Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
समाचार
  • Home
  • समाचार
  • सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेलाई एमालेको ‘सुनपानी’
सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेलाई एमालेको ‘सुनपानी’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १५, २०८०

सहकारीको विषय त सहकारी समितिले उठाउँछ । जताततै पसेर जे पनि गर्ने हो यो समितिले ? कार्यक्षेत्र मिचेर बैठक किन बोलाइयो ?
पृथ्वीसुब्बा गुरुङ
एमाले सांसद्

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको विषयमा आरोपित छन् । यसैबारेमा अनुसन्धानको माग गर्दै कांग्रेसले सदन अवरोध गर्दै आएको छ ।गृहमन्त्री सदनमा पेश गर्नुपर्ने विधेयकसमेत कांग्रेसले रोकिदिएको छ । उनै गृहमन्त्री लामिछानेलाई बुधबार कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको राज्य व्यवस्था तथा सुशासन समितिले छलफलमा बोलायो । 

केही दिनअघि खतिवडाले सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिको निवेदनसमेत बुझेका थिए । यसैबारेमा छलफल स्पष्टीकरण सोध्ने उद्देश्यसहित खतिवडाले बुधबार एजेन्डा नै नतोकी बैठक बोलाए । सदनमा गृहमन्त्री नस्विकारेको कांग्रेसले समितिमा निम्तो दिएपछि खुसीसाथ समयमै उपस्थिति भए लामिछाने ।

गृहमन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुवँर र आफ्नो सचिवालयका डफ्फा नै लिएर लामिछाने समितिको बैठकमा उपस्थिति भए । पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ता रकम अपचलन गरेर सञ्चालक जीबी राई फरार छन् । जीबीसँगै गृहमन्त्री लामिछानेले पनि एक करोड हिनामिना गरेको आरोप लागेको विषयमा छलफल गर्न समितिमा बोलाइएको थियो ।

Hardik health

तर सत्तापक्ष एमाले गृहमन्त्रीको बचाउमा उत्रिएपछि समिति जवाफहीन बनेको छ । एमाले सांसद पूथ्वीसुब्बा गुरुङ र कृष्णगोपाल श्रेष्ठले सहकारीका विषय समितिमै नपर्ने भन्दै अडान लिएपछि सभापति खतिवडा लचक बन्नुपर्ने अवस्था सिर्जना भयो । गुरुङले समितिले क्षेत्राधिकार नै मिचेको आरोप लागाए । ‘बैठक राख्ने जुन तरिका छ यसमा मेरो गम्भीर आपत्ति छ,’ गुरुङले प्रश्न गरे, ‘जताततै पसेर जे पनि गर्ने हो यो समितिले ? कार्यक्षेत्र मिचेर किन बोलाइयो बैठक ?’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने अहिले एमालेसँगै सत्ता गठबन्धनमा सहभागी छ । फागुन २० गते एकाएक प्रमुख प्रतिपक्षी बन्न पुगेको नेपाली कांग्रेसले सहकारी प्रकरणमा संलग्न भन्दै गृहमन्त्री लामिछानेको राजीनामा मागेको छ । कांग्रेसले संसदमा छानबिन समितिकोसमेत माग गरेको अवस्थामा एमाले भने लामिछानेको बचाउमा उत्रिएको हो । 

सुशासन समितिले सहकारीको विषयमा बहस नै गर्न नपाउने तर्क गुरुङले अघि सारे । ‘यो त सहकारी समितिले उठाउँछ । सहकारी र लघुवित्त गृहमन्त्रालयसँग सम्बन्धित हैन,’ गुरुङले भने । गृहमन्त्रीसँग सल्लाह गरेरै आफूले बैठक बोलाएको भन्दै सभापति खतिवडाले गुरुङलाई मनाउने प्रयास बैठकमा गरेका थिए ।


गुरुङअघि नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सहकारी ठगी प्रकरणमा संलग्नताबारे लामिछानेमाथि प्रश्न गरेका थिए । ‘ग्यालेक्सी टिभीमा १० करोड लगानी भएको कुरा छ,’ बडूले भने, ‘रवि लामिछाने भन्ने व्यक्तिको नाममा १ करोड आएको भन्ने छ । वर्तमान गृहमन्त्री हो कि होइन । हो भने छानबिन शुरु गर्ने र छानबिन नसकेसम्म म जिम्मेवारीबाट बाहिरिन्छु भने राम्रो हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो ।’

रवि लामिछाने भन्ने व्यक्तिको नाममा १ करोड आएको भन्ने छ । वर्तमान गृहमन्त्री हो कि होइन । हो भने छानबिन शुरु गर्ने र छानबिन नसकेसम्म म जिम्मेवारीबाट बाहिरिन्छु भने राम्रो 
दिलेन्द्र बडू
कांग्रेस सांसद

बडूबाहेक कांग्रेस सांसदहरुले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेलाई प्रश्न गरेनन् । संसदमा लामिछानेविरुद्ध चर्को रुपमा प्रस्तुत हुने कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समितिमा गयल थिए । कांग्रेसका धेरैजसो अरु सांसद पनि समितिमा उपस्थित थिएनन् ।

एमालेका अर्का सांसद श्रेष्ठले समितिको निष्कर्षबिना गृहमन्त्रीलाई कुनै निर्देशन दिन नपाउने अड्डी कसे । ‘सभापतिज्युलाई सतर्क गराए मैले । यो बैठक सकिनसाथ गोजीबाट चिर्कटो निकालेर गृहमन्त्रीलाई यस्तो निर्देशन दिएको छ भन्यो भने हामी मान्दैनौ,’ श्रेष्ठले भने । श्रेष्ठले एजेन्डाबिनै बैठक बोलाउँदा समितिको बैठक नै कमजोर भएको तर्क गरे । 

सांसदहरुलाई समितिका एमाले सांसदहरुलेमात्र हैन गृहसचिव एकनारायण अर्याललेसमेत सहकारीको विषय गृहको नभएको पाठ पढाउँदै गृहमन्त्री लामिछानेको पक्ष लिए । त्यसैगरी प्रहरी  महानिरीक्षक वसन्त कुवँरले पनि तथ्य प्रमाणका आधारमा रवि लामिछाने दोषी नभएको तर्क पेश गरे । ‘तथ्य प्रमाणका आधारमा रवि लामिछाने दोषी छैनन् । ठाडो उजुरीको भरमा कारबाही गर्न मिल्दैन,’ कुवँरले लामिछानेको बचाउ गर्दै भने ।

त्यसपछि अन्तिममा जवाफ दिने पालो लामिछानेको थियो । आफूमाथि लागेको आरोपमा एमालेका सांसदहरुको दरो साथ, गृहसचिव र आइजीको साथले लामिछाने निर्धक्क देखिए । त्यसपछि लामिछानेले सूर्यदर्शनसँग आफ्नो कुनै लेनादेना नभएको तर्क पेश गरे । ‘मेरो नामबाहेक केही छैन । केवाइसी भरेको देखिन्छ । तर मेरो हस्ताक्षर छैन । ल्याप्चे पनि छैन । अदालतमा परेको मुद्दामा मेरो नाम छैन,’ लामिछानेले भने ।

समितिमा सहकारीबारे आफूलाई पासोमा पार्न खोजिए पनि सांसदहरुबीच नै वादविवाद भएपछि सभापति खतिवडालाई उनले पाठसमेत पढाए । ‘समाचारमा आएको भरमा फ्याक्ट चेक नगरी कुनै विषय सदन र समितिमा बहसमा ल्याउन भएन,’ गृहमन्त्री लामिछानेले भने । त्यसपछि लचक बनेका समितिका सभापति खतिवडाले न त बैठकको कुनै निर्णय गर्न सकेन न त गृहमन्त्रीलाई कुनै निर्देशन दिन नै । 

पोखराको सुर्यदर्शन सहकारी पीडितहरुले गत माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा लामिछानेसहित १८ जनाविरुद्ध पुरक जाहेर दिएका थिए । उक्त जाहेरीको पहिलो नम्बरमा लामिछानेको नाम छ ।



दुर्गा प्रसाईंमाथि भने आक्रामक
समितिको बैठकमा एमाले नेताहरु दुर्गा प्रसाईंमाथि भने आक्रामक सुनिए । एमाले सांसद रघुजी पन्तले प्रसाईंले हतियारको लाइसेन्सबारे प्रश्न । ‘त्यस्तो हतियार राख्न कसरी दिइयो । संसारका विभिन्न मुलुकमा ठुला हत्याकाण्ड भएको अवस्थालाई विचार गर्नुपर्छ । त्यसैले त्यस्तो हतियार दिने व्यवस्थामा पुनर्विचार आवश्यक छ,’ पन्तले भने । 
पूर्व रक्षामन्त्री एवं एमाले सांसद श्रेष्ठले त्यस्तो हतियार राख्नै नपाउने तर्क गर्दै गृहमन्त्रीको जवाफ मागे । ‘के प्रसाईंलाई त्यो तहको हतियार चाहिन्छ ?’ श्रेष्ठले भने, ‘लाइसेन्स प्राप्त रे ? लाज पनि छैन ।’ गत चैत ५ गते सर्वोच्च अदालत परिसरबाट प्रसाईंका अंगरक्षकहरु दीपक खड्का र रामकुमार धिमाल स्वचालित बन्दुक र सय राउन्ड गोलीसहित पक्राउ परेका थिए । यस्ता खालका घटना बढे लामिछानेको राजीनामा माग्नुपर्ने दिन आउनसक्ने श्रेष्ठको चेतावनी थियो । ‘अप्रिय घटना भयो भने नैतिकता छ कि छैन, राजीनामा दिनुपर्दैन भनेर सोध्नपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

गृहसचिव अर्यालले हतियारको विषय गम्भीर भएको उल्लेख गर्दै यसमा अनुसन्धान जारी रहेको बताए । ‘हतियारको विषय सिरियस हो । इस्यू र नवीकरण फरक ढंगमा भएको छ । त्यो हतियार आफ्नो कम्पाउन्डभन्दा बाहिर निकाल्न पाउँदैन,’ अर्यालले भने । गृहमन्त्री लामिछानेले प्रसाईंले कानुनले दिएभन्दा बढी अधिकार प्रयोग गरेको बताए । ‘कानुनले दिएभन्दा बढी अधिकार लिएको देखिन्छ । मालिक एकजना, चलाउने अर्को, बोक्ने अरु देखिएको छ,’ लामिछानेले भने । बैठकमा रक्षामन्त्री हरि उप्रेतीसमेत उपस्थित थिए । रक्षमन्त्री उप्रेतीले भने आफू तयारीबिनै आएकोले सेनाका काम निरीक्षणपछि तयारीसहित जवाफ दिने बताएका थिए । 


प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की
सामाजिक सञ्‍जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की सोमबार, मंसिर १, २०८२
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सोमबार, मंसिर १, २०८२
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण
सुदूरपश्चिमको नीति तथा योजना आयोगद्वारा एकीकृत पुस्तक हस्तान्तरण सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर सोमबार, मंसिर १, २०८२
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए
नयाँ मतदातामा उत्साह, पाँच हजार थपिए सोमबार, मंसिर १, २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP