Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भव्य नगर
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
  • #उत्तराखण्ड बाढी
Search Here
समाचार
  • Home
  • समाचार
  • एसईईमा नतिजामा उदांगिएकाे वास्तविकता
एसईईमा नतिजामा उदांगिएकाे वास्तविकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन
शुक्रबार, असार १४, २०८१

काठमाडौं– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्णभन्दा अनुत्तीर्ण धेरै भएका छन् । परीक्षा लेखेकामध्ये ५२ प्रतिशत अनुत्र्तीण भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । अनुत्तीर्णलाई ‘नन ग्रेडेड’ अर्थात् एनजी भनिएको छ । परीक्षामा ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागीमा भएकामा २ लाख ४२ हजार ३१३ जना एनजीमा परेका हुन् । 

यसले माध्यमिक तहमा शिक्षण सिकाइ चरम संकटमा छ भन्ने देखाएको टिप्पणी भइरहेको छ । लामो समयदेखि सार्वजनिक विद्यालयको क्षेत्रमा क्रियाशील संस्था सूत्र फर लिडर्सका विजयमणि पौडेल त यस्तो संकट विगतमा लुकाइएको र अहिले उदाङ्गिएको बताउँछन् । उनले प्रभावसँग भने, ‘हिजो अंकको प्रणाली हुँदासम्म शिक्षण सिकाइ कमजोर देखिएकै थियो तर ९ वर्ष लुकाइएको थियो । यसपटक देखियो ।’

बिहीबार सार्वजनिक नतिजाअनुसार २ लाख २२ हजार ४७२ जना (४७ दशमलव ८६ प्रतिशत) विद्यार्थी भने उत्तीर्ण भएका छन् । यसमा सबभन्दा धेरै ७८ हजार ८७४ जना जीपीए २.८० देखि ३.२० मा परेका छन् ।यस वर्षदेखि लागू नयाँ लेटर ग्रेडिङ प्रणालीअनुसार परीक्षामा सहभागी विद्यार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्क ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ २५ पूर्णाङ्क ४० प्रतिशत अंक ल्याउनै पर्ने हुन्छ । कुनै एक विषयमा पनि न्यूनमत प्रतिशत अंक ल्याउन नसकेमा ग्रेडमा नपर्ने हुन्छ । सोही आधारमा यस वर्ष २ लाख ४२ हजार ३१३ जना विद्यार्थी ननग्रेडमा परेका हुन् ।

परीक्षा बोर्डका अनुसार उनीहरूमध्ये बढीमा दुई विषयमा ३५ प्रतिशत अंक ल्याउन नसकेका १ लाख १५ हजार ८३४ जनाले पुरक परीक्षा दिन पाउने छन् । मौका परीक्षा आगामी १८ र १९ साउनमा तोकिएको छ । जुन परीक्षामा सहभागी भएर परीक्षार्थीले ग्रेडवृद्धि गर्न सक्नेछन् । अरूले भने आगामी चैतमा हुने परीक्षामा एनजी आएको विषयको मात्र परीक्षा दिन पाउनेछन् । बिहीबार सार्वजनिक नतिजाअनुसार सबैभन्दा बढी गणित विषयमा एनजी अर्थात् पूर्णाङ्कको ३५ प्रतिशत अंक ल्याउन सकेनन् । उनीहरूको संख्या १ लाख ७७ हजार ९८५ जना हो । 

यस्तै विज्ञानमा १ लाख २६ हजार ९३३ जना, अंग्रेजीमा १ लाख १३ हजार ३८३, नेपालीमा ७९ हजार ६१ र सामाजिक विषयमा ७३ हजार ८७७ विद्यार्थीले ३५ प्रतिशत अंक ल्याएनन् । नतिजाले गणित, विज्ञान, अंग्रेजीजस्ता अनिवार्य विषयको शिक्षण सिकाइमा समस्या देखाएको छ । तर, शिक्षण सिकाइ सुधारका लागि प्रयासहरू नभएको पनि होइनन् । नतिजामा चाहिँ शिक्षण सिकाइ सुधार भएको देखिएन ।उसो त हरेक वर्षको नतिजामा देखिने ठूलो अन्तर भनेको सैद्धान्तिक र प्रयोगात्मक अंकमा हो । यो वर्षको नतिजाले त्यसलाई अझ छरपष्ट पारेको छ ।

जसरी गणितमा सैद्धान्तिकतर्फ १ लाख ७७ हजार ९८५ जना विद्यार्थीले ग्रेडेड हुन चाहिने ३५ प्रतिशत अंक ल्याएनन् भने आन्तरिक मूल्याङ्कनमा शतप्रतिशतले ग्रेडेड हुन चाहिने ४० प्रतिशत अंक पाए । अंग्रेजी विषयमा १ लाख ३ हजार विद्यार्थी सैद्धान्तिक मूल्याङ्कनमा नन ग्रेडेड हुँदा शिक्षक, विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनमा कोही पनि नन ग्रेडेड भएनन् ।माध्यमिक शिक्षाका जानकार मेदिन लामिछानेले भने, ‘पढाउने शिक्षकले मूल्याङ्कन गर्दा सबै ग्रेडेड, अर्को शिक्षकले मूल्याङ्कन गर्दा ठूलो संख्या नन ग्रेडेड नहुनुपर्ने हो । शिक्षकले गरेको मूल्याङ्कन सही भएन या परीक्षा बोर्डले लिएको परीक्षा प्रणाली सही भएन ।’

परीक्षा बोर्डसँगै शिक्षक र विद्यालयलाई जिम्मेवार बनाउनुपर्नेमा उनको जोड छ  । ‘शिक्षकले प्रक्षेपित अंक र विद्यार्थीले ल्याएको अंकको बीचमा रहेर मूल्याङ्कन गर्न सकिने ठाउँ छ’, उनले भने, ‘यसमा शिक्षकलाई जवाफदेही बनाएर उसले दिएको अंकमा यति प्रतिशतभन्दा बढी अन्तर भएमा नतिजा खारेज गर्न सकिने व्यवस्था पनि रहन्छ ।’तर, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा भने नजितालाई नकारात्मक भन्न नसकिने जिकिर गर्छन् । ‘विगतमा तल्लो ग्रेडलाई पनि ग्रेडेड भनेर पठाउँथ्यौं । यो वर्ष ३५ प्रतिशतभन्दा कम भएकालाई पठाउन नमिल्ने भएकाले ग्रेडेड हुनेको संख्या कम भएको हो’, उनले भने । 

नन ग्रेडको प्रतिशत बढी देखिए पनि विषयगत नतिजामा नन ग्रेड हुनेको संख्यामा कमी आएको पनि बताए । ‘अंग्रेजी, विज्ञान, गणितमा नन ग्रेड हुनेको संख्या घटेर विषयगत परीक्षामा सुधार आएको छ’, उनले भने, ‘माथिल्लो ग्रेड ल्याउनेको संख्या पनि बढेको छ । त्यसैले यो नतिजालाई म नकारात्मक लिदिनँ ।’तर, बोर्डले लिएको एसईई परीक्षामा सर्वाधिक फेल अर्थात् एनजी भएको भनेको सुदूरपश्चिम प्रदेशको हो । 

सुदूरपश्चिमबाट ५३ हजार ४ सय ४६ विद्यार्थीले एसईई दिएकोमा ३६ हजार ४ सय १० अर्थात ६८ दशमलव १२ प्रतिशत ननग्रेडिङ भएका हुन् । तीमध्ये १६ हजार ३७२ छात्र र २० हजार ३८ छात्रा छन् । सुदूरका ७९० विद्यार्थीले उत्कृष्ट नतिजा ३.६० देखि ४ जीपीए ल्याएका हुन् । सुदूरपछि धेरै विद्यार्थी असफल हुने प्रदेशमा लुम्बिनी परेको छ । लुम्बिनीका ८० हजार ३२७ विद्यार्थीले परीक्षा दिएकोमा ६१.२७ प्रतिशत अर्थात ४९ हजार २२४ ननग्रेडिङ भए । तीमध्ये २३ हजार १३५ छात्र र २६ हजार ८४ छात्रा छन् । त्यस्तै, लुम्बिनीमा ३ हजार २ सय ९० विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । 

सुदूर र लुम्बिनीपछि धेरै विद्यार्थी ननग्रेडिङ भएको कर्णालीमा हो । त्यहाँ ३५ हजार ३४ विद्यार्थीले एसईई दिएकोमा २० हजार ३ सय ८० अर्थात् ५८.१७ प्रतिशत ननग्रेडिङ भए । तीमध्ये ९ हजार ६४५ छात्र र १० हजार ७३४ छात्रा छन् । कर्णालीबाट सबैभन्दा कम विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएकी छैनन् । त्यहाँका ४४१ विद्यार्थीले ३.६० देखि ४ जीपीए प्राप्त गरे । 

बागमती प्रदेशको समग्र नतिजा अरु प्रदेशको तुलनामा राम्रो देखिएको छ । ९९ हजार ८७२ विद्यार्थीले एसईई दिएकोमा ३३ हजार ८४३ अर्थात्, ३३ दशमलव ८८ प्रतिशत ननग्रेडिङ भएका छन् । तीमध्ये १६ हजार १४६ छात्र र १७ हजार ६९७ छात्रा छन् उत्कृष्ट जीपीए ९३.६० देखि ४० ल्याउनेमा पनि बागमती सबैभन्दा अगाडि छ । 

यसपछि कोशी र मधेश प्रदेशको ननग्रेडिङ स्थिति राष्ट्रिय नतिजाआसपास नै देखिएको छ । कोशी प्रदेशमा ५२.५० प्रतिशत ननग्रेडिङ भएका छन् । ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ एनजी भएका छन् । तीमध्ये छात्रा २० हजार ६१३ र छात्र १९ हजार २८२ छन्  

मधेशबाट ७९ हजार ५९२ विद्यार्थीले एसईई दिएकोमा ५३.१२ प्रतिशत अर्थात् ४२ हजार २८६ विद्यार्थीननग्रेडिङ भए । तीमध्ये २२ हजार ७४७ छात्रा र १९ हजार ५३७ छात्र छन् । मधेशमा ३ हजार ९५७ विद्यार्थीले ३.६० देखि ४ जीपीएको उत्कृष्ट नतिजा ल्याएका छन् ।
देशभरको परीक्षामा १८६ जनाले भने चार जीपीए प्राप्त गरेका थिए । 
 


प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १०:५०
#एसईई
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रहरीद्वारा ‘क्राइम ब्युरो’ चलाउने नक्कली प्रहरी पक्राउ
प्रहरीद्वारा ‘क्राइम ब्युरो’ चलाउने नक्कली प्रहरी पक्राउ सोमबार, साउन २६, २०८२
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते सोमबार, साउन २६, २०८२
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै सोमबार, साउन २६, २०८२
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै आइतबार, साउन २५, २०८२
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन आइतबार, साउन २५, २०८२
पर्साको ठोरीमा पाटे बाघ मृत 
पर्साको ठोरीमा पाटे बाघ मृत  आइतबार, साउन २५, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP