा माग गरेका छन् । खरेलले पहिल्यैदेखि नै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको आलोचना गर्दै आएका छन् । मंगलबार भने उनले अख्तियारमा उजुरी दायर गरेका हुन् । 

अख्तियार प्रवक्ता नरहरि घिमिरेले खरेलले घिसिङविरुद्ध उजुरी दिएको पुष्टि गरे । ‘उहाँ (खरेल)ले उजुरी दिनुभएको छ । उजुरीउपर हामी अध्ययन गर्दैछौं,’ घिमिरेले भने । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङविरुद्ध अख्तियार लगाउने चर्चा चलेको थियो । नभन्दै खरेल कुलमानविरुद्ध अख्तियार गुहार्न पुगे । यसलाई कतिपयले शंकाको दृष्टिले हेरेका छन् ।
 


प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:३३
#रमेश_खरेल #कुलमान_घिसिङ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल शुक्रबार, माघ १६, २०८२
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै शुक्रबार, माघ १६, २०८२
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र शुक्रबार, माघ १६, २०८२
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण शुक्रबार, माघ १६, २०८२
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते शुक्रबार, माघ १६, २०८२
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील शुक्रबार, माघ १६, २०८२
लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली
लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन्ः अध्यक्ष ओली शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP