Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत
बिम्स्टेक बडापत्र प्रतिनिधिसभामा प्रस्तुत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १८, २०८०

काठमाडौं - बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र संसद्मा प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिम्स्टेक बडापत्र प्रस्तुत गरेका  हुन् ।

नेपाल सन्धी ऐन, २०४७ को दफा ४ को व्यवस्थाबमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८० साल भदौ २९ गतेको बैठकले बिम्स्टेक बडापत्र अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो । बडापत्रमा अन्तर्निहित उद्देश्य तथा सिद्धान्तहरु नेपालको परराष्ट्र नीतिअनुरुप नै रहेकाले उक्त बडापत्र अनुमोदन गर्नु उपयुक्त हुने परराष्ट्रमन्त्री साउदले बताए ।

दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका मुलुकबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने उद्देश्यले सन् १९९७ मा बिम्स्टेक स्थापना भएको थियो । क्षेत्रीय सहयोगमार्फत मुलुकको आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्ने नीति बमोजिम नेपालले सन् २००४ मा सदस्यता लिएको हो ।

Hardik health

सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनले बिम्स्टेक बडापत्र यथाशीघ्र तयार गरी लागू गर्ने निर्णय गरेको थियो । सोहिअनुरुप सदश्य राष्ट्रहरुका राय, सुझाव तथा छलफलका आधारमा तयार पारिएको बिम्स्टेक बडापत्रमा सन् २०२२ मा श्रीलङ्काको कोलम्बोमा आयोजित पाँचौँ शिखर सम्मेलनमा बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकारप्रमुखले हस्ताक्षर गरेका थिए । बिम्स्टेक बडापत्रले संस्थागत तथा नीतिगत आधार प्रदान गरेको साउदले बताए ।

बडापत्र कार्यान्वयनका लागि सदस्य राष्ट्रहरुले आन्तरिक प्रक्रिया पूरा गरी अनुमोदन गर्नुपर्ने र सबै सदस्य राष्ट्रबाट अनुमोदनको दाखिला प्राप्त भएको ३०औँ दिनदेखि सो बडापत्र लागू हुने प्रावधान रहेको छ । बिम्स्टेकका अन्य छ सदश्य राष्ट्रहरुले बडापत्र अनुमोदन गरिसकेको पनि परराष्ट्रमन्त्री साउदले जानकारी दिए । नेपालको संविधानको धारा २७९ (१) मा नेपाल पक्ष राष्ट्र हुने सन्धी सम्झौताको अनुमोदन सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ । संविधानको सोहि व्यवस्था र सन्धी ऐनको दफा ४ को व्यवस्थाअनुसार परराष्ट्रमन्त्री साउदले यो प्रस्ताव संसद्मा पेस गरेका हुन्।

प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका सदस्यको नाम हेरफेर भएकोसमेत जानकारी दिए । कार्यव्यवस्था परामर्श समिति सदस्य अनिता देवीको स्थानमा अब्दुल खानलाई नियुक्त गरिएको उहाँले संसद्मा जानकारी गराए   ।


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP