Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
समाचार
  • Home
  • समाचार
  • फुट्यो जसपा, तटस्थ समूहद्वारा पहिचानवादी मोर्चा घोषणा 
फुट्यो जसपा, तटस्थ समूहद्वारा पहिचानवादी मोर्चा घोषणा 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २७, २०८१
पहिचानवादी मोर्चा

काठमाडौं‍-  जनता समाजवादी पार्टी, नेपाल फेरि फुटेको छ । संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरुले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिएका हुन् ।

उनीहरुले प्रा.डा.महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका छन् । पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरु पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको उनीहरुको आरोप छ । सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको उनीहरुको निश्कर्ष छ । आगामी दिनमा दलहरूको विकल्प, देशभक्त तथा राष्ट्रवादी, जनताको विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई संवृद्धि पथतर्फ डोर्याउने मोर्चाको लक्ष्य रहेको छ । 

पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरू सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न पनि मोर्चाले आह्वान गरेको छ । जसपा नेपालका राजनीतिक समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनमा आफूहरुको कुनै हात नरहेको बताए । उनले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताए ।

‘पार्टीभित्र घटना घटिरहँदा हामी इलाम–२ को निर्वाचनमा अहोरात्र खटिइरहेका थियौं । हामीलाई थाहा भएन कि पार्टीमा के हुँदैछ भनेर । पार्टी विभाजन भयो यसमा हाम्रो कुनै हात छैन । अहिले जसपा र जसपा नेपाल भएर आयो । यो पार्टी अगाडि बढिरहँदाखेरी जसपा र जसपा नेपाल दुवैमा रहिरहने अवस्था बनेन । यो पार्टीको विभाजन चाहीँ आत्मघाती कदम भयो,’– माखिमले भने । जसपामा गोलबद्ध हुँदाको उद्देश्य र लक्ष्य प्राप्त हुने आवस्था नभएका कारण आफूहरु मोर्चा गठन गरेर अगाडि बढ्ने उनले बताए । ‘उद्देश्य र लक्ष्य प्राप्ति नहुने देखिसकेपछि दुवै जसपाका महान नेताहरुलाई यो पार्टी जिम्मा छोड्दै हामी आफ्नो लक्ष्य र उद्देश्यकका लागि अडाडि बढ्ने प्रण गर्यौं,’– उनले भने । 

Hardik health

नेताहरु व्यक्तिगत स्वार्थमा लाग्दा जसपासँग जोडिएका पहिचानवादीहरुको भविष्य, राजनीतिक भविष्य र सिंगो संगठन ध्वस्त बनेको उनको निश्कर्ष छ । अब पूर्वको आन्दोलनलाई सशक्त बनाउने उनले उद्घोष गरे । साथै, आफूहरु यतिबेला कसैलाई पनि गाली गलौज गर्ने र आलोचना गर्ने पक्षमा नरहेको उनले बताए । नेताहरुले स्वार्थ पूर्तिका लागि जनता, परिवर्तन, विकास, सुशासनको सवाललाई छोडेको उनले बताए । व्यक्तिगत स्वार्थमा लिप्त भएर नेताहरुले आम नेता तथा कार्यकर्ताको भविष्य बर्वाद बनाइदिएको उनले बताए ।
मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले  आफू पनि केही समय पहिला जसपा नेपालको पोलिट व्यूरो सदस्यको रुपमा रहेको स्मरण गराए । अहिले माउ पार्टीमा रहेका र जसपा गठन गरेर अलग भएका कुनै पनि नेताहरु पहिचान, अधिकार र समतामूलक समाज निर्माणका लागि इमानदार नभएको निश्कर्षका साथ आफूले विद्रोह गरेको उनले बताए ।

देश अहिले विकराल अवस्थामा पुृगेको उनको भनाइ छ । हजारौं जनताको बलिदानी, त्याग, तपस्याबाट संविधान निर्माण भएपनि भ्रष्टाचारी, भूमाफियाहरु सरकारमा पुग्दा संविधानको मर्मअनुसार देश अगाडि नबढेको बताए । उनले जसपा नेपाल छाडेर पहिचानवादी मोर्चा घोषणा गरेका समूहलाई शुभकामना दिए । आफूहरु पहिचानका एजेण्डामा हातमा हात मिलाएर अगाडि बढ्ने पनि उनले प्रतिवघता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै लेखक तथा राजनीतिक विश्लेषक भवानी बरालले हालै सम्पन्न इलाम–२ को उपनिर्वाचनमा दक्षिणपन्थी र धर्मनिरपेक्षता विरोधीहरु पनि पहिचानवादी बनेर निस्किएको टिप्पणी गरे । हिन्दु धर्म सापेक्षता र राजतन्त्रको पक्षधरहरु पनि भोट माग्न नक्कली पहिचानवादी बनेको उनले बताए । पहिचानको गलत अर्थ लगाउने काम रोकिन पर्ने उनले बताए ।

सामाजिक–सांस्कृतिक, आर्थिक, भौगोलिक सन्तुलनअनुसारको पहिचान आजको आवश्यकत्ता रहेको उनको भनाइ छ । उत्पीडित जाति र वर्गहरुको मुक्तिको शर्त पहिलो र लिम्बुवानवासीहरुको मुक्तिको प्रश्नलाई दोस्रो शर्त बनाएर आन्दोलन अगाडि बढाउन उनले मोर्चालाई सुझाव दिए । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका अध्यक्ष एवं किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले अब पहिचानका पक्षधरहरु एकै ठाउँमा उभिन आवश्यक रहेको बताए । इलाम–२ को उपनिर्वाचनमा पहिचान पक्षधरहरु एकैठाउँमा उभिएको स्मरण गराउँदै उनले अब आफ्नै शक्ति र पहिचानलाई स्थापित गराउने बताए । 

पहिचानवादी मोर्चाका संयोजक प्रा.डा. महेन्द्र लावतीले नेपालमा सदियौंदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको बताए । नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने उनको भनाइ छ । जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरु पहिला उक्त पार्टीमा लागेको उनले बताए । पछिल्लो समयमा पहिचानको आन्दोलन र पहिचानको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उनको भनाइ छ । 

मोर्चाले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई सघाउने पनि उनले उद्घोष गरे । हालै सम्पन्न इलाम–२ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिमलाई पहिचानवादीको साझा उम्मेदवार बनाएझैं सोही मोडल अपनाएर अगाडि बढ्ने उनले बताए । अगामी निर्वाचनमा पनि सोही मोडलमा अगाडि बढ्ने उनको भनाइ छ । 


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार
हिमपातबाट अलपत्र ७५० जनाको तिलिचो वेश क्याम्पबाट उद्धार मंगलबार, कात्तिक ११, २०८२
‘मोन्था’  चक्रवातकाे प्रभाव नेपालमा पनि ,सचेत रहन अनुराेध
‘मोन्था’ चक्रवातकाे प्रभाव नेपालमा पनि ,सचेत रहन अनुराेध मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा
राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै
‘सिजन’मै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै मंगलबार, कात्तिक ११, २०८२
मुस्ताङ र मनाङमा भारी वर्षा
मुस्ताङ र मनाङमा भारी वर्षा मंगलबार, कात्तिक ११, २०८२
प्रहरीमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ
प्रहरीमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा
राष्ट्रियसभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP