Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #भूमि विधेयक
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • महासचिव गुटेर्रेस नेपालमा
महासचिव गुटेर्रेस नेपालमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक १, २०८०

काठमाडौं– मध्यपूर्वमा इजरायल–हमासबीच युद्ध चर्किएपछि केही ढिला गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस नेपाल आइपुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा चार दिने औपचारिक भ्रमणका लागि उनी आज बिहान १ बजे नेपाल आइपुगेका हुन् ।
नेपालमा शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा नभइरहेको अवस्थामा भएको महासचिव गुटेर्रेसको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गुटेर्रेसले बारम्बार नेपाल सरकारलाई संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन दबाब दिँदै आएका छन् ।
उनले मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यस क्रममा उनले नेपालको शान्ति प्रक्रियालाई लिएर संयुक्त राष्ट्रसंघको धारणा राख्न सक्ने प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् ।

महासचिव गुटेर्रेसको भ्रमण र संसद्मा हुने सम्बोधनले नेपालको शान्ति प्रक्रियाको अतिरिक्त इजरायल र गाजाको लडाकु समूह हमासलाई युद्ध, नेपालको शान्ति सेनामा सहभागिता र जलवायु परिवर्तनको प्रभावका विषयमा विश्व समुदायको ध्यान आकृष्ट गर्न पनि मद्दत पुग्नेछ ।
इन्दिरा राना मगर
उपसभामुख, प्रतिनिधिसभा


‘महासचिव गुटेर्रेस मानवअधिकारवादी नेता पनि हुनुहुन्छ । उहाँले नेपालमा संक्रणकालीन न्यायिक प्रक्रिया टुंग्याएर पीडित पक्षलाई राहत, परिपूरण र क्षतिपूर्तिका लागि सरकारलाई पटक–पटक दबाब दिँदै आउनुभएको छ,’ उपसभामुख रानाले प्रभावसँग भनिन्, ‘उहाँको चासो नेपालको शान्ति प्रक्रियामा रहन सक्छ ।’

यसअघि महासचिव गुटेर्रेसको नेपाल भ्रमण तालिका २६ देखि २९ असोज थियो । त्यसअघि नै संक्रमणकालीन न्यायसँग सम्बन्धित दुईवटा विधेयक पारित गर्ने सरकारको तयारी भएको थियो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले विधेयक पारित गर्नुअघि भने शीर्ष नेताहरूको राय लिन चाहेको थि । तर, राय लिएकै छैन । यहीबेला महासचिव गुटेर्रेस नेपाल भ्रमणमा आइपुगेका हुन् ।

गुटेर्रेसको भ्रमण र संसद्मा हुने सम्बोधनले नेपालको शान्ति प्रक्रियाको अतिरिक्त गाजामा इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध, नेपालको शान्ति सेनामा सहभागिता, जलवायु परिवर्तनको प्रभाव, दिगो विकास तथा शान्ति प्रक्रियाका विषयमा विश्व समुदायको ध्यान आकृष्ट गर्न पनि मद्दत पुग्ने उपसभामुख मगरको बुझाइ छ ।

प्रधानमन्त्री दाहालले गत असोजमा न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७८औं साधारणसभा र इटलीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुने क्रममा महासचिव गुटेर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । जसअनुसार गुटेर्रेस नेपाल भ्रमणमा आएका हुन् । उनको भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिएको छ । 

परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले उनलाई राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । आजै दिउँसो गुटेर्रेस र साउदबीच द्विपक्षीय भेटवार्ता हुनेछ । लगत्तै उनले प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । त्यसपछि पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्ने कार्यतालिका छ ।

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेर्रेसले आजै ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन गर्ने र साँझ प्रधानमन्त्री दाहालले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् । भोलि सोमबार भने उनी जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभावबारे बुझ्न सोलुखुम्बुको स्याङ्बोचे जानेछन् । त्यसपछि गुटेर्रेस ललितपुरस्थित युएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् ।

सोमबार साँझ नै पोखरा गएर त्यहीँ बास बस्ने र मंगलबार बिहान अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन् । त्यसपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । सोही दिन साँझ भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानेछन् । लुम्बिनीबाट फर्किएर उनले दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने भएका हुन् । बुधबार उनी संयुक्त राष्ट्रसंघ मुख्यालय फर्किने छन् । 

यसअघि नेपालमा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिवहरू ड्याग ह्यामरशोल्ड, ऊ थान्त, कुर्त वाल्दहाइम, हाभियर पेरेज द कोयार, कोफी अन्नान र बान कि मुनले भ्रमण गरेका थिए । नेपाल भ्रमणमा आउँदा उनीहरू सबैजना लुम्बिनी पुगेका थिए । ट्रिग्वे ली र बुत्रोस बुत्रोस घालीले भने नेपाल भ्रमण गरेनन् । उसो त उनीहरूको कार्यकाल एकपटकको मात्रै थियो । नेपाल भ्रमणमा आउने महासचिवहरूले भने दोस्रो कार्यकाल पनि पूरा गरेका थिए । 

 

अनुभवी कूटनीतिज्ञ गुटेर्रेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस पोर्चुगलका पूर्वप्रधानमन्त्री हुन् । उनी १९९५ देखि २००२ सम्म त्यहाँका प्रधानमन्त्री भएका थिए । समाजवादी नेता गुटेर्रेस ७४ वर्षका भएका छन् । उनी संयुक्त राष्ट्रसंघको नवौं महासचिव हुन् । त्यसअघि उनी राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका प्रमुख थिए । 

सन् २०१७ देखि राष्ट्रसंघका महासचिव रहेका उनको यो दोस्रो कार्यकाल हो । राष्ट्रसंघको महासचिवलाई विश्वकै उच्च कूटनीतिज्ञ पनि मानिन्छ । उनै गुटेर्रेस शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा नेपाल भ्रमणमा आएका थिए । 
अनुभवी राजनीतिज्ञ र कूटनीतिज्ञको छवि बनाएका गुटेर्रेस पोर्चुगलको लिस्वनमा जन्मेका हुन् । भौतिकशास्त्र तथा इलेक्ट्रिकल इन्जिनियर विषय अध्ययन गरेका उनीसँग प्राध्यापनको पनि अनुभव छ ।
 


प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP