Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
कृषि
  • Home
  • कृषि
  • जलवायु परिवर्तनले खुम्चिँदै कृषि क्षेत्र
जलवायु परिवर्तनले खुम्चिँदै कृषि क्षेत्र
लक्ष्मण गुरुङ
लक्ष्मण गुरुङ शुक्रबार, चैत २, २०८०
सन् २०२१ मा भारी वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले पु¥याएको क्षतिको फाइल तस्बिर विश्व बैंकको वेबसाइटबाट साभार । 

जलवायु परिवर्तनमा नेपालजस्तो कम औद्योगिक समाजमा रहेको देशको कुनै भूमिका छैन । तर यसको प्रभाव भने भोग्नुपरेको छ । सोही कारण अर्थतन्त्रमा कृषि क्षेत्रको भूमिका घटिरहेको छ । यस क्षेत्रबाट अर्को गैरकृषि पेसामा स्थानान्तरण हुने प्रक्रिया तीव्र गतिमा बढेको छ । यसले जनसंख्या सन्तुलनमा समस्या आएको छ । परिणाम सहरमा जनसंख्याको दबाब बढ्दो छ । यसको प्रत्यक्ष असर शिक्षा, रोजगार, बसाइँ, आवास, खाद्यान्न सुरक्षा र मूल्य, यसमाथिको पहुँचमा परेको छ । 

जलवायुसम्बन्धी सम्मेलन गत नोभेम्बर–डिसेम्बरमा संयुक्त अरब इमिरेटस् (युएई)को दुबईमासम्पन्न भयो । उक्त सम्मेलनमा विश्वका प्रायः देशहरु सहभागी भएका थिए । नेपालले पनि आफ्नो उपस्थिति जनाएको थियो । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका थिए । उक्त सम्मेलनमा जलवायु परिवर्तनका कारण वायुमण्डल, हिमालयको बरफ, समुद्रको पानीदेखि बढ्दै गरेको विश्व तापमान विषयमा कुरा उठेको थियो । यसले भविष्यमा विश्वमा पार्ने समस्या र यसको मानव समुदाय र सिंगो जैविक जगतमा पर्ने सम्भावित जोखिमका विषयमा उपस्थित शक्ति राष्ट्रबीच बहस भएको थियो ।

बहसका क्रममा धेरै कुरा उठेका थिए । यस बहसमा हरित ग्यास उत्सर्जन गर्ने कारक मानिएको फोस्सिल फ्युलको प्रयोग पूर्ण बन्द गर्ने, क्रमिक कम गर्दै जाने र यसको विकल्प खोजिनुपर्ने मुद्दामा पनि बहस चलेको थियो । जहाँ जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरण गर्ने, यसको अनुकूलन गर्न उपाय अपनाउने, जैविक विविधतासँग सहजीकरण गर्ने,  सहकार्य, बहस गर्नेलगायत र यसको वरिपरि रहेर कोप–२८ सकिएको थियो । 

तर त्यस कोप–२८ मा विकासशील तथा गरिब र विपन्न राष्ट्रहरूले जलवायु परिवर्तनको कारण भोग्नुपरेको बहुआयामिक समस्या, यसले जीविकोपार्जनमा पारेको समस्या, उक्त गरिब देशहरूको कृषि प्रणालीमा पारेको असर, यसले निम्त्याएको र भविष्यमा निम्त्याउन सक्ने सम्भावित प्रभावको विषयले भने कम स्थान पाएको हो कि भन्ने देखिएको छ ।

Hardik health

यदि थियो भने पनि पर्याप्त छलफल हुन सकेन कि जस्तो देखिएको छ । जसको कारण जलवायु परिवर्तनले गर्दा गरिब राष्ट्रहरूले स्वास्थ्य, खाद्यान्न, विविधतता, पर्यावरणीय सम्बन्ध र यसले समग्र कृषिमा पारेको असर, गरिब राष्ट्रको कृषि प्रणाली र उत्पादनमा पारेको क्षति र दीर्घकालीन रुपमा निर्माण गर्ने गरिबी, भोकमरी, कुपोषण, सीमान्तकृत, गरिब, दलित, आदिवासीको सुविधामा पार्ने वञ्चितीकरण आदिबारे स्थान नै पाएन ।

के हो जलवायु परिवर्तन ?
मानवीय गतिविधि, विकासका विभिन्न कार्य, औद्योगिकीकरण, सहरीकरण र आधुनिक कृषि गतिविधिका कारण हरित ग्यास उत्सर्जन,  कार्बन डाइअक्साइडमा वृद्धि, विश्व तापमानमा वृद्धि आदि कारण सिंगो जलवायु चक्रमा पारेको असरले ल्याएको प्राकृतिक असन्तुलनलाई जलवायु परिवर्तन भन्न सकिन्छ ।

जलवायु परिवर्तनको सम्बन्ध
जलवायु परिवर्तनमा नेपाललगायत गरिब राष्ट्रहरूको भूमिका न्यून छ । किनभने जलवायु परिवर्तनमा औद्योगिकीकरण, आधुनिक कृषि अभ्यासमा अपनाइने विधि, खानी उत्खनन आदिमा लगानी क्षमता, प्रविधिमा पहुँच, कृषिको अवस्था आदि कारण पनि हरित ग्यास उत्सर्जन, मौसमी चक्र परिवर्तन र प्राकृतिक स्रोतमा क्षति आदि भूमिकामा नेपालजस्तो गरिब राष्ट्रको भन्दा धनी राष्ट्रको भूमिका बढी हुन्छ । तर यसबाट सिर्जित भइरहेको नकारात्मक परिणामको असर भने सबैले भोग्नुपरेको छ । जसको कारण अनावृष्टि, अतिवृष्टि, भूक्षय, बाढी, पहिरो, सुख्खा, खडेरी आदि भोग्नु परेको छ ।

यसको प्रत्यक्ष असर नेपालको गरिब समूह, कृषिमा परेको छ । परिणाम,  पर्याप्त कृषि उत्पादन हुनसकेको छैन । बाढीपहिरो, प्राकृतिक विपद् जस्ता कुराको कारण कृषिबालीमा क्षति पुगेको छ । मानवीय र आर्थिक क्षति बेहोर्नुपरेको छ भने यसले निम्त्याउने सहायक असरको त कुनै हिसाब नै छैन । विगत १५ वर्षको अवधिमा करिब १० करोडभन्दा बढी मानिसलाई गरिबीमा धकेलेको छ । जंगलको नजिक भई बस्ने ३५ करोड मानिसलाई थप गरिबीमा धकेल्ने समभावना छ ।
जलवायु परिवर्तनको कारण कृषिमा परेको असरले गर्दा गरिब देशमा खाद्यान्न संकट चुलिँदो छ । जहाँ गरिब, महिला, सीमान्तकृत, पिछडा वा आदिवासी, दलित र विकट भूगोलमा बसोबास गर्ने नागरिकहरु उक्त खाद्यान्न संकटसँगै भोकमरी, कुपोषण, खाद्यान्नको चर्को मूल्य मारमा पर्नु परेको छ । कृषि क्षेत्रमा परेको जलवायु परिवर्तनको नकारात्मक परिणामस्वरूप परिवारका लागि आवश्यक खाद्यान्न जुटाउन र कृषि क्षेत्रमा क्रमशः गुम्दै गएको आम्दानी स्रोत र गुमेको रोजगारी अवसरको विकल्प खोज्न गैरकृषि क्षेत्रमा प्रवेश गर्नु परेको छ । यसले एकातिर कृषि श्रमिकको अभाव बढाउँदै लगेको छ भने ग्रामीण भेगबाट सहरतिर हुने बसाइँसराइ बढाएको छ । यसले व्यवस्थित पारिवारिक संरचनामा परिवर्तन ल्याएको छ । उक्त परिवार सामाजिक र सांस्कृतिक रुपमा सीमान्तकृत हुँदै गएको छ ।

श्रमिकको बसाइँसराइको कारण कृषि क्षेत्रमा उत्पादन घटेको छ । यसले कृषिमा आश्रित परिवारलाई रेमिट्यान्समुखी बनाएको छ । शिक्षा, रोजगार, स्वास्थ्य सेवाको सुनिश्चितता खोज्दै सहर पस्ने अभ्यास बढेको छ । यसले गाउँमा जनसंख्या घटाएर कृषिलाई टुहुरो बनाउँदै गाउँको अर्थतन्त्रले सहरबाट आउने रेमिट्यान्स र अवसरलाई साइत हेरेर कुर्नु परेको छ भने सहर पस्ने जनसंख्याले पनि आर्थिक, सामाजिक, शैक्षिकलगायत बहुआयामिक गरिबीमा दपेटिनु परिरहेको छ । यसले गाउँमा रहने र अवसर खोजेर सहर पस्ने दुवै समूहलाई असर पारिरहेको छ । यसको प्रभाव दीर्घकालसम्म भावी पुस्तामा पर्ने निश्चित छ ।

यसरी केही स्थायी रुपमा त केही अस्थायी रुपमा कृषि समाजबाट छुट्टिएर गएको समाज र परिवार पुनः भेट नहुने पनि निश्चित बनेको छ । यसले नेपाली समाजको संरचना नै परिवर्तन गर्ने जोखिम बढेको छ । जलवायु परिवर्तनका कारण निम्तिएको घातक रोग आदिको उपचारमा लाखौं खर्चनु पर्दा कृषिमा आश्रित परिवार अति विपन्न परिवारमा धकेलिने र भूमिहीन परिवारको संख्या पनि वृद्धि हुने खतरा बढेको छ ।

अर्कोतर्फ पानी तथा अन्य प्राकृतिक स्रोतमा आएको संकुचन आदिले के जोखिम पनि देखाएको छ । साथै, गरिब तथा उच्च हैसियत नभएका देशका नागरिकले भविष्यमा स्वच्छ पिउने पानी र खेती तथा पशुपालनका लागि आवश्यक पानीमाथिको पहुँच पनि गुमाउन सक्छन् । जसको कारण ती देशहरुले खाना, प्राकृतिक स्रोतको प्रयोग, पानीको प्रयोग र समग्रमा कृषि उत्पादनमा आफ्नो हैसियत गुमाउन पुग्दा तीन चौथाइ विश्वका जनता भोक, रोग, गरिबी, अशिक्षा, द्वन्द्वमा पर्नुपर्ने सम्भावना देखाउँछ । यसमध्ये पनि सबैभन्दा बढी कृषि समाज पर्ने र कृषि समाजभित्रका साना किसान र तिनका परिवार बढी प्रभावित हुने छ । किनभने जलवायु परिवर्तनको संकटसँग जुध्ने क्षमता गरिब मुलुकहरु एक्लैले राख्न सक्दैन । ती गरिब देशका गरिब किसान परिवारले त झन् यस जुध्ने क्षमता राख्न सक्ने कुरा नै रहेन । जलवायु परिवर्तनको असरका कारण गरिब किसान परिवारको जीविकोपार्जनको सवाल नै जोखिम पर्न जाने सम्भावना बढी रहेको छ । यसले कृषि र साना किसान परिवारमा नै लोप हुने खतरा छ ।

जलवायु परिवर्तनसँग जुध्न गरिएका प्रयास
करिब पाँच दशक पहिलादेखि नै जलवायु परिवर्तन, यसका कारक,  धनी राष्ट्रहरूको जलवायु परिवर्तनमा भूमिका, यसका लागि विश्वमा धेरै प्रयास हुँदै आएका छन् । वैकल्पिक विकासका उपायबारे पनि छलफल चल्दै आएका छन् । र, विकल्पको रुपमा हरित विकास अवधारणा, शून्य कार्बन उत्सर्जन रणनीति, जलवायु परिवर्तनबाट गरिब मुलुकहरूमा पर्न गएको प्रभाव र यसको न्यूनीकरणका लागि धनी राष्ट्रहरूले गरेको सहयोग पनि उल्लेखनीय नै छ । जसका लागि जलविद्युत र सौर्य ऊर्जाको प्रयोग, कृषिमा पर्यावरणमैत्री कृषि अभ्यास, जैविक विविधताको संरक्षण प्रयास, हरित ग्यास उत्सर्जनमा भूमिका खेल्ने खालको विकास गतिविधिमा न्यूनीकरण जस्ता उपायहरूको अभ्यास भइराखेका छन् । तर अझै पनि विकसित राष्ट्रहरू यसमा जिम्मेवार नदेखिएको हो कि जस्तो देखिन्छ भने भए गरेका प्रयास पनि त्यति प्रभावकारी देखिएको छैन । परिणाम जलवायु परिवर्तनको असर झन् बढ्दै गएको छ । विश्व तापमान वृद्धि प्रत्येक वर्ष बढ्दै गएको छ । यसको असर फेरि पनि तिनै गरिब राष्ट्रहरूले नै भोग्न पर्ने स्थिति छ ।

अब गर्ने के ?
ढिलो नगरिकन हरित ग्यास उत्सर्जन हुने र कार्बनडाइअक्साइड ग्यास बढ्न सहयोग गर्ने गतिविधिका कारक हरुमा न्यूनीकरण गर्नुपर्छ । यसका लागि धनी र विकसित राष्ट्रले आफूलाई विश्वको एक जिम्मेवार सदस्य मानेर यो पृथ्वी भोलिका लागि पनि चाहिन्छ । त्यो भोलिका लागि रोगी र गरिब पृथ्वी बनाएर छोड्नु हुन्न भन्ने सम्झनुपर्दछ । यो पृथ्वी सबैको समान हक लाग्ने साझा हो भन्ने कुरालाई सम्मान पनि गर्न सुरू गर्नुपर्दछ । हरित विकास अवधारणाभित्र हरित बजेट र हरित आविष्कारलाई प्राथमिकता राख्नु पर्दछ ।

यो जलवायु परिवर्तनका कारण गरिब र विकासशील देशका जनतामा पर्न गएको असरको मूल्यांकन हुन जरुरी छ । र, जलवायु परिवर्तनको असरसँग जुध्न आवश्यक पर्ने रणनीति निर्माण गर्न र यसको कार्यान्वयन गर्न सहयोग गर्दै ती देशमा गरिब परिवारका लागि छुट्टै सहयोग कार्यक्रम र आयआर्जन बन्न सक्ने उपाय लागू गर्न इमान्दार भएर लाग्नुपर्छ । यो साझा मुद्दा र समस्या भएकोले सबै देशले विनाकुनै देशको स्तरीकरण नगरी सहकार्य गर्न अगाडि बढ्नुपर्छ ।

नेपालले के गर्न सक्छ त ?
जलवायु परिवर्तनमा नेपालजस्तो कम औद्योगिक समाजमा रहेको देशको कुनै भूमिका छैन । तर यसको प्रभाव भने भोग्नुपरेको छ । सोही कारण अर्थतन्त्रमा कृषि क्षेत्रको भूमिका घटिरहेको छ । यस क्षेत्रबाट अर्को गैरकृषि पेसामा स्थानान्तरण हुने प्रक्रिया तीव्र गतिमा बढेको छ । यसले जनसंख्या सन्तुलनमा समस्या आएको छ । परिणाम सहरमा जनसंख्याको दबाब बढ्दो छ । यसको प्रत्यक्ष असर शिक्षा, रोजगार, बसाइँ, आवास, खाद्यान्न सुरक्षा र मूल्य, यसमाथिको पहुँचमा परेको छ । पोषणको समस्या बढ्दो छ ।

अर्कोतिर परिवारिक विखण्डन बढ्दै जाँदा परिवार संस्कार, संस्कृतिबाट वञ्चित हुँदा आफ्नो खास पहिचान पनि गुमाउन पुगेको छ । हुन त विश्व भूमण्डलीकरणमा यो विशेष कुराहरू लागू हुँदैन नै । तर पनि यो आवश्यक छ । गाउँ मानवबस्तीविहीन हुँदै छ । जसको दबाब खाद्यान्न उत्पादन र कृषिको दायरा खुम्चिँदै गएको छ । यसले ग्रामीण अर्थतन्त्रलाई परनिर्भर त बनाएको छ नै सँगै गाउँले आफ्नो निर्णय क्षमता पनि गुमाएको छ । जसको कारण गाउँले सहरको उपनिवेश र सहरले ठूला धनी राष्ट्रको सहरको उपनिवेश स्वीकार गर्दै जानुपर्ने स्थिति निर्माण हुँदा समाजको समग्र हैसियत नै गुम्ने खतरा गरिब देशमा बढेको छ । यी सबै कुराहरूको असर गरिब किसान परिवारको जीविकोपार्जनमा पर्ने निश्चित छ । यसका लागि जलवायु परिवर्तन अनुकूलन गर्न सघाउने रणनीति अवलम्बन गरी सोहीबमोजिम कार्य गर्न जरुरी छ ।

अतः यसका लागि नेपाललगायत गरिब देशले जलवायु परिवर्तनसँग जुध्न साझा मञ्च निर्माण गर्न जरुरी छ । उक्त मञ्चको प्रभावकारिता वृद्धि गर्न एउटै चेनभित्र रहनेगरी क्षेत्रीय, राष्ट्रिय संरचना निर्माण गर्न जरुरी छ । उक्त मञ्चमार्फत जलवायु परिवर्तनमा कारक बनिरहेको धनी देशमाथि यसको कारण घटाउन र यसले पारेको असरसाग जुध्न सहयोग गर्न दबाब सिर्जना गर्नुपर्छ । साथै, स्थानीय बीउ, प्रविधिको प्रयोगमार्फत कृषि गर्न रणनीति बनाउनुपर्छ । हरित कृषि र विकास निर्माण अवधारणालाई अँगाल्नुपर्दछ । पर्यावरणीय कृषि अभ्यासलाई अभियानको अभिन्न कृषि विकास योजनाको आधार बनाउन कदम चाल्नुपर्छ ।

जलवायु परिवर्तनबाट आदिवासी, महिला, दलित, सीमान्तकृत वर्ग सबैभन्दा बढी प्रभावित हुने हुनाले उनीहरूको आयआर्जनका वैकल्पिक आधार निर्माण गर्न र उनीहरूको कृषि पेसा संरक्षण गर्न नीति ल्याउनुपर्छ । यसका लागि स्थानीय सरकारलाई यससम्बन्धी नीति निर्माण गर्न, कार्यक्रम बनाएर कार्यान्वयन गर्न अग्राधिकार दिनुपर्छ । किनभने स्थानीय सरकार भूगोलमा नै हुने हुँदा यस सरकारको सरोकारवालालाई स्थानीय समस्या र उपायबारे बढी जानकारी हुन्छ । विद्यालय शिक्षामा जलवायु परिवर्तनका कारण र असर अनि न्यूनीकरणका उपायबारे शिक्षा प्रदान गर्न पाठ्यक्रम समावेश गर्नु पनि त्यतिकै जरुरी पर्दछ ।



 


प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
थप कृषि
नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त
नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त मंगलबार, कात्तिक ११, २०८२
हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित
हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित मंगलबार, कात्तिक ११, २०८२
मंगलको आम्दानीको भरपर्दो स्रोत च्याउखेती
मंगलको आम्दानीको भरपर्दो स्रोत च्याउखेती सोमबार, कात्तिक १०, २०८२
रैथाने अनदी धान लोपोन्मुख अवस्थामा
रैथाने अनदी धान लोपोन्मुख अवस्थामा सोमबार, कात्तिक १०, २०८२
दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी संघ
दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी संघ आइतबार, कात्तिक ९, २०८२
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’ सोमबार, कात्तिक ३, २०८२
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP