Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री ‘सकारात्मक’
सहकारी ठगी प्रकरण संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री ‘सकारात्मक’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, वैशाख ३१, २०८१

नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएर राष्ट्रपतिलाई भेटेको हुँ । नेपाली कांग्रेसका नेताहरुसँग सदन खुलाउने विषयमा गम्भीर कुरा भयो संकटग्रस्त सहकारीका समस्या समाधानका लागि रविजी पनि सहमत हुनुहुन्छ ।
पुष्पकमल दाहाल 
प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारीको रकम अपचलन प्रकरणमा संसदीय छानबिन समिति बनाउन पहल सुरु गरेका छन् । समिति नबने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदन अवरुद्ध पार्ने देखिएपछि प्रधानमन्त्री दाहाल समिति बनाउने पहलमा लागेका हुन् ।

आइतबारमात्र प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका शीर्ष नेता र राष्ट्रपति रामचन्द्र पौडेलसँग बेग्लाबेग्लै छलफल गरे । प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रम आउनुअघि नै समिति गठन गरेर समस्याको समाधान गर्ने तयारीमा आफू लागेको बताएका छन् ।

गृहमन्त्री रवि लामिछानेसमेत यसबारे समिति बनाउन सहमत रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएर राष्ट्रपतिलाई भेटेको हुँ । भोलि बिहान अन्तिम कपी मुख्यसचिवले बुझाउनुहुन्छ । नेपाली कांग्रेसका नेताहरुसँग सदन खुलाउने विषयमा गम्भीर कुरा भयो,’ दाहालले भने, ‘संकटग्रस्त सहकारीका समस्या समाधानका लागि रविजी पनि सहमत हुनुहुन्छ ।’

Hardik health

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेले विभिन्न सहकारीमा रकम अपचलन गरेको आरोपमा कांग्रेसले छानबिन समिति माग गर्दै सदन अवरोध गर्दै आएको छ । शुक्रबार बजेट अधिवेशनको पहिलो दिन पनि कांग्रेसले सदन अवरुद्ध पारेको थियो । 

यता सरकार भने जेठ १ मा जसरी पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्न बाध्य देखिएको छ । त्यसैले गतिरोध अन्त्यका लागि प्रधानमन्त्री दाहाल सक्रिय देखिएका हुन् । दाहालले मंगलबार बिहानसम्म गतिरोध अन्त्य हुने दाबी गरे । ‘संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग म संवादमा नै छु, भोलि बेलुकका अथवा पर्सि बिहानसम्म संसद्को गतिरोध अन्त्य हुन्छ,’ आइतबार साँझ भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग दाहालले भने ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषय कानुनसम्मत छैन । कांग्रेसले समितिका नाममा सरकार माग गरेको हो । यो माग पूरा गर्न असम्भव छ ।
महेश बर्तौला
प्रमुख सचेतक, नेकपा एमाले

कांग्रेसको अल्टिमेटम दिउँसो २ बजेसम्म 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउन सरकारलाई सोमबार दिउँसोसम्मको अल्टिमेटम दिएको छ । प्रधानमन्त्री दाहालसँग आइतबार बिहान भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो २ बजेसम्मका लागि अल्टिमेटम दिएका हुन् ।

बैठकको सुरुमै सदन सञ्चालन सहज बनाउनका लागि प्रधानमन्त्री दाहालले कांग्रेसलाई लचक भइदिन आग्रह गरेका थिए । तर कांग्रेसले आफ्नो माग कुनै पनि हालतमा नछाड्ने अडान लिएको छ । र, सभापति देउवाले सोमबार दिउँसोसम्मका लागि अल्टिमेटम दिएका हुन् ।

‘संसदीय छानबिन समिति हाम्रो अडान हो । हामी भोलि २ बजेसम्म पर्खन्छौं,’ बैठकमा देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने । बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायत सहभागी थिए ।त्यसपछि प्रधानमन्त्री दाहालले संसदीय समिति बनाउन आफू सकारात्मक रहेको बताएका थिए । तर नेकपा एमाले संसदीय छानबिन समितिको पक्षमा नरहेको बताएको दाहालको दाबी थियो । ६१ किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग्दा कांग्रेसले एमालेको माग लामो समय वेवास्ता गरेको थियो ।

एमालेले यही बदला लिन चाहेको देखिएको माओवादी–कांग्रेसको संयुक्त बुझाइ बैठकमा देखिएको बताइएको छ ।बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने बैठक सकारात्मक भएको दाबी गरे । ‘प्रधानमन्त्री छानबिन समिति बनाउन सकारात्मक हुनुहुन्छ,’ लेखकले भने । प्रधानमन्त्रीको सचिवालयले भने अर्को बैठक बस्ने गरी बैठक निष्कर्षविहीन भएको जनायो ।
कांग्रेसले प्रधानमन्त्री दाहाललाई दिएको समयसीमा सकिनसाथ संसदीय दलको बैठक डाकेको छ । सदन सञ्चालन सहज बनाउने सभामुख देवराज घिमिरेले पनि आइतबार दिउँसो सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । बैठकमा कांग्रेसको तर्फबाट प्रमुख सचेतक लेखक सहभागी थिए । उनले संसदीय छानबिन समिति कांग्रेसको बटमलाइन भएको अडान लिएका थिए । बैठकमा सहभागी प्रमुख सचेतकहरुले सभामुख घिमिरेको प्रस्तुतिलाई लिएर आलोचनासमेत गरेका थिए ।

यता एमाले भने प्रधानमन्त्री दाहालले छलफलविनै कांग्रेससँग बैठक राखी समितिको माग पूरा गर्न लागेकोमा सशंकित देखिन्छ । सभामुखसँग छलफलपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले आत्महत्या गर्न खोजे पनि छानबिन समिति बनाउन नसकिने बताए । ‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषय कानुनसम्मत छैन । कांग्रेसले समितिका नाममा सरकार माग गरेको हो,’ एमाले प्रमुख सचेतक बर्तौलाले सभामुखसँगको छलफलपछि भने, ‘यो माग पूरा गर्न असम्भव छ । संसदीय छानबिन समिति कांग्रेसले आत्महत्या नै गर्न खोजे पनि बन्दैन ।

बल सरकारको कोर्टमा छ । सरकारले कसरी डिल गर्छ त्यसमा संसद्को कामकारबाही भर पर्छ ।
रमेश लेखक
प्रमुख सचेतक, नेपाली कांग्रेस


के होला नीति तथा कार्यक्रम ?
सरकारले नीति तथा कार्यक्रम प्रस्तुतिका लागि जेठ १ गते दिउँसो सदनको संयुक्त बैठक बेलाएको छ । कांग्रेस सदन अवरोधमा उत्रेसँगै नीति तथा कार्यक्रम के होला भन्ने प्रश्न उठेको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेकोले कांग्रेसले अवरोध नगर्ने सत्ता पक्षका नेताहरुको भनाइ छ । ‘नीति तथा कार्यक्रम सम्माननीय राष्ट्रपतिको आह्वानमा हुन लागेकोले कांग्रेसले अवरुद्ध पार्छ भन्ने लाग्दैन,’ एमालेका प्रमुख सचेतक बर्तौलाले भने ।

प्रधानमन्त्री दाहालले राष्ट्रपतिबाट सदनको संयुक्त बैठकमा जेठ १ गते नै नीति तथा कार्यक्रम प्रस्तुत हुने विश्वास व्यक्त गरे । कांग्रेस भने यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने अडानमा देखिन्छ । ‘बल सरकारको कोर्टमा छ । सरकारले कसरी डिल गर्छ त्यसमा संसद्को कामकारबाही भर पर्छ,’ कांग्रेसका प्रमुख सचेतक लेखकले भने ।

 


प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:४८
#सहकारी ठगी प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण
सांसदद्वारा सदनमा समसामयिक विषयमा ध्यानाकर्षण मंगलबार, साउन १९, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री
अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यकः कानुनमन्त्री मंगलबार, साउन १९, २०८३
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै
विभिन्न २१ मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै मंगलबार, साउन १९, २०८३
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक मंगलबार, साउन १९, २०८३
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल मंगलबार, साउन १९, २०८३
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु
बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु मंगलबार, साउन १९, २०८३
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP