Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • वैदेशिक रोजगार विभाग घेर्न गएका आईटी आर्मी र प्रहरीबीच घम्साघम्सी
वैदेशिक रोजगार विभाग घेर्न गएका आईटी आर्मी र प्रहरीबीच घम्साघम्सी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १३, २०८१

काठमाडौं - आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगार क्षेत्रका पीडितहरुलाई न्यायको माग गर्दै आज १२औं दिन पनि नारा जुलुशसहित धर्ना एवं घेराउ कार्यक्रमलाई जारी राखेका छन् ।

बिहिबार आईटी आर्मीको नाराजुलुशलाई प्रहरीले रोक्न खोजेपछि केही समय दुबै पक्षबीच घम्साघम्सी समेत चलेको थियो । प्रतिकुल मौसमको प्रवाह बिना विगत १२ दिनदेखि आन्दोलन भईरहेको भए पनि सरकार कानमा तेल हालेर सुतेकोप्रति आन्दोलनकारीहरुले कालोपट्टी बाँधेर आपती समेत जनाउदै आएका छन् ।

आईटी आर्मीका अध्यक्ष चन्द्र भुषण साहले वैदेशिक रोजगार क्षेत्रका भ्रष्ट अधिकारी तथा ठग मेनपावर र ऐजेंटलाई सरकारकै संरक्षण रहेको आरोप समेत लगाएका छन् । अहिले सरकारसँग भ्रष्ट र ठगहरूको गहिरो दोस्ती एवं सहकार्य रहेको पुष्टि हुँदै गएको छ । वैदेशिक रोजगारको ठगी बारे सरकार यसरी नै मौन रहे आईटी आर्मीले कडा कदम चाल्ने चेतावनी अध्यक्ष साहले दिएका छन् ।

आईटी आर्मीका अध्यक्ष साहका अनुसार विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारत लागू गर्नुपर्ने, निजी मेनपावरहरू खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।

Hardik health

यस अघि आईटी आर्मीले ११ बुँदे माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभागलाई ज्ञापन पत्र समेत बुझाइसकेको छ ।  संविधानको धारा ३३ मा रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरिएपनि अहिलेको भगौडा दलाल वर्गको यो लुटकारी शासन सत्ताले युवाहरुलाई रोजगारीको अवसर दिन नसकेको तर देशभित्रको उद्योगहरुमा विदेशी कामदारहरुले अवसर पाइरहेको अध्यक्ष सीबी साहले जनाएका छन् ।

युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको छ । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको साहको आरोप छ । नेताहरु विना लगानी मेनपावरको शेयर होल्डर बनिरहेको पनि उनले बताए । यस्ता प्रकारका दुष्चक्र अन्त्य हुनुपर्ने आईटी आर्मीको माग छ ।

‘हाम्रा युवाहरुलाई आज मरुभूमिमा मर्न बाध्य बनाइएको छ । ती युवाहरुको खुन पसिनाले आर्जित रेमिट्यान्सलाई नेपालका भ्रष्ट नेताहरु, यहाँका प्रस्तावहरु र अवैध व्यापारीहरुले आफ्नो कालो धनलाई सट्टापट्टाको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भ छ’ उनले भने । असुरक्षित श्रम स्वीकृतिका कारण विदेशमा ज्यान गुमाउने युवाहरुको मृत्युलाई उनले ‘राज्यद्वारा गरिएको हत्या’ का रुपमा परिभाषित गर्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने अध्यक्ष साहको जिकिर छ । 

आईटी आर्मीका नेता राजनिश प्रसाद कुशवाहाले वैदेशिक रोजगारको क्षेत्रमा जताततै मनोमानी भइरहेकाले सर्वसाधरण पीडित बनेको बताएँ । ‘लाखौं लाख युवासँग खर्बौंको रकम ठगी भइरहेको छ । ५, १० हजारको नाममा २ लाख, ५ लाख, १० लाख गरी लाखौंलाख अवैध असुली भइरहेको छ । विगत लामो समयदेखि भइरहेको असुलीलाई हामी रोक्न चाहन्छौं । असुली भएको रकम फिर्ता गराउन चाहन्छौं’ कुशवाहाले भनेका छन् । 

आईटी आर्मीले वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभाग घेराउ एवं धर्ना दिइएको हो । आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी कुशवाहाले दिएका छन् । 

‘वैदेशिक रोजगारमा गएका लाखौं लाख युवाहरुको माग सम्बोधनका निमित आफूहरुले निरन्तर आन्दोलन गरिरहेको भए पनि सरकारले समस्या समाधानका लागि पहल नगर्दा दुख लागेको छ । तर हामी थाकेका छैनौं, हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ’ कुशवाहाले भने, ‘हामी हाम्रो मागको बारेमा सरकार र विभागलाई विगतमा पनि ध्यानाकर्षण गराइसकेका छौं तर पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ ।’ 

विदेश पठाउने नाममा धेरै अनियमितता, भ्रष्टाचार र ठगी भइरहेको आईटी आर्मीले जनाएको छ । अहिलेसम्म यी मुद्दामा कुनै राजनीतिक दलहरुले आवाज नउठाइ दिएकाले आफूले सशक्त रुपमा आवाज उठाउन विभाग घेराउ गरेको उनीहरुले जनाएका छन् ।वेरोजगारको खुलेआम व्यापार भईरहेको र ठगहरुसामू वर्तमान सरकार लाचार भएको स्थितिमा पीडितलाई न्याय दिलाउन आईटी आर्मीले लिएको पहलकदमी सराहनीय रहेको आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको विश्वास रहेकाे छ ।


प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन शुक्रबार, माघ १६, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न बिहीबार, माघ १५, २०८२
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला बिहीबार, माघ १५, २०८२
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बुधबार, माघ १४, २०८२
सरकारलाई दबाब दिन माइतीघर मण्डलमा उत्रिए इपिएसपीडित
सरकारलाई दबाब दिन माइतीघर मण्डलमा उत्रिए इपिएसपीडित बुधबार, माघ १४, २०८२
कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा
कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा मंगलबार, माघ १३, २०८२
अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, माघ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP