Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘कांग्रेस सदनमा फितलो देखियो’
कांग्रेस केन्द्रीय समिति बैठक ‘कांग्रेस सदनमा फितलो देखियो’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १०, २०८१

Prakashsharan-mahat-1716441496.jpg
सरकार निरंकुशतातर्फ उन्मुख छ । कानुनी राज्यको विरोधमा सरकार लागेको छ । यस्तो प्रवृत्तिको विरुद्ध हामी उभिन्छौं ।
डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सदनमा कांग्रेसको प्रस्तुति निकै कमजोर भएको भन्दै प्रश्न उठाएका छन् । बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकमा केन्द्रीय सदस्यहरुले यस्तो प्रश्न उठाएका हुन् ।

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण हुँदाहुँदै कांग्रेस सांसदहरुले सदनमा कुनै भूमिका खेल्न नसकेको आरोप लगाएका हुन् । ‘नीति तथा कार्यक्रम पनि सजिलै आयो, गृहमन्त्री रवि लामिछानेले बोल्ने मौका पनि पाए, हुुँदाहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पनि लिन भ्याए,’ बैठकपछि एक केन्द्रीय सदस्यले भने, ‘संसदीय छानबिन समिति बनाउँछु भनेर प्रधानमन्त्रीले कांग्रेसलाई फस्ल्याङफुस्लुङ पारे ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभामा संसदीय दलका नेता हुन् । कांग्रेस ८८ सांसदसहित प्रतिनिधिसभाको पहिलो दल हो । सहकारीको रकम ठगी प्रकरणमा कांग्रेसले दुई महिनादेखि संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध पार्दै आएको थियो । प्रधानमन्त्री दाहाल पनि कांग्रेसको मागमा सकारात्मक देखिए । समिति गठनका लागि कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल पनि बन्यो । तर कार्यादेश (टिओआर)मा कुरा नमिल्दा अझै पनि सहमति जुट्न सकेको छैन ।

Hardik health

कांग्रेसले समितिमा सहमहामन्त्री जीवन परियारलाई खटाएको छ । परियारले अडान राख्न नसक्दा कार्यदलमा कांग्रेसको प्रस्तुति कमजोर भएकोसमेत ती केन्द्रीय सदस्यको दाबी रह्यो । कांग्रेसको अवरोधका बीच सरकारले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । यहीबीचमा जेठ ६ गते कांग्रेसले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्ने मौका दियो । भोलिपल्टै प्रधानमन्त्री दाहालले विश्वासको मत लिए ।

तेस्रो दिन कांग्रेसको अवरोधका बीच गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिए । यसरी सदनमा कमजोर भएकै कारण अब कांग्रेस सडकमा उत्रिनुपर्ने भएको ती केन्द्रीय सदस्यको दाबी थियो ।

आइतबार काठमाडौंमा प्रदर्शन
कांग्रेसले जेठ १३ गते आइतबार उपत्यका केन्द्रित प्रदर्शन गर्ने भएको छ । सहकारीको रकम अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न दबाब बढाउन कांग्रेसले आन्दोलन गर्न लागेको हो । बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । 

‘सरकार निरंकुशतातर्फ उन्मुख छ । कानुनी राज्यको विरोधमा सरकार लागेको छ । यस्तो प्रवृत्तिको विरुद्ध हामी उभिन्छौं,’ कांग्रेस प्रवक्ता डा. महतले भने ।कांग्रेसले आवश्यक तयारीका लागि बुधबारको बैठकमा उपत्यकाका तीनै जिल्लाका पार्टी सभापति, भ्रातृ संगठनका प्रमुखहरुलाई आमन्त्रण गरेको थियो । प्रवक्ता महतले सरकार नै जनतालाई ठगी गर्ने, अपराधीलाई संरक्षण गर्ने, संविधान, लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतामा आक्रमण गर्दै निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाए । बैठकले देशभरका सहकारीपीडितलाई न्याय दिलाउन माग गरेको छ । सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनसहित ठगीमा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको छ ।

प्रवक्ता महतले सरकारले मिडियामाथि नियन्त्रण गर्ने, पत्रकारलाई त्रासमा राख्ने र प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न उद्दत देखिएको बताए । ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध गृह प्रशासन जसरी प्रस्तुत भयो । त्यो प्रतिशोधपूर्ण छ भन्ने हाम्रो ठहर छ । पछिल्लो समयमा निरन्तर रुपमा कान्तिपुरले गृहमन्त्री स्वयम्ले सहकारी ठगी गरेको विषयलाई प्रस्तुत गरेकै आधारमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएकोप्रति हाम्रो आपत्ति छ । मिडियालाई नियन्त्रणमा लिने, त्रासमा राख्ने सरकारको नियत देखिएको छ,’ उनले भने ।



गृहमन्त्रीमाथि छानबिन गर्न राप्रपाको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेको छ । धुम्बाराहीमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि छानबिनको माग गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रस्ट छ,’ राप्रपाको निर्णयमा उल्लेख छ, ‘नागरिकता प्रकरणमा जुन ढंगबाट कैलाश सिरोहियामाथि छानबिन सुरू भएको छ, त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ ।’


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेक लागेर तीर्थालुको मृत्यु
लेक लागेर तीर्थालुको मृत्यु सोमबार, कात्तिक १०, २०८२
सुरु भयाे कार्तिक नाच आजदेखि
सुरु भयाे कार्तिक नाच आजदेखि सोमबार, कात्तिक १०, २०८२
आन्दोलनमा भएको घटनामा कारबाही र सुरक्षाको प्रत्याभूतिका लागि महासंघको आग्रह 
आन्दोलनमा भएको घटनामा कारबाही र सुरक्षाको प्रत्याभूतिका लागि महासंघको आग्रह  सोमबार, कात्तिक १०, २०८२
राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान
राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान सोमबार, कात्तिक १०, २०८२
झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल
झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल सोमबार, कात्तिक १०, २०८२
अझै पाँच हजार कैदी कारागार बाहिरै
अझै पाँच हजार कैदी कारागार बाहिरै सोमबार, कात्तिक १०, २०८२
देउवा दम्पत्ती  सिंगापुर जाँदै
देउवा दम्पत्ती  सिंगापुर जाँदै सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
एन आई सी एशिया बैंकको सम्पत्ति लिलाममा
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP