Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
समाचार
  • Home
  • समाचार
  • साना दलमा सत्ता गठबन्धन फेरबदलको परकम्प 
साना दलमा सत्ता गठबन्धन फेरबदलको परकम्प 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ५, २०८०


संघमा नेपाली कांग्रेस सत्ताबाट बाहिरिएर नेकपा एमाले भित्रिएसँगै सत्ता समीकरण फेरियो । त्यसयता साना दलहरुको कलह सतहमा आउन थालेको छ । संघीय र प्रदेश सरकारमा मन्त्री पाउने लोभमा साना दल आन्तरिक कलहमा फसेका हुन् । 

काठमाडौं– सत्ताको समीकरणमा गठबन्धन फेरबदलले साना दलमा कलह सुरु भएको छ । प्रदेश सरकार हेरफेरको संघारमा साना दलमा परकम्प देखिन थालेको हो ।फागुन २१ गते संघमा नेपाली कांग्रेस सत्ताबाट बाहिरिएर नेकपा एमाले भित्रिएसँगै सत्ता समीकरण फेरिएको थियो । त्यसयता साना दलहरुको कलह सतहमा आउन थालेको छ । संघीय र प्रदेश सरकारमा मन्त्री पाउने लोभमा साना दलहरुबीच कलह देखिन थालेको हो ।

यो बीचमा नागरिक उन्मुक्ति, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा)मा चरम विवाद देखिएको छ भने सिके राउत नेतृत्वको जनमत पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीमा पनि विवाद देखिन थालेको छ ।

नागरिक उन्मुक्तिमा विवाद
रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्तिमा सबैभन्दा पहिलो कलह देखियो । उनका श्रीमान् रेशम चौधरी एकातिर र रञ्जिता अर्कातिर उभिँदा उन्मुक्ति फुटको सँघारमै पुगेको थियो । रेशम संघीय सरकारमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने रणनीतिमा थिए भने रञ्जिता जसरी पनि विश्वासको मत दिने पक्षमा ।फागुन ३० मा नागरिक उन्मुक्तिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दियो । त्यसपछि नागरिक उन्मुक्तिको कलह केही समयका लागि साम्य भयो । यता सुदूरपश्चिम प्रदेशमा भने यो पार्टीले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय गरेको आर्थिक मामिला मन्त्रीसमेत रहेका घनश्याम चौधरीले बताए ।

Hardik health

५२ सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ मत आवश्यक पर्छ । यहाँ नागरिक उन्मुक्तिका सात र मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको दल नेपाली कांग्रेसका १८ सांसद छन् । जुन जोड्दा २५ मात्र पुग्छ । जसका कारण शाहले आफ्नो पद जोगाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद् र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई पनि आफूतर्फ ल्याउन आवश्यक छ ।

बाबुरामको पार्टी नेसपा फुटतर्फ
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको दल नेपाल समाजवादी पार्टी (नेसपा)मा पनि सत्ता हेरफेरको परकम्प गएको छ । गठबन्धन हेरफेरप्रति बाबुराम असन्तुष्ट रहँदा उनको दलबाट सरकारमा गएका महिन्द्रराय यादवले भने प्रधानमन्त्री दाहालको कदम सही भनेका छन् । प्रधानमन्त्री दाहाललेझैं यादवले प्रतिनिधिसभामा उभिएर कांग्रेसबाट अर्थमन्त्री भएका डा. प्रकाशशरण महतको आलोचना गरे ।

उनै यादव र अर्का सांसद उमरावती देवीलाई बाबुरामले आफ्नो दल समाजवादी कायम गरिदिन आग्रह गरेका छन् । तर संसद् सचिवालयले भने दुवै सांसद माओवादीकै हुन् भनी पत्र पठाएको छ । संसद् सचिवालयका उपसचिव रामहरी थापाले फागुन २७ गते पठाएको पत्रमा उनीहरूलाई समाजवादी पार्टीको सांसदका रूपमा अभिलेख कायम गर्न नसकिने उल्लेख छ । समाजवादी पार्टीले यादव र देवीलाई आफ्नो दलको सांसदका रूपमा अभिलेख कायम गरिदिन २०८० माघ २८ गते पत्र लेखेको थियो । चैत ३ गते त बाबुरामलाई थाहै नदिई यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले नेपाल समाजवादीलाई माओवादी केन्द्रमै बिलाउनेगरी सहमति गरिसकेका छन् । बाबुराम पक्षधरले भने आइतबार उक्त सहमति खारेज गरेको जनाएको छ ।
 
आफूलाई स्वतन्त्र हैसियत दिन दीपक मनाङेको माग

संघमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पुनः समर्थन गरेको नेकपा एकीकृत समाजवादीभित्र पनि विस्तारै कलह चुलिने देखिएको छ । यसको सन्देश पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले विश्वासको मत दिने दिन दिइसकेका छन् ।यही मेसोमा गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरूङ उर्फ दीपक मनाङेले स्वतन्त्र सांसदको हैसियत मागेका छन् । मनाङमा स्वतन्त्र उम्मेदवार बनेर सर्वसम्मत बनेका मनाङे निर्वाचित भएपछि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका थिए ।उनले पार्टी छाडेर स्वतन्त्र सांसदको हैसियत मागेका हुन् । सांसद निर्वाचित भएपछि भने उनले नेकपा एकीकृत समाजवादी पार्टीको सदस्यता लिएर सोही दलको सांसद बनेका थिए ।

गण्डकीमा आफ्नो सरकार जोगाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सक्रिय छन् । संघमा सत्ता फेरिएपछि पाण्डेले माओवादीबाट मन्त्री बनेकाहरुलाई बर्खास्त गरेका थिए । कांग्रेस नेतृत्वको सरकार जोगाउन मनाङे र डा. बाबुराम नेतृत्वको नेसपाका सांसद फणिन्द्र देवकोटालाई मनाउन पाण्डे लागिपरेका छन् । देवकोटा गोरखाबाट माओवादी चुनाव चिह्न लिएर चुनाव जितेका हुन् ।गण्डकीमा कांग्रेसका २७, एमालेका २२ माओवादी केन्द्रको देवकोटा र सभामुखसहित आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई र मनाङे गरी ६० सदस्य छन् । माओवादीबाट जितेका कृष्ण धिताल सभामुख भएकाले उनले सरकार बनाउने र गिराउने खेलमा मतदान गर्न पाउँदैनन् ।

एमाले र माओवादी गठबन्धनमा देवकोटासहित २९ मत पुग्छ । गण्डकीमा सरकार बनाउन बहुमतका लागि ३१ मत चाहिन्छ । सांसद मनाङे र नेपाल समाजवादी पार्टीका सांसद देवकोटा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएको अवस्थामा उक्त गठबन्धनको २९ मत पुग्छ । यस्तो अवस्थामा कांग्रेस नेतृत्वको सरकार जोगाउन पनि राप्रपाको दुई सिट आवश्यक हुन्छ ।

जनमत पार्टीमा सांसद हटाउनुपर्ने माग
जनमत पार्टीले दलको निर्देशन नमानेको भन्दै समानुपातिक सांसद गोमालाभ सापकोटालाई हटाउन माग गरेको छ । सांसद सापकोटालाई पार्टीबाट निष्कासन गरिएको भन्दै जनमत पार्टीको संसदीय दलले यही फागुन २७ गते संसद् सचिवालयमा पत्र पठाएको हो ।संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयलाई प्राप्त पत्रमाथि अध्ययन जारी छ । ‘राजनीतिक दलसम्बन्धी व्यवस्था उल्लेख गरेर पत्र आएको छ । प्राप्त पत्रमाथि अध्ययन भइरहेको छ,’ गिरीले भने । 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ मा दल त्याग गरेको सम्बन्धी सूचना दिनुपर्ने व्यवस्था छ । पत्र प्राप्त भएको १५ दिनभित्र सदनमा पेस गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सदन नरहेको अवस्थामा भने सूचना टाँस गर्न सकिन्छ । सदनमा जानकारी गराएपछि वा सूचना टाँस भएपछि कारबाहीमा परेको सदस्यको पद रिक्त हुने कानुनी व्यवस्था छ ।
 
लोसपामा यसअघि नै फुट
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) यसअघि नै कलह देखिसकिएको छ । लोसपाका वरिष्ठ नेता रहेका महतोले फागुन १४ गते पार्टी छोडेका हुन् । महतोले राष्ट्रिय मुक्ति आन्दोलनका घोषणासमेत गरेका छन् । महतोले संविधान जारी भएपछि छ महिना मधेसी जनताले संघर्ष गर्दा पनि हार बेहोर्नुपरेको बताए । महतोले केही समयदेखि लोसपा अध्यक्ष महन्थ ठाकुरसँग फरक मत राख्दै आएका थिए । उनले राष्ट्रिय मुक्ति आन्दोलन अभियान भएको र अहिले नै पार्टीको स्वरूप गठन गरिनसकेको बताएका छन् ।
 


प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नौ प्रकारका औषधि उत्पादनको तयारी
नौ प्रकारका औषधि उत्पादनको तयारी मंगलबार, मंसिर २, २०८२
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता मंगलबार, मंसिर २, २०८२
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न मंगलबार, मंसिर २, २०८२
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा मंगलबार, मंसिर २, २०८२
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै मंगलबार, मंसिर २, २०८२
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए मंगलबार, मंसिर २, २०८२
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की सोमबार, मंसिर १, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP