Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत
बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १८, २०८०

काठमाडौं - बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र संसद्मा प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिम्स्टेक बडापत्र प्रस्तुत गरेका  हुन् ।

नेपाल सन्धी ऐन, २०४७ को दफा ४ को व्यवस्थाबमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८० साल भदौ २९ गतेको बैठकले बिम्स्टेक बडापत्र अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो । बडापत्रमा अन्तर्निहित उद्देश्य तथा सिद्धान्तहरु नेपालको परराष्ट्र नीतिअनुरुप नै रहेकाले उक्त बडापत्र अनुमोदन गर्नु उपयुक्त हुने परराष्ट्रमन्त्री साउदले बताए ।

दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका मुलुकबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले सन् १९९७ मा बिम्स्टेक स्थापना भएको थियो । क्षेत्रीय सहयोगमार्फत मुलुकको आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने नीति बमोजिम नेपालले सन् २००४ मा सदस्यता लिएको हो ।

Hardik health

सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनले बिम्स्टेक बडापत्र यथाशीघ्र तयार गरी लागू गर्ने निर्णय गरेको थियो । सोहिअनुरुप सदश्य राष्ट्रहरुका राय, सुझाव तथा छलफलका आधारमा तयार पारिएको बिम्स्टेक बडापत्रमा सन् २०२२ मा श्रीलङ्काको कोलम्बोमा आयोजित पाँचौँ शिखर सम्मेलनमा बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखले हस्ताक्षर गरेका थिए । बिम्स्टेक बडापत्रले संस्थागत तथा नीतिगत आधार प्रदान गरेको साउदले बताए ।

बडापत्र कार्यान्वयनका लागि सदस्य राष्ट्रहरुले आन्तरिक प्रक्रिया पूरा गरी अनुमोदन गर्नुपर्ने र सबै सदस्य राष्ट्रबाट अनुमोदनको दाखिला प्राप्त भएको ३०औँ दिनदेखि सो बडापत्र लागू हुने प्रावधान रहेको छ । बिम्स्टेकका अन्य छ सदश्य राष्ट्रहरुले बडापत्र अनुमोदन गरिसकेको पनि परराष्ट्रमन्त्री साउदले जानकारी दिए । नेपालको संविधानको धारा २७९ (१) मा नेपाल पक्ष राष्ट्र हुने सन्धी सम्झौताको अनुमोदन सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ । संविधानको सोहि व्यवस्था र सन्धी ऐनको दफा ४ को व्यवस्थाअनुसार परराष्ट्रमन्त्री साउदले यो प्रस्ताव संसद्मा पेस गरेका हुन्।

प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका सदस्यको नाम हेरफेर भएकोसमेत जानकारी दिए । कार्यव्यवस्था परामर्श समिति सदस्य अनिता देवीको स्थानमा अब्दुल खानलाई नियुक्त गरिएको उहाँले संसद्मा जानकारी गराए   ।


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक
आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक बिहीबार, पुस १०, २०८२
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित बिहीबार, पुस १०, २०८२
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन भोलिदेखि बिहीबार, पुस १०, २०८२
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री
विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री बिहीबार, पुस १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बिहीबार, पुस १०, २०८२
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना
ख्रिष्टियन महासंघ नेपालद्वारा क्रिसमसको शुभकामना बिहीबार, पुस १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड
निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP