Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • सुन, भुटानी शरणार्थी र सहकारी प्रकरणले तातिएको वर्ष २०८० 
सुन, भुटानी शरणार्थी र सहकारी प्रकरणले तातिएको वर्ष २०८० 
प्रभाव संवाददाता
प्रभाव संवाददाता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन
शुक्रबार, चैत ३०, २०८०

काठमाडौं– २०८० को वैशाख १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारको सकसमा थिए । कारण, कांग्रेसको आन्तरिक किचलोले मन्त्री छान्न सभापति शेरबहादुर देउवा असमर्थ थिए । यद्यपि वैशाखको पहिलो सातासम्ममा मन्त्रिपरिषद्ले पूर्णता पायो । 

१० वैशाखमा भने चितवन– २, बारा– २ र तनहुँमा उपनिर्वाचन भयो । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका वर्तमान गृहमन्त्री रवि लामिछाने र सोही दलका स्वर्णिम वाग्ले तनहुँबाट निर्वाचित भए । वाग्लेले चुनाव जितेको क्षेत्र राष्ट्रपति रामचन्द्र पौडेलको हो । बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जिते । यहाँबाट उपराष्ट्रति रामसहायप्रसाद यादवले चुनाव जितेको थिए । 

उपचुनावमा कांग्रेसले एक सिट गुमायो । रास्वपाले एक सिट थप्यो । समग्रमा उपचुनावमा रास्वपाको लोकप्रियता बढ्यो । उपचुनाव सकिएको केही दिनमा केन्द्र सरकारसँग काठमाडौं महानगरको लफडा भयो । महानगरका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाएनन् । अन्ततः अदालतले फोहोर उठाउन आदेश दिएपछि १६ औं दिनमा उठाए । 

वैशाखको अन्तिम साता प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी संक्रमणकालीन न्याय टुंग्याउन उपसमिति गठन गर्न सहमत भए । उपसमिति पनि गठन भयो । हाल उक्त समितिले टीआरसी विधेयकका अधिकांश विवादित विषय टुंगो लगाएको छ । केहीमा भने शीर्ष राजनीतिक तहमा समझदारी आवश्यक छ । जसले गर्दा विधेयक अड्किएको छ । 
केन्द्र सरकारले पूर्णता पाएपछि वैशाखको अन्तिमतिर प्रदेशहरूमा पनि कांग्रेस–माओवादीलगायत दलहरू आबद्ध गठबन्धनको सरकार बन्न थाले ।

Hardik health

त्यसबेला रवि लामिछाने नेतृत्वको रास्वपा सरकारमा जाने चर्चा थियो । अन्तिममा गएन । 
वैशाखको दोस्रो सातातिरै प्रसङ्ग हो । सुशासन कायम गर्ने प्रतीज्ञा गरेका प्रधानमन्त्री दाहाल र उनको सरकारमा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठले शरणार्थी काण्डमा अनुसन्धान थाले । केही दिनमै पूर्वगृहसचिव टेकनारायण पाण्डे हुँद अन्ततः कांग्रेस नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत पक्राउ परे । 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीको परिचयपत्र बनाएर सरकारमै बसेर गरेको यो ठूलो ठगी प्रकरण हो । यो प्रकरण सेलाउन नपाउँदै टीकापुर घटनाका मुख्य दोषी ठहरिएका रेशमलाल चौधरीको रिहा प्रक्रिया अघि बढ्यो । त्यसका लागि सरकारले केही नेपाल ऐन संशोधन ग¥यो । १५ जेठ २०८० मा त चौधरी कैद माफी मिनाहामा छुटे । जुन राजनीतिक सत्ता स्वार्थसँग जोडिएको थियो । 

तीन दिनपछि (१८ जेठ) मा बहुप्रतिक्षित नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे । प्रधानमन्त्री दाहाल सोही दिन भारत भ्रमणमा निस्के । जतिबेला उनलाई भारतलाई खुसी पार्न विधेयक प्रमाणीकरण गराएको रोप लाग्यो । एमालेले विरोध ग¥यो । 
पछि दाहाल भारतदेखि आउँदा मुर्रा भैँसी ल्याउन समझदारी गरे । समझदारीअनुसार मुर्रा भैंसी ल्याइए । जसबारे संसद् बैठकमा सांसदहरूले हाँसीमजाक पनि भयो । 

असारतिर भने सरकारको हेल्चेक्र्याइँले एनसेल मुद्दामा ४५ करोड गुमायो । त्यहीबेला शरणार्थी काण्डमा रायमाझी, खाँणसहित १६ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाइए । सत्ता गठबन्धनमा भने चिसोपन आउँदै थियो । यसलाई ध्यानमा राख्दै प्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजना मुताविक ३ असारमा समाजवादी मोर्चा गठन गरे । जुन मोर्चामा भट्टराईको दल अँटेन । माओवादी, जसपा, नेकपा एस र नेकपा रहे । मोर्चा गठन गर्नुको उद्देश्य कांग्रेस र एमालेलाई दबाबमा राख्न हो । 

गत असारमै सुशासनको पक्षमा रहेको बताउने तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीमार्फत ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा कीर्तेअन्तर्गत अनुसन्धान गराए । अनुसन्धान सकेर सीआईबीले २३८ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दियो । त्यसअनुसार चलेको मुद्दा अहिले विचाराधीन छ । असारमै मधेशकेन्द्रित दल लोसपामा गुट देखियो, अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको । हाल महतो राष्ट्रिय मुक्ति क्रान्तिको झण्डा बोकेर स्वदेशवादको नारा घन्काउँदै आन्दोलनमा छन् । 

कुशासनसँग जोडिएको जलहरी काण्ड पनि यही बेला पर्दाफास भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै पशुपति क्षेत्र विकास कोषका पदाधिकारी मुछिए । यसबारे माओवादी सांसद राजन दाहालले संसदमै बोले । ओली नेतृत्वको एमालेले विरोध ग¥यो । संसद् चल्नै दिएन । अन्ततः प्रधानमन्त्री दाहालले ओलीको संलग्नता नरहेको भन्दै आफ्नै दलका सांसद दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने बताए । जुन अभिव्यक्ति हटाइयो । त्यसपछि संसद् चल्यो । तर, ४० तोला सुन सफा गर्नेक्रममा फेला प¥यो । अख्तियारले पनि यस काण्डमा हात हालेको थियो । 

साउन ३ गते भने ब्रेक सुमा लुकाएर ल्याएको तस्करीको ६० किलो सुन बरामद भयो । राजनीतिक कनेक्सन सिँधा देखिएको थियो । हङकङदेखि सुन ल्याएको देखियो । ९ किलो सुनकाण्डमा भने माओवादी उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल पनि मुछिए । यही वर्षको फरक फरक महिनामा दुवै पक्राउ परे । राहुल थुनामै छन् । महरा भने रिहा भएका छन् । 

राजनीतिमा भने कांग्रेसको संस्थापनइतर पक्ष ओली नजिक भयो । कोशीमा कांग्रेससहितको गठबन्धनले माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउँदा कांग्रेसकै संस्थापनइतर पक्षबाट केदार कार्की उम्मेदवार बने । एमालेको समर्थनमा उनी बहुमतसहित मुख्यमन्त्री भए । हाल भने उनको सरकार कोशीमा धरापमा परेको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको आह्वान गरेका छन् । 

२६ भदौमा संविधानसभा अध्यक्षसमेत रहेका इलाम २ बाट निर्वाचित एमालेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधन भयो । अहिले नेम्बाङको निधनपछि रिक्त रहेको इलाम–२ मा उपनिर्वाचनको तयारी भइरहेको छ ।कात्तिकको दोस्रो साता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आए । विकासोन्मुख देशहरूले सामना गर्नुपरेको जलवायु संकटबारे संसद बैठकमै सम्बोधन गरे । 

दसैंको बेला नेपालगञ्जका गुण्डा नाइके रिगल ढकाललाई कैद माफी मिनाहा गर्ने सरकारको निर्णयको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिए । अनि, उनी रिहा भए । यो सर्वाधिक विवादित भयो । परिणामतः सर्वोच्चमै परेको पुनरावलोकन रिटको सुनुवाईको क्रममा रिगललाई बाँकी कैद भुक्तानीको लागि थुनामा राख्न आदेश भयो । जसअनुसार उनी फेरि थुनामा छन् । गत तिहार छेक (१८ कात्तिक)मा भने जाजरकोट केन्द्रविन्दु भएर ठूलो भूकम्प गयो । १५७ जना मृत्यु भयो । मंसिर ७ मा भने विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा शक्ति प्रदर्शन गरे । एमालेको युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतसँगको टकरावका बीच प्रसाईंले हिन्दु राष्ट्र फेरि कायम गर्ने भन्दै प्रदर्शन गरे । 

पुस १३ मा भने बालकुमारी घटना भयो । इपीएस परीक्षा दिएर कोरिया जानका लागि आन्दोलित युवाहरूमध्ये सुजन राउत र वीरेन्द्र शाह प्रहरीको बल प्रयोगबाट मारिएका थिए । त्यसबेला युवाहरू आन्दोलित भइरहेकै बेला तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला बालकुमारी हुँदै कोेटेश्वरतर्फ आउँदै थिए । त्यहीबेला युवाहरूले उनलाई रोकेपछि स्थिति तनावग्रस्त हुँदा प्रहरीले बल प्रयोग गरेको थियो । पछि गठन भएको जाँचबुझ आयोगले बालकुमारी घटनामा ज्वालालाई मुख्य दोषी ठह¥याएको थियो । 

माघको दोस्रो साता १९ जना राष्ट्रियसभा सदस्यका लागि चुनाव भयो । कांग्रेस–माओवादीसहितको गठबन्धनले १९ मध्ये १८ सिट जित्यो । एक सिट एमालेले कोशीमा जित्यो । माओवादीकी चम्पा कार्की पराजित भइन् । कार्की हार्नुमा माओवादीले कांग्रेसलाई दोष लगायो । गठबन्धनमा खटपट सुरु भयो । ७ फागुनमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच भनाभन भयो । सोही दिनदेखि तीन दिनसम्म ललितपुरको गोदावारीमा चलेको कांग्रेस महासमिति बैठकमा केही नेताले गठबन्धन सरकारको विरोध गरेका थिए ।

हिन्दु राष्ट्रबारे स्टल राखेरै हस्ताक्षर संकलन भएको थियो । यसपछि झन् प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग चिढिए ।यिनै घटनाक्रमको पृष्ठभूमिमा २१ फागुनमा कांग्रेस–माओवादीसहितको गठबन्धन टुट्यो । एमाले–माओवादीसहितको गठबन्धन बन्यो । फागुन ३० गते भने प्रधानमन्त्री दाहाले विश्वासको मत लिए । तुलनात्मक रुपमा उनले विश्वासको मत अघिल्ला पटकमा भन्दा कम पाए । 
 


प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP