Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • गैरकानुनी कर्मले सांसद पद धराप
प्रदेश र संघका गरी पाँचजना सांसद निलम्बित गैरकानुनी कर्मले सांसद पद धराप
प्रभाव संवाददाता
प्रभाव संवाददाता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन
आइतबार, फागुन १३, २०८०

काठमाडौं– गैरकानुनी कार्यमा संलग्न हुँदा एकपछि अर्को सांसदको पद धरापमा परेको छ । कोही पदमुक्त भइसकेका छन् । भ्रष्टाचार, तस्करी, ठगीदेखि कर्तव्य ज्यानसम्मका कसूरमा संलग्न हुँदा संसद्मा रहेर पाँच वर्षसम्म ऐन कानुन बनाउने मुख्य जिम्मेवारी पाएका सांसदहरू निलम्बित र पदमुक्त भइरहेका छन् । 

संसद्को १५ महिने कार्यकाल गुज्रिँदा हालसम्म प्रदेश र संघका गरी पाँचजना सांसद निलम्बित छन् । भिन्न भिन्न कसूरमा कसूरदार बनेपछि संघीय र प्रदेश संसद् सचिवालयले निलम्बन गरेको हो । शनिबारमात्रै लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादव पदबाट निलम्बनमा परेका छन् । 

‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुजस्तै हो’ भन्ने राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट कपिलवस्तु क्षेत्र नम्बर–३ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित यादवविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो ।

उनीमाथि कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको अवस्थामा मुद्दाको किनारा नलाग्दासम्मका लागि प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको उल्लेख छ । 

Hardik health

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा उक्त ऐन अन्तर्गतको कसूरको आरोपको सम्बन्धमा कुनै व्यक्ति उपर भएको अनुसन्धान र तहकिकातबाट निजले सो कसूर गरेको हो भन्ने विश्वास गर्नुपर्ने मनासिव कारण भएमा अनुसन्धान अधिकारीले भ्रष्टाचार सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न प्रचलित कानुन बमोजिम अधिकार प्राप्त मुद्दा हेर्ने अधिकारीसमक्ष मुद्दा दायर गर्ने छ भन्ने व्यवस्था छ । 

सोही ऐनको दफा ३३ मा निजउपर दफा ३६ ले मुद्दा दायर भएकोमा त्यस्ता राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने उल्लेख छ । लुम्बिनी प्रदेशसभा सदस्य सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ (घ)ले स्पष्ट पारेको र विशेष अदालतमा दायर भई विचाराधीन अवस्थामा रहेको मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गर्न गराउन अख्तियारले प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो । सोही पत्रको आधारमा यादवलाई प्रदेशसभा सदस्य पदबाट स्वतः निलम्बन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४ र ०७५ मा छ वटा कटान प्लटहरूको ३७ हजार क्युफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको थियो । यही प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेका यसअघि एमालेका लीला गिरी प्रदेशका मुख्यमन्त्री छँदा यादव भने उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री थिए ।उनै यादव निलम्बित भएका हुन् । गत भदौ १९ मा मधेस प्रदेशका सांसद अनिरुद्रसिंह यादव निलम्बित भए । सप्तरी–४ को प्रदेश (२)बाट निर्वाचित उनी कर्तव्य ज्यानसम्बन्धी कसूरमा छानबिन भएपछि मधेस प्रदेश संसद् सचिवालयले निलम्बित ग¥यो । 


प्रदेशसभा कार्यसञ्चालन नियमावलीअनुसार कुनै प्रदेशसभा सदस्यमाथि प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षका लागि थुनामा पठाइएमा थुना अवधिभर निलम्बन रहन्छ  । सोही व्यवस्थाअनुसार सांसद अनिरुद्र निलम्बनमा परेका हुन् । उनी पक्राउ परेर हाल थुनामा छन् । रिताकुमारी चौधरीको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान र डाँका मुद्दाका फरार प्रतिवादी अनिरुद्र घटना भएको १६ वर्षपछि पक्राउ परेर थुनामा पुगेका हुन् । १६ वर्षअघि सप्तरीका एक पुरुषको हत्या घटनामा सांसद अनिरुद्र मुछिएका थिए । तर, राजनीतिमा सक्रिय भएर उनी गत निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भए । 

यद्यपि, सप्तरीको साविक नेगडा गाविस–५ मा दीपु भनिने गोविन्द चौधरीको अपहरणपछि गोली हानी हत्या भएको घटनामा मुछिँदा अनिरुद्र निलम्बित भए । गत २८ मंसिरमा जिल्ला अदालत महोत्तरीले मधेस आन्दोलनका क्रममा जलेश्वरमा मारिएका सशस्त्र प्रहरीका असई थमन विक मुद्दामा मधेस प्रदेशका सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनायो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शर्मा अदालतको आदेशसँगै पदमुक्त भए ।

उनीहरूभन्दा पहिले संघीय संसद्का दुई जना सांसद निलम्बित भएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा एमाले सांसद टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा गएसँगै निलम्बित भएका थिए । उनी अर्घाखाँची–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।उनीभन्दा अघि मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित भए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङविरूद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहेकाले उनी निलम्बनमा रहेका हुन् । भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्थाअनुसार उनी गत वर्षको पुस ८ गतेबाट निलम्बनमा परे ।

निलम्बनमा रहेको अवधिभर पारिश्रमिक, सेवा र सुविधासमेत स्थगित हुन्छ । अभियोग पुष्टि नभएको खण्डमा थुनामुक्त भएमा स्थगित पारिश्रमिक, सेवा र सुविधा एकमुष्ट प्राप्त हुन्छ ।यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि नागरिकतासम्बन्धी मुद्दाले गर्दा सांसद पदबाट मुक्त भएका थिए । अन्ततः गत १० वैशाखमा भएको उपनिर्वाचनबाट पुनः निर्वाचित भए । थमन विक हत्याकाण्डमा एमालेकै सांसद लक्ष्मी महतो कोइरी पनि निलम्बित भएका थिए । तर, जिल्ला अदालत महोत्तरीले सफाइ दिएसँगै उनको सांसद पद बहाली भएको छ ।
 


प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा वाग्ले मंगलबार, साउन १९, २०८३
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी
सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी मंगलबार, साउन १९, २०८३
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै
दिल्लीका मुख्यमन्त्री पशुपतिनाथको दर्शनमा आउँदै मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी
प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल जारी मंगलबार, साउन १९, २०८३
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग
अख्तियारमाथि नै उठ्यो प्रश्न, उपसमिति बनाउन माग मंगलबार, साउन १९, २०८३
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व
‘सुशासन’को परीक्षामा वालेन्द्र सरकारः नियुक्तिमै देखियो स्वार्थको द्वन्द्व मंगलबार, साउन १९, २०८३
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण
चामे-नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP