Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • रेशम चौधरीकाे पार्टी सरकारमा सहभागी नहुने,बुढानीलकण्ठ जाँदै
रेशम चौधरीकाे पार्टी सरकारमा सहभागी नहुने,बुढानीलकण्ठ जाँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २३, २०८०

काठमाडौं -  नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले आफूहरु अहिले सरकारमा सहभागी नहुने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अहिले नाउपा एमाले–माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने पार्टीका अध्यक्ष रेशमलाल चौधरीले बताएका हुन्  ।

उनले हाल पर्ख र हेरको अवस्थामा रहेको बताए । नाउपाको केन्द्रीय समितिको बैठक २ दिनदेखि बसेर भर्खरै समाप्त भएको उनले बताए । नेता चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए । 

‘यो सत्ता गठबन्धनको सरकारमा धेरै विचार पुर्याएर मात्रै सहभागी हुनुपर्छ । हामी सानो पार्टी । हामी पर्खिन्छौं । हामी गहिराइको मापन गर्ने बेला भएको छैन,’– उनले भने । साथै, सुदूरपश्चिम प्रदेश सरकारलाई लिएर आफूहरुले बार्गेनिङ नगरेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकार बार्गेनिङ नभएर आफूहरुको अधिकार भएको बताए । आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि उक्त प्रदेशमा दाबी रहेको बताए । वास्तविक भूमिपुत्रले उक्त प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बताए ।

Hardik health

साथै, उनले टीकापुर घटनाका पीडितहरुले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताए । नेता चौधरीले टीकापुर विद्रोहमा थारुहरुलाई बदनाम गराइएको बताए । ‘ती परिवारलाई न्याय दिनका निमित्त विगतदेखि वर्तमानसम्म हामी प्रतिवद्ध छौं । अझ हामी भन्न चाहन्छौं टीकापुर विद्रोहमा थारुहरु बदनाम भए, थारुहरुलाई हत्याराको लोगो लगाइदियो ।’ उनले भने, ‘तर, थारुहरुको निवेदन राज्यले स्वीकारेन । त्यही निर्वाचन आयोगले रेशमलाल चौधरीको मनोनयन स्वीकार गर्यो । तर, प्रमाणपत्र दिएन । न्यायलयले पनि मेरो मुद्दालाई दरपीठ गरिदियो ।’ 

टीकापुर घटनामा थारुहरु धेरै पीडित रहेको उनको भनाइ छ । उक्त घटनामा धेरै थारुहरुको कानको जाली फुटेको, धेरै चेलीबेटी हिंसामा परेको र सयौंलाई झुठा मुद्दा लगाइएको उनको आरोप छ । ‘टीकापुर घटनाबाट पीडित सयौं बुबाआमाहरुको कानको जाली फुटेको छ । सयौं चेलीबेटीमाथि हिंसा भएको छ । सयौंमाथि झुठा  मुद्दा लागेको छ । सुरक्षाकर्मीको परिवारले पनि न्याय पाउनुपर्छ । त्यसको समाधान राज्यले गर्नुपर्छ,’– उनले भने । 

नाउपाले महाधिवेशनबाट चयन गरेको पदाधिकारीहरुको नामावली अध्यावधिक गर्न निर्वाचन आयोगमा पेश गरेको र उक्त कार्य प्रक्रियामा रहेको बताए । ‘निर्वाचन आयोगको पनि आफ्नो प्रक्रिया हुन्छ । कतिपय कुरा विधानमा मिले नमिलेको हेर्नुहुन्छ । त्यो छानविनको प्रक्रियामा छ,’– उनले भने । 

‘तपाईलाई टीकापुर घटनामा तीनै तहको अदालतले दोषी करार गर्यो । तपाई आफैं पीडितलाई न्याय दिन्छु भनिरहनु भएको छ नि रु’ भन्ने प्रश्नमा उनले भने, ‘तीनै तहको अदालतले मलाई दोषी देखायो । यो न्यायलयको कुरा हो । मलाई अदालतप्रति केही बोल्नु छैन ।’ 
उनले आफूलाई न्याय दिलाएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेलज्यूलाई म र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु । जसको कारण मलगायत सबै राजबन्दीलाई रिहा गरिदिनुभयो,’– उनले भने । 

साथै, उनले घुमाउरो भाषामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भागमा आफूले चाहेजस्तै सम्भावना रहेको बताए । कुनै चिज रोज्ने भन्ने लामिछाने स्वयंको  इच्छा रहेको उनको भनाइ छ । ‘मैले त आशिर्वादको नजिक–नजिक पो देखेको छु । कताबाटको आशिर्वाद मलाई नभन्नुस् ।’ उनले भने, ‘जे भएपनि रवि लामिछानेको ठाउँमा घिउभात छ, मासु छ, लड्डु छ उहाँलाई जे इच्छा लाग्छ त्यो खानुहुन्छ ।’  


 


प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १६:०४
#नागरिक_उन्मुक्ति _पार्टी #रेशमलाल _चौधरी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP