Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • दमकडाको शिक्षासम्बन्धी एउटा अन्तर्वार्ता यसरी किन बन्दैछ यसरी भाइरल?
दमकडाको शिक्षासम्बन्धी एउटा अन्तर्वार्ता यसरी किन बन्दैछ यसरी भाइरल?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ७, २०८०

काठमाडौं । अभिषेक घिमिरे शिक्षा अभियन्ता हुन् । बृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेसँग लिएको हालै लिएको एक अन्तर्वार्ता सामाजिक सञ्जालमा निकै मन पराइएको छ ।

एकै दिन उनले आफ्नो फेसबुक पेजमा राखिएको भिडियो १२ लाख जनाले हेरेका छन् । उक्त भिडियो ५५ सयपटकभन्दा बढी सेयर समेत गरिएको छ ।

के छ भिडियोमा ?

साढे २१ मिनेटको यो भिडियो न त घर झगडाको हो न त कुनै भाइरल मान्छेको विवादित विषय नै । भिडियोमा दुई बालबालिकाले शिक्षा अभियन्ता घिमिरेसँग सामुदायिक शिक्षासम्बन्धी कुराकानी गरेका छन् ।

Hardik health

प्रस्तोता पाल्पाको दमकडा नमुना माविमा कक्षा ७ मा अध्ययनरत ओजस्वी आचार्य र कक्षा १२ का इजन श्रेष्ठ हुन् । 'बालबालिकासँग बालबालिका' रेडियो कार्यक्रमका लागि उक्त अन्तर्वार्ता चैत ४ गते विद्यालयकै स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त कार्यक्रम सामुदायिक रेडियो मदनपोखराबाट प्रत्येक आइतबार साँझ ५.३० बजे प्रसारण हुन्छ । यही भिडियोलाई अभिषेकले आफ्नो फेसबुक एकाउन्टमा राखेका हुन् । 'कक्षा ७ मा अध्ययनरत यी नानीको बोल्ने, प्रश्न गर्ने शैली बिबिसिजस्ता ठूला मिडियाका पत्रकारको भन्दा कम छैन I विद्यालयले प्ल्याटफर्म मात्र दिने हो भने यस्ता हजारौं, लाखौँ प्रतिभाको बिस्फोट हुनेथियो I त्यसैले, अबको युगमा सिकाइलाई तीन घन्टे परीक्षाले मात्र होइन, विश्वस्तरमा बिक्ने यस्ता सीप पनि विद्यालयले प्राथमिकताका साथ सिकाउनु जरुरी छ,' घिमिरेले यही क्याप्सन राख्दै भिडियो सेयर गरेका हुन् ।

उसो त भिडियो विभिन्न पेजले फरक फरक समयमा अपलोड गरी सेयर जारी रहेको छ । यस्तो विषय सेयर हुँदा आफूलाई निकै खुसी लागेको घिमिरे बताउँछन् । 'सकारात्मक कुरा गर्दा पनि त हुने रहेछ । सुधार र निर्माणका कुरा पनि त मानिसले रुचाउने रहेछन् I आशा जगाउने कुरा पनि त मानिसले सुन्न चाहेका रहेछन,' अर्यालले भने ।

सरकारी विद्यालयहरु बिग्रेका छन् काम छैनन् भन्नेहरुका लागि यो भिडियो कन्टेन्ट बलियो उदाहरण भएको उनको भनाई छ । 'प्राय सामुदायिक विद्यालय कमजोर हुन्छन्, सामुदायिक विद्यालय बिग्रिएका मात्र छन्, सबै भताभुंग र लथालिङ्ग मात्र छन् भन्ने भ्रम चिर्दै सामुदायिक विद्यालय उत्कृष्ट बन्दैछन् , विश्व स्तरीय बन्दै छन् , प्रतिष्पर्धी बन्दै छन् भन्ने संदेश दिन यो भिडियो सफल भएको छ भन्ने मलाई लागेको छ,' उनले भने ।

दमकडा मावि पाल्पाको उत्कृष्ट सामुदायिक विद्यालयको सूचीमा पर्दै आएको छ । तानसेन नगरपालिका ९ दमकडामा रहेको दमकडा माध्यमिक विद्यालयले जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयतर्फ ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेसनल स्कूल अवार्ड २०२०–२३ पाएको छ । कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पढाई हुने यो विद्यालयमा १ देखि १२ सम्म १०१० विद्यार्थी रहेको अध्यक्ष राजेशकुमार अर्यालले बताए ।

विद्यार्थीका लागि दमकडाले ४ वर्षअघिबाट बालबालिकासँग बालबालिका कार्यक्रम सञ्चालनमा ल्याएको थियो । अहिले दमकडा माविको आफ्नै रेकर्डिङ स्टुडियोसमेत छ । उक्त कार्यक्रम हिजोआज लुम्बिनी प्रदेशका विभिन्न रेडियो स्टेसनबाट माग आउने गरेको अध्यक्ष अर्यालले बताए । सामुदायिक विद्यालयलाई हेर्ने आम मानिसको धारणा सकारात्मक बनाउन यो भिडियोले सहयोग पुगेको अभियानका क्रिएटिभ डाइरेक्टर छेडुप लामाले बताए ।


प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने
शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र फिर्ता हुने शुक्रबार, साउन १५, २०८३
‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’: मन्त्री पोखरेल
‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’: मन्त्री पोखरेल सोमबार, साउन ११, २०८३
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री शुक्रबार, साउन ८, २०८३
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव
त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव बिहीबार, साउन ७, २०८३
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो मंगलबार, साउन ५, २०८३
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य मंगलबार, साउन ५, २०८३
उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति
उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP