Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रियसभा बैठकः संविधान संशोधनबारे अनर्गल प्रचार नगर्न आग्रह
राष्ट्रियसभा बैठकः संविधान संशोधनबारे अनर्गल प्रचार नगर्न आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २१, २०८१

काठमाडौँ -राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीपहिरोलगायत मनसुनजन्य विपत्तिका घटनाका पीडित नागरिकलाई शीघ्र राहत उपलब्ध गराउन सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद राधेश्याम पासवानले देशका विभिन्न स्थानमा बाढीपहिरोले धेरै जनधनको क्षति भएको र कतिपय पीडितले अझैपनि राहत नपाएको भन्दै उनीहरुलाई चाडो राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले हालै भएको सौर्य एयरलाइन्सको विमान तथा त्रिशूली नदीमा बस दुर्घटना र बाढीपहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरे ।

सांसद भगवती न्यौपानेले संविधान संशोधन संविधानमै व्यवस्था भएकाले यस विषयमा अनर्गल प्रचार नगर्न आग्रह गरे । उनले संविधान जारी भएको झण्डै १० वर्षमा यसलाई समृद्ध बनाउन विभिन्न पक्षबाट माग भइआएको सन्दर्भमा देश र जनताको हितमा रहेर संविधान संशोधन गरी प्राप्त उपलब्धिको संस्थागत विकास र जचाहना अनुरुप अगाडि बढन्पर्ने बताए । सांसद न्यौपानेले संविधानअनुरुप राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग र जातको हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न र कमजोरी रहेका विषयलाई संशोधन गरेर यसलाई सकारात्मक रुपमा अगाडि बढाउन सकिने धारणा राखे ।

Hardik health

बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले स्वीकृत गरेको थियो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेश गरे ।

मन्त्री चौरसियाले दुई आयोगको समयावधि असार मसान्तसम्म रहेको र शान्तिप्रक्रियाका थाती काम सम्पन्न गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्को असार २७ गतेको बैठकको निर्णयबाट विस २०८० असार मसान्तसम्म कार्याअवधि थप गर्ने निर्णय भएअनुरुप बाधा अड्काउ फुकाउ आदेश पेश गरेको बताए । राष्ट्रियसभाको अर्को बैठक यही साउन ३१ गते बिहीबार १ बजेर १५ मिनेटमा बस्नेछ ।


प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै
सुदूरपश्चिममा क्षयरोगको समस्या बढ्दै बुधबार, चैत ११, २०८२
पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता बुधबार, चैत ११, २०८२
घोषित मितिमै निर्वाचन गर्न आयोग सफल : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
घोषित मितिमै निर्वाचन गर्न आयोग सफल : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी बुधबार, चैत ११, २०८२
मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको रुपमा बालेनको शपथ हुने
मध्याह्न १२:३४ बजे प्रधानमन्त्रीको रुपमा बालेनको शपथ हुने बुधबार, चैत ११, २०८२
महानगरपालिका काव  प्रमुख डंगोलबाट कार्यसम्पादन प्रणालीको अनुगमन शुरू
महानगरपालिका काव प्रमुख डंगोलबाट कार्यसम्पादन प्रणालीको अनुगमन शुरू बुधबार, चैत ११, २०८२
कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन्
कोभिडले बन्द भएका इँटा उद्योग अझै सञ्चालनमा आउन सकेनन् बुधबार, चैत ११, २०८२
ठमेलबाट युगाण्डाका २० महिला पक्राउ
ठमेलबाट युगाण्डाका २० महिला पक्राउ बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP