Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • भक्तपुर क्यान्सर अस्पतालको नेतृत्व चयनमा स्वास्थ्यमन्त्रीको मनमौजी
भक्तपुर क्यान्सर अस्पतालको नेतृत्व चयनमा स्वास्थ्यमन्त्रीको मनमौजी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, माघ ९, २०८०
  •  अस्पताल सञ्चालन गठन आदेशअनुसार क्यान्सर रोग विशेषज्ञ (अंकोलजी सर्जन) क्यान्सर अस्पतालको नेतृत्व हुनुपर्नेमा जनरल सर्जन
  • स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको दाहिना हुँदा प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ अस्पतालको नेतृत्वमा

 

नेपाल सरकारले भोलि कार्यकारी निर्देशक कसलाई नियुक्त गर्छ थाहै छैन । यो त क्याबिनेटले निर्णय गर्ने हो । तर, अहिले ऋषिलाई नियुक्ति गर्न लाग्यो भनेर कुुप्रचार गरिरहेका छन् । 
प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ
निमित्त कार्यकारी निर्देशक, भक्तपुर क्यान्सर अस्पताल

 
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षअघि जारी गरेको भक्तपुर क्यान्सर अस्पताल गठन आदेशअनुसार अस्पतालको नेतृत्व क्यान्सर रोग विशेषज्ञले गर्नुपर्छ । जसलाई अंकोलजी सर्जन भनिन्छ । ‘नेपाल सरकारले चिकित्साशास्त्रको सम्बन्धित विषयमा स्नातकोत्तर गरी क्यान्सर रोगको निदान, उपचार तथा रोकथाममा सात वर्ष अनुभव भएका व्यक्तिहरूमध्येबाट एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने छ,’ अस्पताल सञ्चालन गठन आदेशमा भनिएको छ ।

तर अस्पतालको नेतृत्वमा रहेका निमित्त कार्यकारी निर्देशक प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ भने अंकोलजी सर्जन नभएको पाइएको छ । नेपाल मेडिकल काउन्सिलमा उल्लिखित विवरणअनुसार उनी जनरल सर्जन हुन् ।
श्रेष्ठको हकमा यो प्रावधान किन लागू भएन ? स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उनलाई गत असोज २६ गते अस्पतालको निमित्तको जिम्मेवारी दिएका हुन् । सोही दिन श्रेष्ठले पदभार ग्रहण गरे । अर्को व्यवस्था नभएसम्मका लागि उनलाई प्रशासनिक र आर्थिक अधिकार पनि छ । 

Hardik health

अनावश्यक हस्तक्षेप गरेर स्वास्थ्य क्षेत्रलाई तहसनहस बनाउँदै गरेको आरोप लागेका मन्त्री बस्नेतले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी क्यान्सर रोगसम्बन्धी विषयमा विशेषज्ञता नभएको चिकित्सकलाई दिएपछि अस्पतालको स्थायी चिकित्सकहरु असन्तुष्ट छन् । स्रोतका अनुसार अहिले उनै श्रेष्ठ कार्यकारी निर्देशक हुन शक्तिकेन्द्र धाइरहेका छन् । उमेर हद ६३ वर्ष पूरा हुनुअघि नै कार्यकारी निर्देशक बन्ने खेलमा उनी अघि बढेको दाबी स्रोतको छ ।

‘आउने चैतको १६ गते उनी ६३ वर्ष पुग्छन् । तर, त्यसअघि नै उनी कार्यकारी निर्देशक बन्ने खेलमा छन् । उनको शक्तिकेन्द्रमा दौडधुप चलिहरेको छ,’ स्रोत भन्छ, ‘क्यान्सर रोगसम्बन्धी विशेषज्ञता नै नभएको मान्छेले कसरी चलाउँछ क्यान्सर अस्पताल ?’

श्रेष्ठले भने उक्त आरोपलाई खारेज गरिदिएका छन् । उनले आफू क्यान्सर अस्पतालको कार्यकारी निर्देशक बन्न योग्य रहेको दाबी पनि गरे । ‘नेपाल सरकारले भोलि कार्यकारी निर्देशक कसलाई नियुक्त गर्छ थाहै छैन । यो त क्याबिनेटले निर्णय गर्ने हो । तर, अहिले ऋषिलाई नियुक्ति गर्न लाग्यो भनेर कुुप्रचार गरिरहेका छन्,’ उनले प्रभावसँग भने, ‘मैले टाटा मेमोरियल हस्पिटल मुुम्बईबाट सर्जिकल अंकोजलीसम्बन्धी तालिम प्राप्त गरिसकेको छु, क्यान्सर रोग निदानको क्षेत्रमा क्रियाशील छु । नौ वर्ष त प्राध्यापन गरेकै भयो ।’

श्रेष्ठ यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्ने दौडमा थिए । त्यसबेला उनलाई उपकुलपति बनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायत नेताहरुले दबाब दिएका थिए । तर उनलाई उपकुलपति बनाउन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएनन् । यद्यपि, देउवाकै दल कांग्रेसबाट स्वास्थ्यमन्त्री बनेका बस्नेतले भने श्रेष्ठलाई भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक बनाए । उनै मन्त्री बस्नेत अहिले श्रेष्ठलाई बढुवा गरेर कार्यकारी निर्देशक बनाउन जोड गरिरहेको स्रोतको दाबी छ । 

कागजी चलखेलमा कार्यकारी निर्देशक ! 
भक्तपुर क्यान्सर अस्पतालको कर्मचारी प्रशासन नियमावली २०५५ को परिच्छेद् १२ अनुसार स्थायी सेवामा बहाल रहेको कर्मचारीको उमेर ५८ वर्ष पुगेपछि सेवाबाट अवकाश हुन्छ । हालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ भने दुई महिनापछि ६३ वर्ष पूरा हुँदै छन् ।


उनको हकमा यो उमेर हदसम्बन्धी नियमावलीको प्रावधान पनि लागू नभएको स्रोतले जनायो । ६३ वर्ष पूरा हुनुुभन्दा सात महिनाअघि निमित्त कार्यकारी निर्देशक भए । 

तर श्रेष्ठले भने कर्मचारी सेवाको सर्त र सुविधासम्बन्धी नियमावली २०७८ अनुसार निमित्त कार्यकारी निर्देशक भएको बताएका छन् । उक्त नियमावलीको विविधअन्तर्गतको ‘क’ मा उल्लेख छ, ‘अवकाश अवधि सिनियर कन्सल्टेन्टहरूको हकमा ६३ वर्ष, कन्सल्टेन्टहरूको हकमा ६२ वर्ष र बाँकी सबै कर्मचारीको हकमा ५८ वर्ष गर्ने निर्णय गरियो ।’
स्रोतले भने उक्त नियमावली प्रस्तावित भएको दाबी गरेको छ । यो नियमावली हालसम्म पारित भएकै छैन । तर, श्रेष्ठले भने उक्त नियमावली पारित भएको जिकिर गरेका छन् । त्यहीँ उल्लिखित प्रावधानअनुसार निमित्त कार्यकारी निर्देशक भएको दाबी गरेका छन् । 

तर, उनलाई यसअघि अस्पतालको व्यवस्थापकीय पक्ष हेर्दै आएको नेपाल अर्बुद्ध रोग निवारण संस्थाले ८ मंसिर २०७६ मै सेवाबाट अवकाश दिएको थियो । पदावधि पुनः थप्न संस्थाले अस्वीकार गरेको थियो । यसबारे गोरखापत्रमा संस्थाले ‘जानकारी गराइएको बारे’ भन्दै सूचना प्रकाशन गरेको थियो । संस्थाले हुलाकबाट समेत अवकाश दिएकोसम्बन्धी पत्र पठाएको थियो । तर, श्रेष्ठले बुझ्न इन्कार गरे । उल्टै कानुनी चुनौती दिन अदालत गए । जुन मुद्दा हाल विचाराधीन छ । 
तर, संस्थाले भने श्रेष्ठलाई सेवाबाट अवकाश दिइसकेको भन्दै तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई जानकारी गराएको थियो ।
 


प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP