Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशबाट फर्केर उद्यम गरिरहेका उत्कृष्ट उद्यमीलाई राष्ट्रिय सम्मान
विदेशबाट फर्केर उद्यम गरिरहेका उत्कृष्ट उद्यमीलाई राष्ट्रिय सम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १७, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएकाहरुलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी स्वदेशमा नै लगानी गरी उद्यमशीलता तथा रोजगारी प्रवद्र्धनमा जोड दिन आग्रह गरेका छन् । उनले वैदेशिक रोजगारीबाट फर्केर नेपालमा उद्यम गरिरहेका उत्कृष्ट उद्यमीलाई आइतबार मन्त्रालयमा राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण गर्ने क्रममा उक्त कुरा बताएका हुन् । 

मन्त्री अर्यालले विदेशबाट फर्किएका नेपालीले उद्योग सञ्चालन तथा आन्तरिक रोजगारी सिर्जना गर्नु देशकै लागि प्रेरणाको स्रोत भएको बताए । ‘वैदेशिक रोजगारीबाट फर्किएर उद्यम गरिरहेकाहरुबाट स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश पुरस्कृत उद्यमीहरुले दिनुभएको छ,’ उनले भने, ‘अब एकपटक विदेश गएर सिकेका ज्ञान, सीप र आर्जन गरेको पुँजीलाई मुलुकभित्रै प्रयोग गरी उद्यमी बनाउनका लागि आवश्यक वातावरण तयार पार्न सबै मिलेर लाग्नुपर्छ ।’ 

वैदेशिक रोजगारीमा गएर फर्केका युवालाई मुलुकभित्रै रहने वातावरण बनाउनु अहिलेको आवश्यकता देखिएको भन्दै मन्त्री अर्यालले उद्यमशीलता र रोजगार प्रवद्र्धन गर्न सरकारको तर्फबाट सहुलियत कर्जालाई सहज र व्यवस्थित रुपमा प्रवाह गर्न आवश्यक तयारी भइरहेको बताए । ‘चर्को ब्याजमा कर्जा लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई हटाउन मन्त्रालयले तयारी गरेको छ,’ उनले भने । मन्त्री अर्यालले मिटरब्याजमा कर्जा लिएर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न र स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गराउने कार्यसमेत भइरहेको बताए ।

श्रमसचिव घनश्याम उपाध्यायले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम तथा रोजगारी सिर्जना गर्नेहरुलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्मान तथा पुरस्कार प्रदान गरिएको बताए । ‘विदेशमा आर्जन गरेको सीप र पुँजी लगानी गरेर स्वदेशमा नै उद्योग र रोजगारी सिर्जना गर्नुभएको छ,’ उनले पुरस्कृत हुनेहरुलाई बधाई दिंदै भने, ‘मन्त्रालयले रोजगारी दिने नभई रोजगारीका लागि समन्वय गर्ने हो, तपाईंहरुले उद्यम पनि गर्नुभएको छ, रोजगारी पनि दिनुभएको छ, यस्तो अवस्थामा तपाईंहरुलाई सम्मान र पुरस्कृत गर्नु हाम्रो दायित्व हो ।’ उनले पुरस्कृत तथा सम्मानित हुने सबै उद्यमी आ–आफ्नो क्षेत्रमा सफल देखिएको भन्दै उनीहरुको सहजीकरणका लागि सरकारले सदैव सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

Hardik health

श्रम मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ को उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट झापाका चन्द्रप्रसाद बस्नेतलाई पुरस्कृत गरेको छ । उनले एक लाख ५० हजार राशिको उक्त पुरस्कार हात पारे । ‘लर्न एण्ड अर्न’ योजनाअन्तर्गत इजरायल गएका बस्नेतले स्वदेश फर्किएर २०७६ बाट झापा गाउँपालिका–३ स्थित ३० बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका छन् । उनले एग्री सेन्टर झापा प्रालिको नामबाट सञ्चालन गरेको केराखेतीमा २७ जनाले प्रत्यक्ष रोजगारी पाएको मन्त्रालयले जनाएको छ । 

यस्तै अन्य सात जनाले जनही ७५ हजार राशिको उद्यमी राष्ट्रिय पुरस्कार पाए । यसरी सम्मानित एवं पुरस्कृत हुनेमा गुल्मीको गौरव दुग्ध डेरी प्रालिका सञ्चालक रविलाल पन्थ, झापाको जिएमसी सप्लायर्सका सञ्चालक मोहनप्रसाद संग्रौला, जुम्लाको कर्णाली इनोभेटिभ टेक्नोलोजी डेभलपमेन्ट उद्योगका सञ्चालक टक्कबहादुर नेपाली, कञ्चनपुरको चन्द्ररेखा इन्टरप्राइजेज प्रालिका सञ्चालक चन्द्रसिंह थापा, नुवाकोटको कन्यादेवी बंगुर फार्मका सञ्चालक अर्जुन परियार, म्याग्दीको विसम कृषि तथा पशुपालन फार्मका सञ्चालक भुपेन्द्र शर्र्मा र बाराको निजगढ केरा एग्रिकल्चर फार्मका सञ्चालक हिराबहादुर थापा मगर रहेका छन् ।

पुरस्कृत तथा सम्मानित हुनेहरु इजरायल, मलेसिया, खाडी मुलुक, दक्षिण कोरियालगायतका मुलुकमा रोजगारी गरेर फर्किएकाहरु रहेको मन्त्रालयले जनाएको छ । सरकारले २०७६ सालदेखि वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमा नै स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनमा योगदान पु¥याएबापत प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

मन्त्रालयले यस बर्ष पुरस्कारका लागि ८९ जना उद्यमीले आवेदन दिए पनि मापदण्ड पूरा गरेका आठ उद्यमीलाई पुरस्कृत गरिएको जनाएको छ । मापदण्डअनुसार पुरस्कारका लागि वैदेशिक रोजगारमा न्यूनतम एक वर्ष काम गरेको र नेपाल फर्किएर व्यवसाय सञ्चालन गरेको कम्तीमा एक वर्ष पूरा हुनुपर्ने व्यवस्था छ ।

०००
 


प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP