Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • लोपोन्मुख अवस्थामा मौलिक सीप
लोपोन्मुख अवस्थामा मौलिक सीप
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख १६, २०८१

ढोरपाटन - एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रका मौलिक सीपले बजार पाउने गर्थे । हातमा सीप भएका बुढापाका पनि धेरै थिए । हिजोआज गाउँमा सीप भएको मान्छे कमैमात्रामा पाइन्छन् । उनीहरुले उत्पादन गरेका वस्तुले बजार पाउँदैन । आरन व्यवसायदेखि चोयाका सामग्री बनाउने काम गाउँमै गरिन्थ्यो ।

खेतबारी जोत्नका लागि हलो, जुवा पनि गाउँमै बनाउने प्रचलन थियो । अहिलेको जस्तो आधुनिक हलो भित्रिएको थिएन । वन जङ्गलबाट काठ काटेर ल्याई घरमै बनाइने ती सामग्री अहिले बिक्री हुँदैन् । बनाउने मान्छे पनि कम छन् । दही, मही र दूध राख्नका लागि प्रयोग गरिने ठेकी पनि बिक्री हुँदैनन् । विभिन्न जातजातिमा आधारित सीप नागरिकको जीवन निर्वाह गर्ने माध्यम थियो । परम्परागत सीप बिक्न छाडेपछि पछिल्लो समय मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको छ । बागलुङको ग्रामीण समाज परम्परागत कृषि र पशुपालनमा आश्रित रहेको थियो । अहिले त्यो परिस्थिति फेरिएको छ ।

अचेल गाउँमा मान्छे कम छन् । उनीहरुले आयातित सामान प्रयोग गर्छन् । यसले आत्मनिर्भरभन्दा परनिर्भर बनाइरहेको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ का तुलासिंह पुन मगरले ९ वर्षको उमेरदेखि नै चोयाका सामग्री बुन्थे। डोको, नाङ्लो झेरुङ्गो, पेरुङ्गोलगायतका सामग्री घरायसी काममा प्रयोग हुन्थे । अहिले ती सामग्रीको सट्टा प्लाष्टिकका सामान प्रयोग हुन थालेका छन् । घर्ती भन्छन्, “जुगजमाना सबै फेरिए, हाम्रो पालाको जस्तो छैन अहिले, उतिबेला बजारबाट नुन र चामल ल्याउँथे, लत्ताकपडा ल्याउँथे, अचेल सबैथोक बजारबाट आउँछ, प्लाष्टिकका सामान आउँछन्, यहाँ बनेका काठका, चोयाका र बाबियोका सामान प्रयोग नै गर्दैनन्, नजिकै बजार छ, पैसा भएपछि सबै एकछिनमा घरमा आउँछन्, सुविधा त भयो तर हाम्रो मौलिकता हरायो, सीप पनि हराउने नै भए ।” निसीखोला गाउँपालिका–७ का प्रेमबहादुर विकले बाल्यकालदेखि नै काठका ठेकी बनाउन सिके ।

Hardik health

पछि ठेकी बनाएरै परिवार चलाउँदै आए । सात वर्ष यता ठेकी बिक्री हुन छाडेपछि उहाँले अहिले ठेकी बनाउने काम नै छोडे । आफूले बनाएका ठेकी किन्नका लागि टाढाटाढाबाट ग्राहक आउने गरेको भन्दै पहिले बनाएका ठेकी यतिकै थन्क्याइएको उनको भनाइ छ । मेला, पर्व र विभिन्न सार्वजनिक कार्यक्रम हुने स्थलमा डोकोमै बोकेर ठेकी बेच्न जाने गरेको स्मरण गर्दै अहिले धातुका ठेकीेले गर्दा काठका ठेकी विस्थापित भएको विक बताए ।

“मेरा छोरा नातिले पनि ठेकी बनाउन सिकेनन्, सिकेको भए पनि अहिले बिक्री हुने रहेनछ, हामीहरुले हाम्रा बाउबाजेले गरेको काम सिकेर गर्दै आयौँ, हामी पछिका युवाले पुराना पुस्ताको सीप सिकेनन्”, विकले भने, “मैले ठेकी बेचेर महिनामा उतिबेलाको रु ३० हजारसम्म कमाउने गर्थे, तर अहिले एउटा ठेकी पनि बिक्री हुँदैन, राज्यले आयातित सामानलाई प्रतिबन्ध गरेर स्थानीय उत्पादनलाई प्राथमिकता दिए हामी जस्तो हातमा सीप भएका मान्छेलाई जीविका चलाउन समस्या हुने थिएन ।”

निसीखोला–५ का ६७ वर्षीय तिलबहादुर विकले अघिल्लो वर्षसम्म आरन सञ्चालन गरेरै जीविकोपार्जन गर्दै आउनुभएको थियो । बुढ्यौलीले गर्दा हातपाखुरा चल्न छाडेपछि उनले अहिले आरनमा काम गर्दैनन् । आफ्ना दुई भाई छोराले सानैबाट यो पेसाप्रति चासो नै दिएनन् । घरेलु औजार बनाइदिएबापत गाउँलेबाट हिसाब गरेर धान, गहुँ, मकैजस्ता खाद्यान्न उठाएर परिवार चलाउँदै आए पनि अहिले पेसा पूर्णरुपमा बन्द भएको छ । आफूले १०÷१२ वर्षको उमेरदेखि नै आरनमा काम गर्न सिकेको जनाउँदै अहिलेका कुनै पनि युवाले यस पेसाप्रति चासो नदिएको उनको भनाइ छ । अचेल बजारमा हसिया, खुकुरीदेखि सबै प्रकारका फलामका औजार पाउने भएपछि गाउँमा आरन व्यवसाय बन्द गर्ने स्थितिमा पुगेको विकले बताए । 


प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP