Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #इयु_चीन
  • #कृषि
  • #एनपिएल
  • #लिम्बु भाषा
  • #छाउगोठ
  • #श्रम_अदालत
  • #‘स्वर्ग मेरो’
  • #ज्यान मुद्दा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुहाङलाई विरासत जोगाउने अभिभारा
सुहाङलाई विरासत जोगाउने अभिभारा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १२, २०८०

पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र सिंगो एमाले पार्टीले मलाई जनतासामु परीक्षणका लागि खडा गर्नुभएको छ । यो ऐतिहासिक अभिभारा सम्हाल्न म पूर्णरूपमा तयार छु ।सुहाङ नेम्बाङ,उम्मेदवार, नेकपा एमाले


काठमाडौं– मुलुकमा पञ्चायत ढलेको दुई वर्ष हुँदै गर्दा राष्ट्रिय राजनीतिमा सुवासचन्द्र नेम्बाङको ‘डेब्यु’ भयो । त्यहीबेला कान्छो छोराको रूपमा सुहाङ जन्मिए ।
राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य, मन्त्री हुँदै सभामुख र संविधानसभा अध्यक्ष भइसकेका नेम्बाङको निधन गत भदौ २६ मा भयो । इलाम–२ का जनताको तीन दशक लगातार प्रतिनिधि बनेका सुवासको निधनपछि अब कान्छो छोरा सुहाङमाथि बुबाको राजनीतिक विरासत धान्नुपर्ने जिम्मेवारी प्राप्त भएको छ । 

एमालेको कानुन विभागमा उनी हालै मनोनीत भएका छन् । उनै नेम्बाङलाई अध्यक्ष केपी शर्मा ओलीले इलाम–२ मा आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवार बनाए । जुन अपेक्षित थियो । किनभने ओलीले यसअघि नै सुहाङलाई उम्मेदवार बनाउने अनौपचारिक रूपमा आश्वासन दिएका थिए । नभन्दै उम्मेदवार बनाए । र, ओलीले सुहाङबारे सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्बाङ इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फुटबल र क्रिकेटमा रुचि भएका, पेसाले लयर (अधिवक्ता) सुहाङलाई भेट्दा सरल र नयाँ जोस भएका युवाको रुपमा पाएको छु ।’

तर, सुहाङ भने उम्मेदवार हुनेमा सशंकित थिए । कारण, नेकपा एकीकृत समाजवादीका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले ओलीनिवास बालकोट पुगेर बारम्बार एमालेमा आएर चुनाव लड्ने भनेको विवरण सार्वजनिक भएको थियो । अर्कातिर, भूगोलमा लामो समयदेखि क्रियाशील नेताहरूको नाम पनि जिल्ला हुँदै कोशी प्रदेश कमिटीबाट सिफारिस भएको थियो । अन्ततः टिकटमा सुहाङले बाजी मारे । 

३२ वर्षीय सुहाङ नेम्बाङ इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फुटबल र क्रिकेटमा रुचि भएका, पेसाले लयर (अधिवक्ता) सुहाङलाई भेट्दा सरल र नयाँ जोस भएका युवाको रुपमा पाएको छु ।-केपी शर्मा ओली, अध्यक्ष, नेकपा एमाले


‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र सिंगो एमाले पार्टीले मलाई जनतासामु परीक्षणका लागि खडा गर्नुभएको छ,’ उनले प्रभावसँग भने, ‘यो ऐतिहासिक अभिभारा सम्हाल्न म पूर्णरूपमा तयार छु । खरोगरी चुनावी मोर्चामा खडा हुन्छु ।’
बुबा सुवासजस्तै चलाखी र सावधानीपूर्वक ढंगले शब्दको प्रयोग गर्ने सुहाङले नेम्बाङ परिवारको कानुनी विरासतलाई जोगाएका छन् । अब राजनीतिक विरासत जोगाउने चुनौती उनमा थपिएको छ । ‘राजनीतिमा इमान नबेच्ने हो । बुबाले पनि बेच्नुभएन । त्यसरी पनि जनताको असल प्रतिनिधि र विधायक हुन सकिन्छ भन्ने लागेको छ । जसका लागि म तयार छु,’ सुहाङको भनाइ छ ।

बुबाको पदचाप पछ्याउँदै राजनीतिमा सुहाङको यो पहिलो पाइला हो । अबको एक महिनामा हुने इलाम–२ को उपचुनाव जितेर राजनीतिमा सुहाङले फड्को मार्लान् कि नमार्लान् ? अहिले नै निक्र्योल गर्न सकिँदैन । तर, बुबा सुवासले पार्टी र माङ्सेबुङलाई सन्तुलनमा जहिल्यै राख्दा चुनाव जितिरहे । उसो त सुवासअघि त्यही क्षेत्रमा एमालेकै मणिकुमार सुब्बाले चुनाव जितेका थिए । एकपटक (२०५१) मात्रै कांग्रेसका कुलबहादुर गुरुङ (केबी)ले त्यस क्षेत्रबाट चुनाव जिते । नभए बाँकी सबै चुनाव एमालेले जितेको इतिहास छ । यसो हुनुको कारण एमाले सांगठनिक रुपमा बलियो छ । 

यद्यपि, सुहाङका लागि भने तुलनात्मक रुपमा चुनाव जित्न बुबासँगै मणिकुमारलाई भन्दा बढी चुनौती छन् । पहिलो त उनको सीधा सम्बन्ध इलाम–२ वासी र पार्टीसँग भर्खर स्थापित हुँदै छ । भूगोलको समस्या थाहा छैन । यसको असर सुहाङलाई चुनावमा पर्नसक्ने देखिएको छ । 

दोस्रो त बुबा सुवासका कारण तीन दशकदेखि इलाम–२ मा नेतृत्वको जाम छ । जनतामाझ गएर चुनावमार्फत परीक्षण हुने अवसर कयौं नेताले पाएनन् । जसको प्रतिविम्बन जिल्ला कमिटी र प्रदेश कमिटीले गरेको उम्मेदवार सिफारिसमा पर्‍यो । 

तर, ओलीले आइतबार सुहाङलाई उम्मेदवार छाने । एमाले इलामका एकजना पदाधिकारीका अनुसार अब सुहाङले उपनिर्वाचन जिते थप तीन दशक इलाम–२ मा रजगज गर्न सक्छन् । यस आधारले पार्टी कमिटीमा भने बुबापछि छोरालाई उम्मेदवार बनाएको भन्दै एउटा ठूलै पंक्ति रुष्ट छ । उनीहरू मन कुँडाएर बसेकाले चुनावमा असहयोग गर्न सक्छन् ।

तेसो त सुहाङले नै भनेअनुसार स्वतन्त्र उम्मेदवार मिलन लिम्बू चुनौती हुन सक्छन् । यसबारे सुहाङले प्रभावसँग केही तर्कअघि सारे । ‘उहाँ (मिलन) स्वतन्त्र उम्मेदवार हुनुभयो । स्वतन्त्र रहने मतदाताले उहाँलाई मत दिन सक्छन्,’ उनले भने ।
सुहाङलाई थपिएको अर्को चुनौती भनेको किरात धर्मगुरु आत्मनन्द लिङ्देन, उनी रहेको माङ्सेबुङ र त्यस क्षेत्रका एमाले कार्यकर्ताले पार्टी सदस्यता नवीकरण नगर्नाले पनि हो । ‘किरात–सगरमाथा’ प्रदेशको नाम राख्न लिङ्देनले प्रस्ताव गर्दा मूलभूतरुपमा उक्त नाम अस्वीकार गर्नमा ओलीको भूमिका निर्णायक रहेको भन्दै लिङ्देन र माङ्सेबुङका एमालेजनले पार्टी सदस्यता नै नवीकरण गरेका छैनन् । एमाले त्यागेको डकेन्द्रसिंह थेगिम अहिले पहिचान पक्षधरबाट उम्मेदवार छन् । यी विकसित राजनीतिक परिघटना पनि सुहाङको जितमा बाधक बन्न सक्ने देखिएको छ । 

कोही मैदानमा, कोहीको सुरसारै छैन
उपनिर्वाचनका लागि घोषणा भइसकेका उम्मेदवारहरू तीनजना भएका छन् । प्रमुख दल एमालेबाट सुहाङ, पहिचान पक्षधरहरूबाट डगेन्द्रसिंह थेगिम र स्वतन्त्र उम्मेदवार मिलन लिम्बू उम्मेदवार घोषणा भइसके ।
थेगिम र लिम्बू त गाउँगाउँ घुमिरहेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरुले उम्मेदवार तय गर्न सकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको दल नेकपा माओवादी केन्द्रले उम्मेदवार बनाउने सुरसारै गरेको छैन । पार्टीका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्बाङले केही दिनभित्र छलफल गरेर उम्मेदवार छानिने बताए । ‘हामी त उपनिर्वाचनको छलफलमै गइसकेका छैनौं । केही दिनमा उम्मेदवार टुंग्याउँछौं,’ उनले भने, ‘त्यसपछि थाहा दिउँला ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही दिनमै उम्मेदवार घोषणा गर्ने भएको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेताहरूले गरेको जनमत सर्वेक्षणका आधारमा उम्मेदवार घोषणा गर्ने भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि उम्मेदवार छानेको छैन । अरू अधिकांश दलको हालत उही छ ।
 


प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न मंगलबार, साउन ६, २०८२
आफैमाथि प्रश्न : शर्मा
आफैमाथि प्रश्न : शर्मा मंगलबार, साउन ६, २०८२
कांग्रेसका पाँच पूर्वपदाधिकारी देउवालाई भेट्न पुगे 
कांग्रेसका पाँच पूर्वपदाधिकारी देउवालाई भेट्न पुगे  मंगलबार, साउन ६, २०८२
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी मंगलबार, साउन ६, २०८२
कांग्रेस–एमालेबीचको अविश्वासले अड्कियो भूमि विधेयक
कांग्रेस–एमालेबीचको अविश्वासले अड्कियो भूमि विधेयक मंगलबार, साउन ६, २०८२
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी मंगलबार, साउन ६, २०८२
एमाले केन्द्रीय कमिटी बैठक : आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह
एमाले केन्द्रीय कमिटी बैठक : आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह सोमबार, साउन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP