Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • विश्व केम्पो च्याम्पियनसिपमा नेपालको कीर्तिमान
थापा र शाहीले दिलाए नेपाललाई ७ पदक विश्व केम्पो च्याम्पियनसिपमा नेपालको कीर्तिमान
भरत प्रधान 
भरत प्रधान  मंगलबार, वैशाख १६, २०८२
रासस

लिस्बन- पोर्चुगलमा सम्पन्न २१औँ विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीले अन्तरराष्ट्रिय पदक हात पार्दै नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । पोर्चुगलको काल्दास दा रेन्हामा आइतबार सम्पन्न भएको विश्व च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीले दुई रजत र पाँच कास्य पदकसहित नेपाललाई सात अन्तरराष्ट्रिय पदक दिलाउँदै नयाँ कीर्तिमान कायम गर्न सफल भएका हुन्।

च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी केम्पो खेलाडी विपेश थापाले एक रजत र तीन कास्य पदकसहित चार पदक जित्न सफल भए । थापाले सेमी केम्पो फाइटिङ ७० केजी समूह, सेमी केम्पो सिनियर ५० केजी समूह, केम्पो-को ६० केजी तौल समूह, सबमिसन केम्पो ६० केजी तौल समूह अन्तर्गतको छुट्टाछुट्टै प्रतिस्पर्धामा विदेशी खेलाडीलाई पराजित गर्दै चार वटा पदक जितेका हुन् ।

थापाले नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेका हुन् । त्यसैगरी अर्का केम्पो खेलाडी अञ्जना शाहीले पनि एक रजत र दुई कास्य पदकसहित तीन पदक जित्न सफल भएकी छिन् । शाहीले सेमी केम्पो ५५ केजी समूह, फुल केम्पो सिनियर ६० केजी समूह, सेमी केम्पो सिनीयर ५० केजी समूहअन्तर्गतको छुट्टाछुट्टै प्रतिस्पर्धामा विदेशी खेलाडीलाई पराजित गर्दै तीन वटा पदक जितेकी हुन् ।

शाहीले पनि नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेकी हुन् । थापा र शाही दुवै नेपाल केम्पो खुकुरी महासङ्घमा आबद्ध पाँचौँ डान श्रेणीका खेलाडी हुन् ।विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई रजत र पाँच कास्यपदकसहित सात पदक जित्न सफल भएको नेपाल केम्पो खुकुरी महासङ्घका अध्यक्ष पाभेल शाहले जानकारी दिए । नेपाली केम्पो खेलको इतिहासमै यो अन्तरराष्ट्रिय पदक पहिलो भएको अध्यक्ष शाहले बताए ।

Hardik health

“हाम्रा खेलाडीले विदेशी खेलाडीसँगको प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक जित्न सफल भए । विश्वमाझ नेपालको नाम चम्काउन र नेपाली झण्डा फहराउन सफल भए । यो राष्ट्रकै लागि ठूलो उपलब्धि हो”, शाहले भने । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्राप्त यो सफलता नेपाल र नेपालीका लागि गौरवको विषय हो । नेपाली खेल क्षेत्रका लागि एउटा ऐतिहासिक उपलब्धि हो ।” अध्यक्ष शाहका अनुसार उक्त प्रतियोगितामा थापा र शाहीसहित अन्य तीन खेलाडी गरी नेपालको तर्फबाट पाँच खेलाडीले च्याम्पियनसिपमा भाग लिएका थिए ।

यसअघि नेपालले सन् २०२४ मा पहिलोपटक विश्व क्याम्पो च्याम्पियनसिपमा भाग लिएको थियो । पहिलोपटक विश्व च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालले पदक भने हात पारेको थिएन । यसपटक भने थापा र शाहीको उत्कृष्ट खेल कौशलले ऐतिहासिक सफलता हात पार्दै पदक जित्न सफल भएको हो ।

प्रतियोगितामा सहभागी हुन नेपाल केम्पो खुकुरी महासङ्घका अध्यक्ष पाभेल शाहको नेतृत्वमा नेपाली टोली पोर्चुगल आइपुगेको थियो । टोलीमा महासंघका प्रमुख सल्लाहकार बलदेव तिमल्सिना, बिदेश विभाग प्रमुख डा. विकास सुवेदी, महासचिव शर्मिला कार्की, केम्पो खेलाडी विपेश थापा, अर्का खेलाडी अञ्जना शाही लगायतका खेलाडीको सहभागिता रहेको थियो । २२ अप्रिलदेखि सुरु भएको प्रतियोगितामा विश्वभरका एक सय आठ देशका खेलाडीको सहभागिता थियो । 

२१औँ विश्व केम्पो च्याम्पियनसिपमा जित हासिल गरेसँगै विपेश थापा केम्पो च्याम्पियनसिपको अन्तरराष्ट्रिय पदक जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । प्रतियोगितामा थापाले एक रजत र तीन कास्यपदकसहित चार पदक जित्दै विश्वमाझ नेपालको नाम चम्काउन सफल भएका हुन् ।  पाँचखाल–१०, काभ्रेपलाञ्चोकका थापा पाँच डान श्रेणीका खेलाडी तथा प्रशिक्षक हुन् । उनी दक्षिण एसियाली प्रतियोगिताहरूमा समेत नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाइसकेका मार्सल आर्टका खेलाडी हुन् । 

त्यसैगरी सोही च्याम्पियनसिपमा जित हासिल गरेसँगै केम्पो खेलाडी अञ्जना शाही केम्पो च्याम्पियनसिपको अन्तरराष्ट्रिय पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । मण्डनदेउपुर–८, काभ्रेपलाञ्चोककी शाही पाँच डान श्रेणीका खेलाडी तथा राष्ट्रिय प्रशिक्षकसमेत हुन् ।

 


 


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ महिला च्याम्पियनसिपः भारतद्वारा भुटान पराजित
साफ महिला च्याम्पियनसिपः भारतद्वारा भुटान पराजित बुधबार, माघ २१, २०८२
नेपालले आइसिसी टी–२० अन्तिम अभ्यास क्यानडासँग खेल्ने
नेपालले आइसिसी टी–२० अन्तिम अभ्यास क्यानडासँग खेल्ने बुधबार, माघ २१, २०८२
साफ महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग भिड्दै
साफ महिला च्याम्पियनसिप : नेपाल बंगलादेशसँग भिड्दै बुधबार, माघ २१, २०८२
धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै
धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै बुधबार, माघ २१, २०८२
साफ यु-२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
साफ यु-२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक मंगलबार, माघ २०, २०८२
कोशी पाथीभरा इण्डो नेपाल टी-२० च्याम्पियनसीपको तयारी पूरा
कोशी पाथीभरा इण्डो नेपाल टी-२० च्याम्पियनसीपको तयारी पूरा मंगलबार, माघ २०, २०८२
साफ महिला च्याम्पियनसिपः नेपालसँग भुटान पराजित
साफ महिला च्याम्पियनसिपः नेपालसँग भुटान पराजित मंगलबार, माघ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP